Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

अन्ततः कांग्रेसमा त्रिपक्षीय भिडन्त, को होला अबको संस्थापन ?

\"deuba-poudel काठमाडौं । नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि अन्ततः त्रिपक्षीय भिडन्त हुने भएको छ । कांग्रेस र प्रजातान्त्रिक कांग्रेसबीच पार्टी एकता भएको वर्षौ भए पनि कांग्रेसमा अहिले पनि संस्थापन पक्ष र प्रजातान्त्रिक भन्ने दुई धार प्रष्ट छ । बरिष्ठ नेता शेरबहादुर देउवाले आफ्नो समूहका नेता कार्यकर्तालाई आफ्नै ढंगले बोकेर हिडेका छन् भने अन्यले आफू संस्थापन पक्षको भनेर नै परिचय दिने गर्छन् । देउवाले केन्द्रदेखि तलसम्म नै पार्टी संगठनमा संस्थापन र आफ्नो समूह भनेर हिसाव गर्छन भागबण्डा खोज्छन् । पदविभाजनमा पनि पार्टी संगठनदेखि भातृ संगठन तथा प्रवासी संगठनहरुमा पनि भाग बण्डा गर्ने गरिएको छ । त्यसैले अहिलेको १३ औं महाधिवेशनमा पनि कांग्रेसका दुई समूहबीच नै मुख्य प्रतिष्पर्धा हुने धेरैको अड्कल छ । नेपाली कांग्रेसमा कोइराला परिवारको विरासतपछि काग्रेसमा दुई होइन, तीन भन्दा बढी गुट उपगुट भएका छन् । तर जतिसुकै गुट उपगुट भए पनि दुई समूहबीच नै कडा प्रतिष्पर्धा हुने अड्कल भने गलत सावित हुँदैछ । आसन्न महाधिवेशनमा अन्ततः त्रिपक्षीय प्रतिष्पर्धा हुने भएको छ । देउवा–पौडेल–सिटौला त्रिपक्षीय भिडन्त कांग्रेस कार्यबाहक सभापति रामचन्द्र पौडेलले पार्टी सभापति सुशील कोइरालाको निधनपछि स्वस्फूर्त रुपमा आफू नै एकल दाबेदार ठाने पनि कृष्णप्रसाद सिटौलाले पनि आफ्नो छुट्टै समूह तयार गरेपछि संस्थापनमै स्पष्ट दुई समूह र देउवाको अर्को समूहबीच कडा प्रतिष्पर्धा हुने भएको छ । पौडेलले कोइराला परिवारको हात लिन भन्दै शशांक कोइरालालाई महामन्त्री दिए पनि कोइराला परिवारभित्रै पौडेलप्रति सन्तुष्टी देखिएन भने गिरिजाबाबुको समयदेखि नै भारतसँग राम्रो सम्बन्ध बनाएका सिटौलाले गगन थापाजस्ता युवाहरुलाई हात लिएर अघि बढेपछि रोचक भिडन्त हुने भएको छ । पौडेलले शशांकलाई महामन्त्री दिएपछि सिटौलाले गगनलाई महामन्त्रीको उम्मेदवारी दिएका छन् । गगनले सिटौलालाई साथ दिएपछि महामन्त्रीमा उनकै ससुरा अर्जुननरसिंह केसीसगको प्रतिष्पर्धा झनै रोमाञ्चक हुने भएको छ । एक्लो भइन् सुजाता कांग्रेसको नयाँ नेतृत्वका लागि गुट उपगुटका बीच कांग्रेस नेतृ सुजता कोइरालाले पनि सभापतिमा लड्ने घोषणा गरेकी छन् । कोइराला परिवारको विरासत परिवारबाट बाहिर जान नदिन भन्दै विराटनगरबाट सभापतिको घोषणा गरेकी उनले विहीबार आफ्नै निवास मण्डिखाटारमा पुनः सभापतिको घोषणा गरिन् । उनले यसअघि शशांक कोइरालालाई आफ्नो प्यानलको महामन्त्री बनाउने भनेपछि उनलेसमेत साथ दिएनन् । कसैको साथ नपाए पनि एक्लो उम्मेदवारी घोषणा गरेकी सुजाताले आफू कुनै हालतमा पछि नहट्ने र जितेर देखाउने बताएकी छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending