Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

जनजातिले दलितसँग क्षमा माग्नुपर्छ : राजन मुकारुङ

सिर्जनशील अराजकका अभियन्ता हुन् राजन मुकारुङ । हेच्छाकुप्पा उपन्यासबाट नेपाली पुरातन सौन्दर्य चेतनामाथि धावा बोलेका मुकारुङको दमिनी भिर उपन्यास मदन पुरस्कारबाट पुरस्कृत भयो । उनका आख्यानको चर्चा परिचर्चाले साहित्यिक जगतमा गम्भिर विमर्श जन्माईरहेकै बेला उनले निबन्ध सङ्ग्रह ‘फेरिँदो सौन्दर्य’ पाठकहरुको माझ ल्याए । फेरिँदो सौन्दर्यलाई निबन्ध विधामा एक महत्वपूर्ण कृतिका रुपमा लिइयो । यसै निबन्धमार्फत उनले ‘पहिचान पुरस्कार’ प्राप्त गरे । प्रस्तुत छः पहिचान पुरस्कारको सन्दर्भसहित पहिल्लो समयमा समाज र साहित्यमा आएका बदलावहरुको सेरोफेरोमा केन्द्रित रहेर राजु स्याङ्तानले राजन मुकारुङसँग गरेको संवाद । संबिधान बन्यो । एउटा पक्षले पहिचानको मुद्दा सकियो किनारा लाग्यो भन्दैछन् । अर्को पक्षले संबिधानमा पहिचानको मुद्दा सम्बोधन भएकै छैन भनिरहेको छ । तपाईको दृष्टिकोण चाँही के हो ? खासमा दुईवटा धारणा पाउँछु म । दोश्रो संबिधानसभामा पहिचान पक्षधरहरुको प्राविधिक रुपमा पराजय भयो । यसमा पछाडि केही कारणहरु छन् । ती भनेको अघिल्लो निर्वाचनपछि जब एमाओवादी ठूलो पार्टी भयो । ऊ सत्तामा गयो । उसको हातबाट पहिचानको मुद्दा फुत्कियो । फुत्किएर जनजाति साम्प्रदायिकवादी बुद्धिजीवीवर्गको हातमा पुग्यो । त्यसपछि त्यो भ्रष्टीकरण शुरु भयो । [caption id=\"attachment_60726\" align=\"alignleft\" width=\"323\"]\"आख्यानकार आख्यानकार[/caption] यति भ्रष्टीकरण भयो कि त्यसलाई प्रष्ट पार्ने जमर्को कसैले पनि गर्न सकेन । त्यसैको परिणम दोस्रो निर्वाचनमा पराजय भयो । त्यसपछिका मनोविज्ञान चाहिँ चाँडै प्राप्ति होस्। बिकास होस भन्ने भयो । आम मानिसको चाहना पुरा नभएपछि मानिसहरु तितरबितर भए । त्यसको फाईदा पहिचान विरोधीको हातमा गयो । मानिसहरु निराश भए । त्यही सेरोफेरोमा मैले ‘फेरिँदो सौन्दर्य’ लेखेँ । यो लामो लडाई हो । पहिचानले लडाई तुरुन्तै सकिदैन । नेपाल जस्तो सदियौंदेखि एउटै विचार धारा एउटै चिन्तन र दर्शनमा जकेडिएको समाजलाई निफन्न धेरै समय लाग्छ । त्यसकारण निरास हुनु हुदैन भनेर फेरिँदो सौन्दर्य लेखेको हुँ । तपाईले ‘पहिचान पुरस्कार’ प्राप्त गर्नुभयो । कुन सन्दर्भमा ‘पहिचान पुरस्कार स्थापना भयो ? जसजसले पहिचान पुरस्कारको स्थापना गरे, सुरुमा उनीहरु पनि निराश भइसकेका थिए । त्यहि निराशहरुकै समुहबाट यो बन्यो । पहिचानको लडाईलाई फाईदा पुग्छ, त्यसकारण यसलाई अघि बढाउनुस् भनेर मैले पनि सल्लाह दिएँ । त्यसपछि उहाँहरु अझ उत्साहित हुनुभयो । नेपालमा शासकीय कोणबाट पनि पहिचानको मुद्दाको ब्याख्या भएको पाईन्छ । त्यहि ब्याख्याको आधारमा कतिपय ठूला राजनीतिक पार्र्टीले पनि ब्याख्या गर्ने गर्छन् र भनिन्छ पहिचानको कुरा गर्नेहरु उग्रजातिवादीहरु हुन् । यस्तो किन भइरहेको छ ? यो स्वभाविक हो । नेपालमा दुईटा दृष्टिकोणबाट पहिचानको ब्याख्या भएको पाईन्छ । नेपालमा जातीय रुपमा सामुदायिक रुपमा सांस्कृतिक रुपमा बिभेद भएकै छ । साथै वर्गीय रुपमा पनि भएको छ । सम्पूर्ण विभेदलाई एउटै डालोमा राखेर हेर्न मिल्दैन । यसलाई फरक ढंगले हेर्नु पर्दछ । तर यसलाई संयोजन गर्न सकिएको छैन। जनयुद्धको समयमा माओवादीले जातीय मुक्ति मोर्चाको निर्माण गरे ।
नेपालको संरचना अनुसार राजनीतिमा गएन भन्ने हाम्रो बुझाई हो । नेपालमा भएका विभिन्न सभ्यताहरुलाई सम्बोधन गरिनु पर्छ भन्ने दृष्टिकोणबाट राजनीति कहिल्यै गएन ।
किनारामा पारिएका समुदायले माओवादीबाट ठूलो आशा ग¥यो । त्यसैको परिणाम अघिल्लो निर्वाचनमा माओवादी विजयी पनि भयो । त्यहीँँनिर समस्या के भयो भने जातीय समस्याको मुद्दा उठाउनेहरुले नेपालमा वर्गीय समस्या पनि हो भनेर बोध गर्न सकेनन् । अनि नेपालमा माक्र्सवादका कुरा गर्ने वर्गीय मुद्दालाई उठाउनेहरुले पनि नेपालमा जातीय उत्पीडन पनि छ है भनेर बुझ्न सकेनन् । यो दुईवटै विषयलाई फरक फरक ठाउँमा राखेर हेर्नुपर्दछ । अनि मात्रै नेपाली समाज परिवर्तन गर्न हामी सक्षम हुन्छौ ।
अहिले पनि हाम्रा पाठ्यक्रमहरु स्कुलदेखि विश्वविद्यालय तहसम्म त्यहि एउटा जाति एउटा संस्कृति र एउटा सभ्यता मात्र पठाइन्छ । तर हाम्रो समाजिक संरचना त्यस्तो होइन । विविधता छ ।
सिर्जनशील अराजकले वर्गीय मुद्दालाई भन्दा जातीय मुद्दालाई बढि जोड दियो भन्न्ने सुनिन्छ नी । हामीलाई वर्गीय रुपमा भन्दा जातीय रुपमा बढि उत्पीडनमा प¥यौं भन्ने बढि महशुस भयो । त्यहि अनुरुप हामीले संघर्ष थाल्यौ तर हामीले सँगसँगै के पनि भनेको छौ भने नेपाली समाज जातीय, वर्गीय, क्षेत्रीय रुपमा उत्पीडनमा परेको छ । नेपालको संरचना अनुसार राजनीतिमा गएन भन्ने हाम्रो बुझाई हो । नेपालमा भएका विभिन्न सभ्यताहरुलाई सम्बोधन गरिनु पर्छ भन्ने दृष्टिकोणबाट राजनीति कहिल्यै गएन । जहिले एउटा जाति एउटा भाषा एउटा मात्रै सभ्यताको गुनगान भईहाल्यो अरु चाहिँ छायाँमा परिरहने भयो । अहिले पनि हाम्रा पाठ्यक्रमहरु स्कुलदेखि विश्वविद्यालय तहसम्म त्यहि एउटा जाति एउटा संस्कृति र एउटा सभ्यता मात्र पठाइन्छ । तर हाम्रो समाजिक संरचना त्यस्तो होइन । विविधता छ । छ भनेर स्वीकार्ने तर त्यसलाई प्रयोगमा चाहिँ लागू नगर्ने समस्या छ । माओवादीलाई सफलता जातीय मोर्चा निर्माण गरेपछि नैै भएको हो । स्वयम् मैलेप नि जातीय मोर्चामा बसेर लामो समय काम गरँे । अहिले जातीय मोर्चा कमजोर बनाइयो । त्यसको परिणाम दोस्रो संबिधानको निर्वाचनमा हार्नुप¥यो । यो त सत्य हो नी । पहिले जस्तो लहर आउन सकेन । सबै समुदायका मानिसहरुले तर्सिए । यो पनि आखिर उस्तै रहेछ । बरु पुरानैलाई दिऊँ कम्तिमा जागिर त खान पाईन्छ । भन्नेतिर मानिससम्म गए । त्यसपछि विचारधारा हराउँदै गयो । पहिचान पक्षधरहरुको मुद्दा कमजोर जस्तो देखियो ।
पहिचान पक्षधरसँग राजनीतिक इमान्दारिता र परिपक्वता छैन। त्यहि अपरिपक्वताको कारण नै जनताले विश्वास नगरेका हुन् ।
पहिचान पक्षधरसँग पनि राजनीतिक इमान्दारिता छैन । राजनैतिक परिपक्वता छैन । त्यहि अपरिपक्वताको कारण नै जनताले बिश्वास गरिहालेका छैनन् । विचार राम्रो भएपनि नेताको अपरिपक्वताका कारण समस्या भएको हो । त्यसकारण हामीलाई सबैभन्दा बढि जातीय रुपमा उत्पीडन भएको हो भन्ने बोध भयो र हामीले यो विषयलाई उठायौं । जसलाई वर्गीय रुपमा उत्पीडन भएको छ भन्ने बोध हुन्छ; उसले त्यो मुद्दा उठाउनुपर्छ । क्षेत्रीय रुपमा पनि त्यहि हो । सिमान्तकृत समुदायको आवाज उठाउने पहिचानवादी साहित्यकारहरु चाहिँ मुलधारमा आउने, मुलधारमा आएपछि उसैले अर्को सिमान्तकृत साहित्य जन्माउने खतरा छ भनिन्छ नि ? किराती सौन्दर्यले अर्को सिमान्त सौन्दर्य जन्माउने खतरा देख्नु हुन्छ की हुन्न ? अहिलेको समय मिडियाको समय हो । आफ्नो कुरा बाहिर ल्याउन हामी कति मिडियामैत्री छौँ भन्ने कुरा हो । मिडियालाई गाली मात्रै गरेर हुँदैन । सिमान्तकृतहरु आफै मरिच भएर बस्ने समस्या छ । आफ्नो कुरा भन्न स्पेस खोज्नुपर्यो । कसैले सुनिदिएन भन्दा पनि आफू सक्रिय हुनुपर्यो । आफ्ना कुरालाई बहस र विमर्शमा त ल्याउनु पर्यो नी त । सम्वादहिन अवस्थालाई अन्त्य गर्नुपर्यो । अर्को कुरा चाहिँ हामी एक्लैले लड्न सक्दैनौ । हामीले मार्चाबन्दी गर्नैुपर्छ दलितको पक्षमा जनजातिले बोल्नै पर्छ । जनजातिको पक्षमा दलितहरु, मधेसीको पक्षमा अरुले र अरुका पक्षमा मधेसीले बोल्नै पर्छ । तर अहिले हामी विभिन्न भङ्गालोमा बाँडिएका छौं । यही नै सबै भन्दा ठूलो समस्या हो । जनजातिको सभ्यताको कोणबाट हेर्दा कुनै पनि समुदायलाई विभेद गर्न मिल्दैन । तर राज्यसत्ताको लामो शिक्षाको कारण जनजातिहरुलेपनि दलितलाई दलित नै बनाएर राख्यो । जनजातिले दलितसँग क्षतिपूर्ति त दिन नसक्ला तर क्षमा त माग्न सकिन्छ नी । त्यो अभ्यासमा पनि हामी गइसकेका छैनौं ।   त्यसकारण हामीले संवादलाई अघि बढाउदै गर्यो भने कोही पनि सिमान्तकृत हुदैनौं । संवादबिना हामी अघि बढ्न सक्दैनौ । वैचारिक विमति छन् भने माझ्नुपर्यो । मैले हिडेको बाटो मात्रै ठीक भन्ने कसैले भन्नु भएन । \"ferido अन्तमा, हेच्छाकुप्पा, दमिनी भिर हँुदै फेरिँदो सौन्दर्यसम्म आईपुग्दा राजन मुकारुङको परिचय झनै स्थापित हँुदै गएको छ । एक जना स्थापित साहित्यकार हुनुको नाताले अहिलेको समयमा हाम्रो लेखकीय दायित्व के हो ? हामीले सबैभन्दा पहिला त समाजलाई नै चिन्ने हो । समाजमा गएर समाजका जडताहरु चिनेर त्यसलाई चिर्ने हो । हामीलाई नै अल्झाउने हाम्रा उल्झनहरुलाई सबै भन्दा पहिला हामीले खुट्टाउनु प¥यो । तिनलाई निफन्नुप¥यो । समाजका मसिना मसिनाहरु कुराहरु छन् । जसले हामीलाई ठूलो घाटा गरिरहेको छ । त्यस्ता कुराहरुलाई थाहा पाउनुपर्छ । अहिलेको सबैभन्दा ठूलो समस्या हामी व्यक्ति केन्द्रित भएका छौं । नेपाल वेरोजगार देश भएकाले त्यसले हामीलाई अर्कै सपनातिर डो¥याइरहेको छ । सिर्जनात्मक सपनाहरु देख्न छाडिसकेका छौं । आउँदै गरेका नयाँ पुस्ता झन् पुरै ड्यामेज छ । गाउँमा समस्या अर्कै छ, सहरमा बोर्डिङ पढ्नेहरुको सपना नै अर्कै छ । कोही यूरोप अमेरिकाको सपनामा, कोही गाँजा भाङमा । कोही पनि सिर्जनात्मक छैनन् । यो कुराहरुको बारेमा हामीले लेख्नुपर्छ । २१ औँ शताब्दी भनेर फूँई हाँकी रहेका छौं तर हाम्रो जीवन खतरामा छ । परिवार ‘टोटल्ली ड्यामेज’ भइरहेको छ । सामाजिक जीवन, सम्बन्धको जीवन टुक्रिरहेको छ । तहन नहस भइरहेको छ । विग्रहतिर गइरहेको छ देश । यी कुराहरु छन् जसलाई हामीले ल्याउनै पर्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies