Khabar Dabali ८ चैत्र २०८२ आईतवार | 22nd March, 2026 Sun
Investment bank

फेरि पनि कोइराला परिवारभित्रै अलमलिए देउवा

\"deuba\"काठमाडौं । नेपाली कांग्रेसको राजनीतिमा लामो समयसम्म बर्चश्व कायम गर्न सफल रहेका कोइराला परिवारलाई माथ गर्न नसकेका नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा फेरि पनि कोइराला परिवारभित्रै अलमलिएका छन् । कांग्रेसको ११ औं र १२ औं महाधिवेशनमा कोइरालासँगै पार्टी नेतृत्वका लागि भिडेका देउवा दुवै पटक सफल भए । ११ औं महाधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग प्रतिष्पर्धी देउवाले गिरिजाका सामु केही चलेन । कांग्रेसको अघिल्लो १२ औं महाधिवेशनमा गिरिजापछि सुशील कोइरालासँग पनि प्रतिष्पर्धी भए तर उनीसँग पनि देउवाको केही लागेन । देउवा मात्र होइन, खासगरी कांग्रेसमा नीति प्रधान भन्दा पनि नेता प्रधान हुने भएकाले कोइराला विरासतमा पुग्न सबैलाई हम्मे परेको हो । कांग्रेसको १० औं महाधिवेशनमा नेता भन्दा नीति प्रधान भन्ठानेर नै संविधानसभा र गणतन्त्रका पक्षपाती नरहरी आचार्य पार्टी नेतृत्वका लागि गिरिजासँग प्रतिपष्र्धामा उत्रिए । तर उनी पनि गिरिजाका सामु भुसुना सावित भएका थिए । पार्टी फुटाएर पार्टीको नेतृत्व लिनुबाहेक देउवा कहिल्यै पनि कांग्रेसको ‘फस्ट मेन’ हुन सकेनन् । कांग्रेसको आसन्न १३ औं महाधिवेशनमा आइपुग्दा संस्थापनमा कोइरालाबाट हटेर पौडेल, सिटौला र सिंहमा नेतृत्व होडबाजी भइरहँदा देउवा भने कोइराला परिवारको चंगुलबाट मुक्त हुन सकेका छैनन् । पार्टीको नयाँ नेतृत्वका लागि उम्मेदवारी दाबी गर्दै आएका देउवाले शशांक कोइरालालाई हात लिन प्रयासमा छन् । शशांकलाई हात लिने सकेमात्रै आफ्नो जितको सम्भावना बलियो देखेका देउवाले आफ्नो समूहबाट शशांकलाई महामन्त्री बनाउने प्रयत्न गरिरहेका छन् । कोइराला परिवारको घनचक्करकै कारण महाधिवेशन आउनु तीन दिनअघि सोमवार पदाधिकारीको प्यानल घोषणा गर्ने कार्यक्रम पनि अलमलमा परेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: