Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

ट्राफिक बत्ती बिनाको राजधानी, ट्राफिक व्यवस्थापन जटिल बन्दै

\"NepalKathmanduDistrictmap\"काठमाडौं। काठमाडौँ उपत्यकाभित्र रहेका धेरैजसो ट्राफिक बत्तीले काम नगर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमा समस्या परेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखामा काठमाडौँ उपत्यकाका अधिकांश सडकको चोकमा रहेको ट्राफिक बत्ती सञ्चालनमा रहेका छैनन् । उपत्यकामा रहेका २० स्थानमध्ये १३ स्थानको बत्ती सञ्चालनमा नरहेको ट्राफिक प्रहरीको तथ्याङ्क उल्लेख छ । केशरमहल, दरबारमार्ग, पुतलीसडक, पद्यमोदय मोड, सिंहदरबार, माइतीघर, थापाथली, कालीमाटी, गौशाला, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर र कौशलटार चोकको बत्ती सञ्चालनमा छैनन् । विसं २०६८ मा निर्माण भएको कोटेश्वर—काभ्रेपलाञ्चोक सडकमा रहेको मुनीभैरब, जडीबुटी, गठ्टााघर, ठिमी, चारदोबाटो, सल्लाघारी, सूर्य्बिनायक चोकको बत्ती भने प्रयोगमा रहेका छन् । यसैगरी पैदल यात्रुका लागि जडान गरिएका बत्ती भने सबै सञ्चालनमा रहेका छैनन् । पुरानो बसपार्क, त्रिचन्द्र क्याम्पस, चाइना टाउन सुन्धारा, भोटेबहाल, कालीमाटी, नयाँसडक प्यूखा, शङ्करदेव, सिंहदरबार चोक र अल्का अस्पताल क्षेत्रको बत्ती पनि सञ्चालनमा छैनन् । महाशाखाका प्रहरी उपरीक्षक लोकेन्द्र मल्लले उपत्यकामा रहेका अधिकांश स्थानको बत्ती नहुँदा ट्राफिक व्यवस्थापन गर्न गाह्रो भएको बताए । उनले भने एकातिर सवारी साधन धेरै अर्का्तिर ट्राफिक बत्तीले काम नगर्दा व्यवस्थापनमा गाह्रो भएको छ ।” विश्वमा ट्राफिक बत्ती जडान भएको ४७ वर्षपछि नेपालमा ट्राफिक बत्तीको सुरुवात भए पनि यसले प्रभावकारी ढङ्गले काम गर्न नसक्दा ट्राफिक व्यवस्थापनमा समस्या परेको हो । महाशाखाले ट्राफिक व्यवस्थापनका लागि तत्काल सुधार र उपत्यकामा ट्राफिक बत्तीको अवस्था अध्ययन गर्न गत मङ्सिर २ गते प्रहरी उपरीक्षक पोषराज पोखरेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending