Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

उर्जा संकट एक वर्ष भित्रै समाधान हुने : उर्जा मन्त्री रायमाझी

\"urjha अर्घाखाँची । उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले उर्जा संकट निवारण प्रतिवेदन सार्वजनिक भएको भन्दै उर्जा संकट एक वर्ष भित्रै नै अन्त्य हुने दाबी गरेका छन् । उनले प्रतिवेदनमा एक वर्ष भित्रमा आधारभूत रुपमा, दुई वर्षमा हाइड्रो पावरबाट र १० वर्षमा १० हजार मेगावाट बिद्युत निकाल्ने योजना प्रतिवेदनमा उल्लेख भएको बताए । अर्घाखाँची जिल्लाको २२ औ जिल्ला परिषद तथा निर्णय सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री रायमाझीले नयाँ संविधान, नयाँ व्यवस्थासँगै नयाँ कार्यान्वयनको समेत सुुरु गर्नु पर्नेमा जोड दिए । मन्त्री रायमाझीले १ सय ५ वर्षमा ३ सय १० मेगावाट बिद्युत मात्रै नेपालमा निकालिएको भन्दै एक वर्षमा लोडसेडिङ्गको पूर्ण अन्त्य गर्न सजिलो नभएपनि एक वर्षमा लोडसेडिङ्ग अन्त्य गर्न प्राधिकरणलाई परिमार्जन गर्ने पनि बताए । उनले जिल्लामा लाईन जाने समस्या लोडसेङ्गि नभई प्राविधिक कारण मात्रै भएको बताए । मन्त्री रायमाझीले राष्ट्र निर्माणका लागि राजनीतिक स्थिरता चाहिने भन्दै अबको समय जिल्लालाई नमूना बनाउने कार्यमा खर्च हुने बताए । जिल्लाको बजेटलाई परिणाम मुखी बनाउनु पर्नेमा जोड दिदै उनले बजेटको सफल कार्यान्वयन ,अनुगमन र प्रभावकारी रुपमा मुल्यांकन गर्नु पर्नेमा जोड दिए । सांसद डा. दुमन सिंह थापा, नेकपा एमाले केन्द्रिय सदस्य तथा पूर्व सांसद नजिर मिया, प्रम्ुाुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल मुस्कान, नेकपा एमाले जिल्ला कमिटी कार्यबाहक अध्यक्ष जीवनारायण कोईराला, एनेकपा माओवादीका जिल्ला उपाध्यक्ष ठाकुर कुमार बिक किशोर, राप्रपा नेपालका जिल्ला जिल्ला अध्यक्ष बिरेन्द्र सेन, राप्रपाका जिल्ला उपाध्यक्ष अम्मर बहादुर थापा, नेकपा मालेका जिल्ला सचिव केदार बेल्बासे, राष्ट्रिय जनमोर्चाका क्षेत्रिय उपाध्यक्ष शेरबहादुर बिसी, राष्ट्रिय जनमुक्ती पाटी लोकतान्त्रिकका इन्द्रबहादुर गेलाङ्ग, परिवार दलका डिल्लीराज भुसाल, नेकपा क्रान्तिकारी माओवादीका पिताम्बर आचार्य, नयाँशक्ति अनियानका जिल्ला इन्चार्ज एमुना भुसाल, पत्रकार महासंघका अध्यक्ष शोभाखर पन्थी, अन्तरपाटी महिला सञ्चालका राधा आचार्य, डा वालक चौधरी लागयतले जिल्ला परिषद्को सफलको शुभकामना दिर्दै प्रभावकारी रुपमा योजनाको कार्यान्वयनमा जोड दिए । कार्यक्रमा स्थानीय विकास अधिकारी लक्ष्मी पाण्डे गौतमले गत आर्थिक वर्षको संक्षिप्त प्रगती तथा आगामी आर्थिक वर्षको नीति तथा बजेट वक्तव्य प्रस्तुत गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending