Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

सहमतिमा संविधान कार्यन्वयन हुन्छ : घर्ति

\"speaker-onsari-gharti-magar\"काठमाडौं । सभामुख ओनसरी घर्तीमगरले संविधान कार्यन्वयमा थुप्रै चूनौती भएपनि सबैको सहमतिमा संविधान कार्यन्वयन हुने बताएकी छिन् । रोल्पाको लिबाङमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा सभामुख घर्तीले मधेसवादी दल, सरकार र अन्य दलको वार्ता र संवाद सहमति गर्दै संविधान कार्यन्वयन हुने बताईन । उनले भनिन, ‘संविधान कार्यन्वयनका लागि थुप्रै ऐन र कानून बनाउनुपर्ने छ । मैले अहिले त्यही कामलाई विशेष जोड दिइहेकी छु ।’ उनले कानून मन्त्रालयबाट संविधान कार्यन्वयनका लागि आवश्यक ऐन र कानूनबारे गृहकार्य भइरहेको बताउदै सरकार र अन्य दलले मधेसवादी दलसंग वार्ता र संवादबाट सहमति गर्न पटकपटक पहल गरेको दाबी गरिन् । ‘मधेसवादी दलले पनि केही कुरा छाडेर आउन तयार छन् । सरकार र अन्य दलले पनि सार्थक पहल गर्नै पर्छ’, सभामुख घर्तीले भनिन ‘असहमतिका थुप्रै विषय संविधान संशोधन गरेर निकास दिन सकिन्छ ।’ रोल्पाकाे बिकास गर्न गुरुयोजना सभामुख ओनसरि घर्तिले रोल्पाको समग्र विकासका लागि गुरु योजनाको आवश्यकतामा जोड दिँदै पर्यटन प्रवर्द्धन, विद्युत उत्पादन र शिक्षा सुधारबाट रोल्पाको विकास गर्न सकिने बताइन् । जिल्लाका सबै जनताले टेलीफोन सुविधा पाउनका लागि आफ्नो विशेष पहलमा सर्भेको कामसमेत भइरहेको बताउदै धार्मिक, प्राकृतिक र युद्ध पर्यटनको सम्भावना भएकाले यसैको विकासबाट रोजगारी सिर्जना गर्न पहल गर्ने जानकारी दिइन् । माडीखोलामा विद्युत उत्पादन चाँडै हुने जनकारी दिदै सभामुख घर्तीले जिल्लाका सबै विद्यालयमा ई–लाईबेरी स्थापना गर्न पहल गर्ने बताइन् ।  ई–लाईबेरी स्थापन गर्न उनले संसद् कोषको २० लाख रुपैयाँ त्यसैमा खर्च गर्ने निर्णय गरेको उनले जानकारी दिइन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending