Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

वरिष्ठ कला साधक कालिदास श्रेष्ठ गम्भीर अवस्थामा

\"kalidas काठमाण्डौं । नेपाली यथार्थवादी चित्रकलाका अग्रणी व्यक्तित्वका रुपमा चिनिने वरिष्ठ चित्रकार कालिदास श्रेष्ठ निमोनिया र दमका कारण गम्भीर अवस्थामा छन् । ९२ वर्षका श्रेष्ठको त्रिपुरेश्वरस्थित ब्लू क्रस हस्पिटलमा उपचार भइरहेको छ । वि.सं. १९८० जेष्ठ १० गते आमा मंगल कुमारी श्रेष्ठ र बुवा गोविन्द दास श्रेष्ठको कोखबाट काठमाडौंको बसन्तपुरमा जन्मिएका श्रेष्ठ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका आजीवन सदस्य हुन् । नेपाली कला शिक्षामा लामो योगदान गरेका श्रेष्ठ त्रिभूवन विश्वविद्यालयका सल्लाहकार र नेपाल ललितकला क्याम्पसको पूर्व क्याम्पस प्रमुखसमेत हुन् । उनले राणाकालमा दरबारमा गई राणाहरुलाई चित्रकला सिकाउनुका साथै पूर्वराजा महेन्द्र र विरेन्द्रलाईसमेत चित्रकला सिकाएका थिए । कमला मैया श्रेष्ठसँग दाम्पत्य जीवनमा बाँधिएका श्रेष्ठका तीन छोरा र चार छोरी छन् । कमला मैया श्रेष्ठको निधन भइसकेको छ । दरबार हाईस्कुलबाट प्राथमिक शिक्षा शुरु गरेका उनले भारतको मुम्मईबाट कलाविधामा स्तातक पुरा गरेका छन् । महेन्द्र प्रज्ञा पुरस्कार, विरेन्द्र विरविक्रम शाहदेव शुभराज्यभिषेक पदक, जनपथ सेवा पदक लगाएकाबाट पदकबाट पुस्कृत श्रेष्ठले अमेरिका र स्विडेनमा एकल चित्रकला प्रर्दशनी गरिसकेका छन् ।\\ \"kalidas नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानबाट उनको स्वास्थ अवस्थाको जानकारी लिन प्रतिनिधिहरु आएपनि नेपाललाई चित्रकलाको क्षेत्रबाट विशिष्ट योगदान दिने व्यक्तित्वलाई भेट्न नेपाल सरकारको उच्च तहबाट कोहीपनि प्रतिनिधि नआएको उनकी छोरी रेखा श्रेष्ठले बताईन् । हाल उनलाई पिसाव र खकारमासमेत थप समस्या देखिएको छ । डा. खगेन्द्र बहादुर श्रेष्ठ सहितको चिकित्सकको टोली उनको उपचारमा खटिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending