Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

कर्णालीमा खाद्यान्न पठाउन आपूर्ति मन्त्रीको निर्देशन

\"250px-Karnali_districts\"काठमाडौँ । लामो खडेरीका कारण कर्णाली अञ्चलका पाँच जिल्लामा खाद्य सङ्कट उत्पन्न भएपछि नेपाल खाद्य संस्थानले आवश्यकताका आधारमा खाद्यान्न पठाउने भएको छ ।

संस्थानले आवश्यक खाद्यान्नको परिमाण स्पष्टरुपमा उपलब्ध गराउन र जिल्ला सदरमुकाममा रहेको खाद्य सामग्रीसमेत सम्बन्धित स्थानमा पु¥याउन आग्रह गरेको छ । जुम्ला र मुगुमा सडकमार्गबाट नै खाद्यान्न पठाउन सकिने भए पनि हुम्ला, डोल्पा र कालीकोटमा हवाई मार्ग मात्रै उपयुक्त विकल्प रहेको छ ।

स्थानीय तहबाट आएको माग वैज्ञानिक नभएको भन्दै संस्थानले तत्कालका लागि ३० हजार क्विन्टल चामल पठाउने तयारी गरेको छ । मागअनुसार आवश्यक व्यवस्थापन गर्दै तत्काल सो परिमाणमा खाद्यान्न पठाउने तयारी गरिएको महाप्रबन्धक डा शिवहरि श्रेष्ठले जानकारी दिए ।

कर्णाली अञ्चलबाट निर्वाचित सांसद्, सरोकारभएका निकायले समेत खडेरीका कारण खाद्य सङ्कट चुलिने अवस्था आएको भन्दै आपूर्ति मन्त्री गणेशमान पुनको ध्यानाकर्षण गराएको थियो । आपूर्ति मन्त्री पुनले सोमबार संस्थानका महाप्रबन्धक श्रेष्ठलाई बोलाएर वैज्ञानिक र वस्तुनिष्ठ आधारमा मागअनुसार खाद्यान्न उपलब्ध गराउन निर्देशन दिएका छन् ।

मन्त्री पुनले भने, “मन्त्रालय सबै विकल्प प्रयोग गरेर भएपनि खाद्यान्न पु¥याउनुपर्छ भन्ने पक्षमा छ । कुन जिल्लाको कति माग हो, वार्षिक कोटा कति हो, कसरी सहज तवरले ढुवानी गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट हुन भनिएको छ ।”

जिल्लामा जिल्ला खाद्य समितिले गर्ने निर्णयका आधारमा खाद्यान्नको माग गरिन्छ । जिल्लाबाट माग भई आएको कोटाका आधारमा संस्थानले आवश्यक प्रक्रिया पु¥याएर खाद्यान्न उपलब्ध गराउँछ । मन्त्री पुनले सम्बन्धित स्थानमा तोकिएको कोटाबमोजिमको खाद्यान्न पुगे नपुगेको अनुगमन गर्न समेत महाप्रबन्धक श्रेष्ठलाई निर्देशन दिए ।

आपूर्ति मन्त्रालयका सचिव विष्णुप्रसाद लम्सालले कतिपय जिल्लाबाट आवश्यकताभन्दा बढी माग आएका कारण पनि व्यवस्थापन गर्न असजिलो भएको बताए ।

निर्णय गर्न कुनै समस्या भए आफू सहजीकरण गर्न समेत तयार रहेको जानकारी दिँदै उनले संस्थानले सही र वस्तुनिष्ठ तथ्याङ्क तयार पार्नुपर्ने र सोही आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने उल्लेख गरे । तर महाप्रबन्धक श्रेष्ठले भने संस्थानको बोर्ड बैठक बसेर आवश्यक निर्णय गरिने बताए । जिल्ला खाद्य समितिबाट निर्णय नगराई संस्थानमा एक लाख ६९ हजार क्विन्टल खाद्यान्नको माग आएको छ ।

आधिकारिकरुपमा हुम्लामा २६ हजार, डोल्पामा ६९ हजार, मुगुमा ६४ हजार क्विन्टल खाद्यान्न माग भई आएको संस्थानले जनाएको छ । मागभन्दा बढी खाद्यान्न पठाउनुपर्ने भए थप रकमको जोहो गर्नुपर्ने हुन्छ ।

मन्त्री पुनले आवश्यक परेको खण्डमा रकमको जोहो गर्ने विषय ठूलो होइन, प्रभावकारी रुपमा वितरण र अनुगमन संयन्त्र बनाएर सहजीकरण गर्ने विषय नै महत्वपूर्ण भएको बताए । तर ठेकेदारले धनगढी, सुर्खेतलगायत स्थानबाट खाद्यान्न बुझेपनि तोकिएको स्थानमा नपु¥याएको कारण पनि समस्या पैदा भएको जनाइएको छ । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending