Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

विभाजित माओवादीहरुमध्ये को बढी संकटमा ?

\"prachanda-kiran-750\" काठमाडौं । दशवर्ष सँगै जनयुद्ध लडेका माओवादीहरु शान्तिप्रक्रियामा आएको नौ वर्ष पुग्न लाग्दा झण्डै त्यति नै संख्यामा विभाजन हुँदै गएका छन् । माओवादी पार्टी एकपछि अर्को गर्दै विभाजित हुँदै गएपछि माओवादी आन्दोलन नै संकटमा परेको छ । माओवादी शक्तिहरु विभिन्न टुक्रामा विभाजित भएपछि कमजोर भएको आंकलन गर्दै फेरि एकताको कसरतमा पनि छन् । माओवादी शक्ति कमजोर भएपछि एकताको पहल भइरहे पनि एकता प्रक्रियाले गति लिन सकेको छैन । विभाजित भएका माओवादीहरु आ–आफ्नै अस्तित्वमा रहेका छन् तर ती मध्ये सबैभन्दा बढी संकटमा को छ त ? माओवादीबाट विभाजित भई क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाको बुझाइमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी सबैभन्दा बढी ‘क्राइसिस’मा रहेको छ । उनी भन्छन्–‘एकीकृत माओवादी क्रान्तिबाट विचलित भएको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड भन्दा पनि अगाडिका नेता वैद्यकै नेतृत्वमा पार्टी गठन गरिए पनि त्यो पार्टीले न त क्रान्तिकारी ध्रुविकरण गर्न सक्यो न त क्रान्तिको बाटो नै पहिल्याउन सक्यो ।’ वैद्यले आफूहरुलाई समेत जोड्न नसकेको उनको तर्क छ । थापाले भनेजस्तै दोस्रो संविधानसभा पनि बहिष्कार गरेको वैद्य माओवादीले यतिबेला न त सरकारमा छ न त सदनमा रहेको छ । सरकार र सदनमा नरहेको वैद्य माओवादीले सडकमा समेत आउन नसक्ने अवस्थामा पुगेको छ । एमाओवादीसँग विभाजन भइ नयाँ पार्टी बनाएको चार वर्ष नबित्दै नेत्रविक्रम चन्द ‘विप्लव’ तत्कालै जनयुद्ध शुरु गरिहाल्ने भन्दै एकीकृत क्रान्तिको अवधारणा अघि सार्दै अलग्गिएपछि वैद्य माओवादीमा अर्को संकट उत्पन्न भएको हो । वैद्यले पनि क्रान्ति गर्ने भएनन् भनेर विप्लवले बाटो तताएपछि वैद्य माओवादीको फुटको औचित्य पनि पुष्टी हुन सकेन । पछिल्लो समय माओवादीहरुबीचको एकता जरुरी भएको भन्दै एकता अभियानमा लागेका मणि थापा भन्छन्– ‘एमाओवादी सरकारमा छ, तेस्रो पार्टीको हैसियतमा कुनै पनि रवाफमा ऊ रहेकै छ । विप्लव क्रान्ति गरिहाल्ने भनेर अघि बढेका छन्, भोलि क्रान्ति गर्लान् –नगर्लान उनको आफ्नै रवाफ छ । तर वैद्य माओवादी सरकार, सदन र सडक कहिँ पनि छैन ।’ आफूले बहिष्कार गरेको संविधानसभाबाट मुलुकमा नयाँ संविधान बनेको छ । सरकार र सदनमा मात्र नभएको होइन, वैद्य माओवादीको संगठनसमेत कमजोर रहेको स्वयं उनीहरुकै नेता कार्यकर्ता स्वीकार्छन् । त्यहि गम्भीर संकट टाल्न भन्दै परि थापा नेतृत्वको नेकपा एकीकृतसँग एकता गरिए पनि आफू भन्दा कमजोर पार्टीले संकट टार्न सक्ने सम्भावना झनै रहेन । यहीबीचमा पार्टी एकता नै एकमात्र विकल्प भनिए पनि एकताको बहस चल्दै गर्दा वैद्यमा पार्टी विभाजन नै हुन सक्ने फेरि संकट देखापरेको छ । ‘एकताको विषयलाई लिएर दुई गुट होइन, चार गुट देखा परेको छ’, वैद्य माओवादीका एक केन्द्रीय सदस्य भन्छन्, ‘एउटा पक्ष विनाशर्त एकता गरिहाल्ने भन्ने पक्षमा छ भने अर्को सिद्धान्तनिष्ट एकता हुनुपर्छ भन्ने देखिन्छ । एकथरि यसरी गरिएको एकताले आफूहरु झनै पीडित हुने भन्दै एकता गर्नै नहुने पक्षमा छ भने अर्कोथरी एकता गर्ने कि नगर्ने भन्ने अन्यौलमा देखिन्छ ।’ पार्टी एकताको बहस चल्दै गर्दा एकता तत्कालै भइहाल्छ भन्ने हल्ला पनि ब्यापक फैलियो । तर वैद्य आफै सिद्धान्तनिष्ट एकता हुने अन्यथा एकता नहुने पक्षमा छन् । एकताको चर्चा निकै चलेपछि वैद्यले कसैलाई मन्त्री, प्रधानमन्त्री बनाइदिनका लागि मात्रै एकता नहनुे भन्दै एकताको सस्तो प्रचारबाजी नगर्न केही दिनअघि मात्रै चेतावनी नै दिए । यसले के देखिन्छ भने, वैद्य माओवादीभित्रै एकता गर्ने भनी वैद्यकै भाषामा सस्तो प्रचारबाजी गर्ने नेताहरु छन् । तर वैद्यले यसो भने पनि उनी नै एकता वार्ता गर्न लागि परेका छन् । दुई वर्षअघि नै एकताका लागि भन्दै एमाओवादीसँग ६ बुँदे अवधारणा प्रस्तुत गरिएकोमा पाँच अवधारणामा सहमति भइसकेको स्वयं वैद्यले नै बताउँदै आएका थिए । तर वैशाखमा गएको विनासकारी भूकम्पपछि जेजस्तो भए पनि एकथान संविधान बनाउन भन्दै एमाओवादी कस्सिएपछि एकता वार्ताले हावा खाएको थियो । अहिले पनि एकता वार्ता नजिक नजिक पुगिरहँदा फेरि अवरोधहरु उत्पन्न भएका छन् । स्रोतका अनुसार वैद्यले नमाने पनि एक समूह एकता गर्ने तयारीमै रहेका छन् । देव गुरुङको नेतृत्वमा केही नेताहरु एकता घोषणा गर्ने अन्तिम तयारीमा रहेको वैद्य माओवादीका एक केन्द्रीय सदस्यले जानकारी दिए । रामबहादुर थापा ‘बादल’लाई पम्फा भुसालसँग जोड्ने गरिएको भए पनि उनले एकताको लागि वादलले अगुवाइ गरेको कुरा भने ती केन्द्रीय सदस्यले अस्वीकार गरे । माओवादी शान्ति प्रक्रियामा आएपछि लाभको पद लिएका वैद्यका नेताहरु विनाशर्त एकता गर्ने तयारीमा रहेको स्रोतको दाबी छ । जसको अगुवाई भने देव गुरुङले गरेका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending