Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

काँग्रेसमा ज्वाई ससुराको लडाई : कसले जित्ला बाजी ?

\"gagan काठमाडौ । नेपाली कांग्रेसको १३ औं महाधिबेशनमा संस्थापन भनिएका कार्यबाहक सभापति रामचन्द्र पौडेलविरुद्ध उत्रिएका कृष्णप्रसाद सिटौला र बरिष्ठ नेता शेरबहादुर देउवाको दुई छुट्टाछुट्टै प्यानलबाट महामन्त्रीमा ज्वाइँ–ससुराको प्रतिष्पर्धा हुने भएको छ । पौडेलका बागी भनिएका सिटौलाले महामन्त्रीमा युवा नेता गगन थापालाई उम्मेदवार बनाउने औपचारिक घोषणा गरेपछि देउवाले गगनकै ससुरा अर्जुननरसिंह केसीलाई महामन्त्री बनाउने भएका हुन् । जसले गर्दा ज्वाइँ–ससुराको सम्बन्ध विग्रने अड्कल काटिए पनि उनीहरुको प्रतिष्पर्धाले सिटौला र देउवामध्ये कसलाई अन्तरघात हुन्छ भन्ने आशंका कांग्रेस वृत्तमा चल्न थालेको छ । केसीले ज्वाईलाई जिताएर राजनीतिबाट विश्राम लिन चाहन्छ वा गगनले आफूभन्दा बरिष्ठ ससुरालाई जिताएर आफू अर्को अधिवेशनका लागि मार्ग प्रशस्त गर्दैछन् भन्ने केही दिनमा थाहा हुनेछ । दुई फरक प्यानलबाट महामन्त्रीका उमेद्वार ज्वाई गगन र ससुरा अर्जुननरसिंहबीचको पारिवारिक सम्बन्ध पनि अहिलेसम्म राम्रो छ । राम्रो सम्बन्ध रहेका ज्वाइँ–ससुरा दुवै महामन्त्रीका लागि लालायित भए पनि आफ्नो पारिवारिक सम्बन्ध विगार्न नचाहने दुबैलाई नजिकबाट चिन्नेहरु बताउँछन् । गगन-अर्जुननरसिंहबीचको प्रतिष्पर्धा रोमाञ्चक हुन्छ वा कोमाथि अन्तरघात होला भन्ने आशंका ब्याप्त छ । पौडेलले शशांकलाई महामन्त्री दिएपछि सिटौलाले गगनलाई महामन्त्रीको उम्मेदवारी घोषणा गरेका हुन् । राजनितिक बृत्तमा कांग्रेस महामन्त्रीका दाबेदार केसी र थापाबीचको यो प्रतिष्पर्धाले कांग्रेस नेता कार्यकर्ताहरुलाई गम्भीर आशंकाहरु पैदा गरिदिएको छ । तर अहिलेसम्म ज्वाई र ससुरा दुबैले कुनै पनि हालतमा आफू पछि नहट्ने बताएका छन् । महाधिवेशनको एक दिनअघि बुधबार संस्थापनपक्षकै तीन जनाले छुट्टाछुट्टै पार्टी सभापतिसहितको प्यानल घोषणा गरेका छन् भने देउवाको अनौपचारिक घोषणा बाहिर आएको छ । सिटौला प्यानलबाट महामन्त्रीका उमेद्बार थापाले युबा पुस्ताको प्रतिनिधित्व गदै आफू उम्मेदवार भएको बताउदै जित नजिक रहेको बताएका छन् । उता देउवा प्यानलका महामन्त्रीका दाबेदार केसीले आफूले लामो समयदेखि नेपाली कांग्रेसमा गरेको योगदानको कदर हुने बताउदै आगामी नीति तथा कार्यक्रमलाई समाजबादमैत्री बनाउन उमेद्बार बनेको उल्लेख गरेका छन् । उता कार्यबाहक सभापति रामचन्द्र पौडेलले कोइराला परिवारको हात लिन भन्दै शशांक कोइरालालाई महामन्त्री दिए पनि कोइराला परिवारभित्रै पौडेलप्रति सन्तुष्टी देखिएन भने गिरिजाबाबुको समयदेखि नै भारतसँग राम्रो सम्बन्ध बनाएका सिटौलाले गगन थापाजस्ता युवाहरुलाई हात लिएर अघि बढेपछि रोमाञ्चक प्रतिपष्र्धा देखिएको छ । जसलाई कांग्रेसले पार्टीभित्रको लोकतन्त्रको रुपमा परिभाषित गर्दै आएका छन् । बुधबार नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले पनि पार्टी नेतृत्वको दाबी गर्दै उम्मेदवारी घोषणा गरेका थिए ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending