Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

एनसेल बिक्री प्रकरणः सरकारी निकाय नै अन्योलमा

\"Ncell-Logo\"काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेन नेपालको बिक्री प्रकरणका विषयमा सरकारी निकायले नै प्रष्ट धारणा नदिँदा समस्या पैदा भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले पटकपटक एनसेलको बिक्री वितरणका सम्बन्धमा प्रष्ट जानकारी दिन सूचना तथा सञ्चार मन्त्रालय, उद्योग विभाग, आन्तरिक राजस्व विभाग, कम्पनी रजिस्टार कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई आग्रह गरे पनि हालसम्म कुनै पनि प्रगति नभएपछि समस्या भएको हो । समितिले नेपालमा व्यवसाय गरेर आर्जन गरेको पुँजीगत लाभमा नेपालको कानुनबमोजिम कर आधारभित्र पर्छ वा पर्दैन, सेयरको हस्तान्तरण गर्दा नियामक निकायको पूर्व स्वीकृति लिनुपर्छ कि पर्दैन, वैदेशिक लगानी भनिएको ८० प्रतिशत सेयर र स्वदेशी लगानी भनिएको २० प्रतिशत सेयरको मूल्य फरकफरक दर हुन सक्छ कि सक्दैन भनेर प्रश्न गरेको थियो । यस्तै २० प्रतिशत स्वदेशी वा नेपाली नागरिकको लगानीको सुनिश्चितता गर्न वा सुनिश्चितता हुने नहुने विषयमा सम्बन्धित निकायको प्रमाणीकरण, स्वीकृति वा पहिचान चाहिन्छ कि चाहिँदैन, निजी कम्पनीको सेयर कतिमा बेच्ने भन्ने विषय खरिद गर्ने र बिक्री गर्ने पक्षमा निहित भए तापनि सेयरको अत्याधिक मूल्य वृद्धि वा न्यूनतम मूल्य कायम गरेको सम्बन्धमा सरकारले हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन र २० प्रतिशत सेयरकर्ताले दोहोरो लगानी गर्न पाउने भन्ने सम्बन्धमा स्पष्टता कायम गर्नुपर्छ कि पर्दैन भन्ने विषयमा प्रश्न सोधेको थियो । तर, सरोकार भएका निकायले प्रष्ट जवाफ नदिइकन अध्ययनको क्रममा रहेको र कुनै निष्कर्ष ननिस्केको भन्ने जवाफ दिएर आलटाल गरेको भन्दै समितिको आजको बैठकमा धारणा राख्ने अधिकाशं सांसदले विद्यमान कानुनअनुसार निर्णय गर्न र राजस्व मार्ने विषयमा छुट दिन नहुने बताए । स्पाइस नेपालको नामबाट सुरु भएको सो कम्पनी हाल एनसेलको नाममा सञ्चालनमा रहेको छ । एनसेलको लगानीकर्ता टेलिसोरेयोनाले एक मलेसियन कम्पनीलाई ८० प्रतिशत सेयर बिक्री गर्ने प्रक्रिया सुरु गरिसकेको छ । सांसदले सेवाप्रदायक स्वदेशी वा विदेशी जे भए पनि नेपालको संविधान, प्रचलित कानुन र विधिलाई मान्नुपर्ने र त्यसलाई अवलम्बन गर्नु पर्ने भन्दै कुनै पनि बहानामा छुट दिन नहुने धारणा राखेका थिए । सांसद गणेश पहाडी, प्रेमबहादुर आले, जीवनबहादुर शाही, राजकुमार राई, खड्गबहादुर विक, सीता गिरी ओलीले सरकारी निकायले हालसम्म प्रष्ट निर्णय नगरिकन अल्झाउने काम गरेको र राजस्व मार्ने प्रवृत्तिलाई उत्साहित गरेको भन्दै आक्रोश व्यक्त गरेका थिए । समितिले उठाएको प्रश्नको जवाफमा आन्तरिक राजस्व विभागले ऐनसेलले नेपालमा व्यवसाय गरी कमाएको पुँजीगत लाभमा नेपालकै कर लाग्ने जवाफ पठाएको भए पनि कर कसरी लिने भन्ने विषयमा कानुन नभएको भन्दै अन्तर्रा्ष्ट्रिय कर विज्ञ तथा जानकारसँग छलफल जारी रहेको उल्लेख गरेको छ । यस्तै सूचना तथा सञ्चार मन्त्रालयले समितिलाई पठाएको जवाफमा समेत राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विज्ञ सम्मिलित समिति गठन गरिएको र उक्त समितिको प्रतिवेदनपछि मात्रै आवश्यक निर्णय लिने जनाएको छ । कम्पनी रजिस्टार कार्यालयको जवाफमा पनि अध्ययनको क्रममा नै सबै विषय बाँकी रहेको भन्ने जनाइएको समितिका सभापति रवीन्द्र अधिकारीको भनाइ छ । समितिले गत माघ १२ गते नै सरोकार भएका निकायलाई आवश्यक निर्देशनसहित एनसेल बिक्री प्रकरणबारे प्रष्ट जवाफ दिन आग्रह गरेको थियो । समितिको आजको बैठकले जवाफ मागिएका निकायबाट जवाफ प्राप्त भए पनि कारोबारबाट प्राप्त हुने पुँजीगत लाभमा कर लगाउने सम्बन्धमा कुनै निष्कर्षमा पुगी निर्णय भएको÷कर लागाइने सम्बन्धमा प्रगति नभएको स्पष्ट पारेको छ । कम्पनीको सेयर खरिद बिक्री सम्बन्धमा वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०४९ बमोजिम एनसेलले उद्योग विभागमा सैद्धान्तिक सहमति प्राप्त गर्न खोजेको समेत नदेखिएको, लामो समयसम्म यस्ता विषयमा अनिर्णित भई बस्दा सम्बन्धित निकायको कार्य क्षमता माथि प्रश्न उठ्नुको साथ साथै करदातालाई समेत अनिश्चित वातावरण उत्पन्न हुन गएको समेत देखिएकाले सम्बन्धित निकायको कर छल्ने नियत हो वा होइन स्पष्ट भई विद्यमान कानुनमा भएका व्यवस्थालाई देशको हितको लागि प्रयोग गर्न समितिले सम्बद्ध पक्षलाई पुनः ध्यानाकर्षण गराएको छ । यस्तै सेयर खरिद बिक्री सम्बन्धमा धारणा उपलब्ध गराउन भनिएकामा प्राप्त हुन आएका धारणामा स्पष्टता नरहेकाले सम्बन्धित निकायले स्पष्ट धारणा बनाउन र अविलम्ब उक्त विषयमा स्पष्ट निर्णय गरी समितिलाई जानकारी दिनसमेत निर्देश गरेको सभापति अधिकारीको भनाइ छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending