Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

चिनदेखि लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव गर्नुपर्छ : ज्ञवाली

\"YUVRAJ-GYAWALI\"काठमाडाैं ।  नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले भारतसँगको सम्बन्ध सामान्यीकरणमात्रै भएको भन्दै अझै ढुक्क हुने अवस्था नभएको बताएका छन् । ‘प्रधानमन्त्री कुनै ठूलो अपेक्षा लिएर भारत जानु भएको होइन, दुई देशबीचको असझदारी हटाउनु थियो’ एमाले उपाध्यक्ष ज्ञवालीले सोमबार दाङको घोराहीमा पत्रकारहरुकुरा गदै, प्रधानमन्त्रीको भारत भम्रणबारे धेरै ठूलो केही उपलब्धी पनि नभएको बताएका छन् । उनले भारत र चीन दुवै छिमेकीसँग समान सम्बन्ध कायम गर्नुपर्छ भन्दै तत्काल चीनसँग व्यापारिक सम्झौताहरु अघि बढाउनुपर्नेमा जोड दिए । भारतले अघोषितरुपमा नाकाबन्दी गरेर ‘युद्धआह्वान’ नै गरेको भन्दै उनले त्यसका अघि नेपाली नझुकेको बताए । ‘हामी झुकेनौँ बरु, उसलाई वास्तविक कुरो बुझाउन सफल भएका छौँ, प्रधानमन्त्रीको भारत भ्रमण त्यो मानेमा सफल भएको छ’, उनले भने ‘तर, अझै स्थिति सहज भइसकेको छैन, हामी अब पनि ढुक्क भएर बस्यौँ भने त्यो ठूलो राजनीतिक भूल हुनेछ ।’ ‘अब प्रधानमन्त्रीले केही दिनमै चीन भ्रमण गर्ने बताउदै त्यो भ्रमणका क्रममा नेपाल र चीनका बीचमा धेरै व्यापारिक सम्झौताहरु हुनेछन’, प्रेस चौतारी दाङले घोराहीमा गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले भने, ‘चीनले केरुङसम्म रेलवे ल्याउने प्रस्ताव अघि बढाएको छ, हामीले त्यहाँमात्रै होइन, त्यहाँबाट काठमाडौं र लुम्बिनीसम्मै रेलमार्गको प्रस्ताव गर्नेछौँ ।’ ‘अबको चुनौती भनेको हामी आत्मनिर्भरताको बाटोमा अघि बढ्नु नै हो पहिला हामी आफ्नै खुट्टामा उभिनसक्ने हुनुपर्छ’, उनले भने, ‘केही दशकमै हामी भारत र चीनभन्दा संमृद्ध बन्नसक्छौँ त्यसका आधारहरु हामीमाझ प्रशस्तै छन् ।’ उनले कम्यूनिष्टहरुले अहिलेको सन्दर्भमा धेरै पाइसकेको भन्दै अब लोकतन्त्रलाई बलियो बनाउने र देश अनि जनताको संमृद्धि गर्नुपर्ने चुनौति थपिएको बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending