Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ

\"nawalparasi-750\" नवलपरासी । नवलपरासीको सोमनी गाविस वडा नं ७ बरगदवा गाउँका स्थानीयवासीलाई अझै पनि द्वन्द्वकालको घटनाको सम्झनाले सताइरहन्छ । विसं २०६२ वैशाख २ गते एकैरात १२ जना सर्वसाधारणको हत्या भएको घटनाले अझै पनि यस गाउँका स्थानीयवासीले द्वन्द्वको प्रभावबाट मुक्ति पाउन सकेका छैनन् । सो गाउँमा २०६२ साल वैशाख २ गते तत्कालीन माओवादी कार्यकर्ताले तत्कालीन प्रतिकार समूहका सदस्यलाई आक्रमण गर्न खोज्दा दुई बालकसहित बरगदवा गाउँका १२ जना सर्वसाधारण मारिएका थिए । द्वन्द्वकालमा तत्कालीन माओवादी र प्रतिकार भिडन्तमा १२ जना सर्वसाधारणले ज्यान गुमाएको घटना घटेको दिनलाई गाउँलेले कालो दिनका रुपमा स्मरण गर्न बाध्य छन् । बरगदवा गाउँका स्थानीयवासीले अहिलेसम्म पनि आफूहरु द्वन्द्वको प्रभावबाट बाहिर आउन नसकेको बताएका छन् । गाउँमा सहिद परिवार र द्वन्द्व प्रभावित परिवारले अझै पनि राज्य पक्षबाट पर्याप्त सेवा सुविधा पाउन नसकेको गुनासो गरेका छन् । बरगदवा गाउँका द्वन्द्व प्रभावित स्थानीय, सहिद परिवारले राज्यले द्वन्द्वपीडितलाई प्रभावकारी रुपमा सेवा सुविधा दिन नसकेको साथै आफूहरुको कुरा सुन्न राज्य तयार नभएको गुनासो गरेका हुन् । द्वन्द्व भएको लामो समय भइसक्दा पनि सो घटनापछि हालसम्म दुई घरपरिवार गाउँ फर्केका छैनन् भने घटना घटेको करिब एक वर्षसम्म गाउँ पूर्णरुपमा विस्थापित हुन पुगेको थियो । सो बरगदवा गाउँमा हाल करिब १५० घरधुरी छन् । पछिल्लो तथ्याङ्कअनुसार द्वन्द्वकालमा नवलपरासीमा २१७ जनाको मृत्यु, बेपत्ता २०, घाइते ७२ र ३४ जना विस्थापितको संख्या रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending