Ntc summer Offer
Khabar Dabali २९ बैशाख २०८१ शनिबार | 11th May, 2024 Sat
NIMB

राजनीतिका दुई हाँस्य पात्र : जसले लोक हँसाए जनता रुवाए

\"Kp समसामयिक नेपाली राजनीतिमा दुईजना ठट्यौला पात्रले बडो मजाक गर्ने गरेका छन् र सित्तैमा मनोरञ्जन पस्केका छन्, भूकम्पले क्षतविक्षत तुल्याएका र नाकाबन्दीले थङ्थिलो पारेका नेपालीहरुलाई । रुन्चे हाँसो हाँस्न विवश भएका नेपालीहरुलाई ओलीका उरन्ठेउला बकबास र बाबुरामका यमुनाको तिरबाट आयातित वाणीहरुले हुनसम्म रमाइलो परिहास प्रदान गरेका छन् भलै यी पात्र आफैंमा पृथक प्रवृतिको प्रतिनिधित्व गर्ने नै किन नहुन् ।
१५ घण्टा बत्तीबिहीन बनेका सर्वसाधारणले यस्ता काइते कथन कति पत्यार गर्लान् यो ओली महोदय नै जान्लान् ।
ओलीले तुइनलाई तमाम पारेर पुल हाल्ने कसम खाएको प्रधानमन्त्री नियुक्त हुनासाथ हो परन्तु त्यो दिशामा उनले सिन्को भाँच्ने पनि लक्षण देखाएका छैनन् । हावाबाट बिजुली निकाल्ने अनि देश बिजुलीबत्तीको जगमगहाटले धपक्क बाल्ने तथा चुला–चुलामा ग्याँस पाइप पु¥याइदिने प्रतिज्ञाले पनि कम जग हँसाएनन् । मध्यरातमा गौंडा बथानेर एक सिलिण्डर ग्याँसको १० हजार तिरी सास धान्नुपर्ने जनता र १५ घण्टा बत्तीबिहीन बनेका सर्वसाधारणले यस्ता काइते कथन कति पत्यार गर्लान् यो ओली महोदय नै जान्लान् । तथापि उनले जुन उडन्ते कुरा गरेर कुर्सी बचाउने सोच बनाएका छन् त्यो उनको गफ जत्तिकै वाहियात छ ।
भोक लाग्ने बित्तिकै स्विच दबाए ओछ्यानमै खाना आउने प्रविधि जडान गर्छु जस्ता हवाइकल्पना पस्कन थाले भने मनोज गजुरेलदेखि हरिवंश आचार्यसम्म के गरेर जीविकोपार्जन गर्दा हुन् कुन्नि ।
हावादारी हल्लाले मान्छे मन्त्रमुग्ध पार्ने जमाना गए भनेर उनलाई कुन परामर्शदाताले सल्लाह देलान् कुन्नि ! बोल्दाबोल्दै उनले भोली टोलटोलमा हवाइमैदान बनाउँछु, आकाशमा स्याउ खेती गरेर देखाउँछु, हरेक सहरी घरका छत र ग्रामीण छाप्राका आँगनमा हेलिप्याड निर्माण गर्छु, भोक लाग्ने बित्तिकै स्विच दबाए ओछ्यानमै खाना आउने प्रविधि जडान गर्छु जस्ता हवाइकल्पना पस्कन थाले भने मनोज गजुरेलदेखि हरिवंश आचार्यसम्म के गरेर जीविकोपार्जन गर्दा हुन् कुन्नि । विषय कम्ती रोचक छैनन् । जसले मधुमास काट्दा पनि जनतालाई एउटा ग्याँसको सिलिण्डर उपलब्ध गराउन सकेको छैन उसले चुलामा ग्याँस पाइप जडान गरिदिन्छु भन्छ भने त्यसको मानसिक सन्तुलनबारे सामान्यजनले आशङ्का गर्ने कि नगर्ने ?   [caption id=\"attachment_56912\" align=\"alignleft\" width=\"253\"]\"लेखक\" लेखक[/caption] बुद्धको समयको कुरा हो– कसैले बुद्धलाई सोध्यो ‘विष के हो ?’ बडो शालीन मुद्रामा बुद्धले जवाफ दिए – ‘हर मानिसको जिन्दगीमा आवश्कताभन्दा बढी हुने हरचीज विष हो– चाहे त्यो तागत होस् वा लालच ; भोक होस् वा भोजन ; धन होस् वा अभिमान ; आलस्यता होस् वा महत्वाकाङ्क्षा ; प्रेम होस् वा घृणा ।’ कतै हाम्रा प्रधानमन्त्री महोदयलाई यस्तै भएको त होइन ? ज्यास्ती अभिमानले पूर्णरुपेण गाँजेको त होइन ? अन्यथा ‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो’ किन हुन्थ्यो होला र । भनिन्छ, धान पाके निहुरिन्छ, कोदो पाके ठाडो रहन्छ । कतै कोदो पाकेकै रवैया हो उनको भनेर भुइँमान्छेहरुले किन नबुझ्ने ? सामान्य कथनको पनि हेक्का नहुनेले के ठेक्का लिएको होला सिङ्गो राष्ट्रको ? उनलाई हेर्दा यस्तो आभास हुन्छ कि डेभिडसन्ले भनेझैं समस्या रित्तो खल्ती किमार्थ होइन रहेछ बरु समस्या त रित्तो मस्तिष्क र रित्तो हृदय पो रहेछ । यदि यस्तो हुँदैनथ्यो भने उनी अस्थायी पालमा जीवन गुजारेका पीडित जनहरु हिउँको छानामुनि सन्त्रस्त जिन्दगी जिएका बेला उनीहरुको संवेदनामा अमिट चोट पर्ने गरी उटपट्याङ् बात बोल्दैनथे होला । यी सर्वोच्च सारथिलाई हे¥यो भने यस्तो भान हुन्छ मानौंकि दुनियाँमा मान्छेले लगभग सबथोक भेट्टाउँछ, भेट्टाउँदैन भने फगत आफ्नो गल्ती भेट्टाउँदैन ।
अन्यथा ‘धाकभन्दा धक्कु ठूलो, हिँड्न लाग्यो खुट्टा लुलो’ किन हुन्थ्यो होला र । भनिन्छ, धान पाके निहुरिन्छ, कोदो पाके ठाडो रहन्छ ।
झण्डैझण्डै यही अनुपातका संवेदनहीन अर्का पूर्व सारथि देखिएका छन् जो आफू त कहिल्यै हाँस्दैनन् परन्तु राजनीतिक क्षेत्रलाई भने धेरथोर हँसाइरहेका छन्, विगत केही समय यता । अरविन्द केजरीवालको मार्गलाई आदर्श मान्दै आत्मसात गर्न तम्सेका यिनी ताउलो, कुम्लो बोकेर त्यतैतिर दौडेका छन् यतिखेर उनकै भाषाको लिगलिगे दौड ।
विद्यावारिधि प्रमाणपत्रधारीले आफ्नो अढाई दशक बिताएको पूर्व पार्टीलाई बाटो बिराएको संज्ञा दिएका त छन्
एक दशक चलेको नेपाली जनताको मुक्तियुद्धलाई ‘नेपाली समाजमा गडेर रहेका अनेकौं विभेदलाई चकनाचुर पारेर समतामूलक, समावेशी समाज सिर्जना गर्ने राजनीतिक आन्दोलन, स्विकारेका यी विद्यावारिधि प्रमाणपत्रधारीले आफ्नो अढाई दशक बिताएको पूर्व पार्टीलाई बाटो बिराएको संज्ञा दिएका त छन् तर आफ्नो नयाँ शक्तिको दर्शन र सिद्धान्त भने मुलुकको कायापलट हो मात्र भनेका छन् । त्यस्तो कायापलट गर्ने ब्रहास्त्र भने कहींकतै बकेका छैनन् । निकै मिठो ढङ्गले ‘समावेशी लोकतन्त्र नयाँ शक्तिको मूल राजनैतिक दर्शन, समावेशी विकास मूल आर्थिक दर्शन, सुशासन र सदाचार जीवनशैली एवं भ्रष्टाचारमुक्त समाजको परिकल्पना मूल मन्त्र’ भएको सगर्व घोषणा गरेका उनले त्यो प्राप्त गर्ने विधि भने ओलीको हावाबाट निकाल्ने बिजुलीभन्दा कुनै मानेमा पनि पृथक भेटिन्न । पूर्व पार्टीलाई भ्रष्टाचारी करार गरेका उनका अधिकांश अनुयायी कहीं न कहीं गन्हाएका व्यक्तिहरु छन् जसको छत्रछायाँमा उनले भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेका छन् । उनकी आफ्नै जीवनसङ्गीनीले त्यस्ता पात्रहरुको नेतृत्व गरेकी थिइन् भनेर प्रचारवाजीमा आएका कुरालाई उनले कहींकतै खण्डन गरेको भेटिन्न । फेरि उनी कुन दर्शन वा वादको टेको टेकेर यी यावत् कुराको परिकल्पना गरेका होलान् भनेर कसैले सुइँकोसम्म पाएका छैनन् । हावामा हजारौं महल खडा गर्न तम्सेका उनका हवाइकल्पनालाई पत्यार गरिहाल्ने आधार नभएकै कारण उनले न्युक्लियस घोषणा गरे पनि पार्टी घोषणा गर्न आनाकानी गरेका हुन सक्छन् । पार्टीमा रहँदा सधैं दाहिने मेलो लिने गरेका यिनले कुन दर्शनलाई आधार बनाएर पार्टी गठन गर्ने भन्नेमा आफैं कुहिराको काग बनेको अनुमान गर्न पनि हम्मे पर्दैन ।
पार्टीमा रहँदा सधैं दाहिने मेलो लिने गरेका यिनले कुन दर्शनलाई आधार बनाएर पार्टी गठन गर्ने भन्नेमा आफैं कुहिराको काग बनेको अनुमान गर्न पनि हम्मे पर्दैन ।
गोरेटोविनाको गन्तव्य दुर्घटित हुने आकलन गरेकैले हुनसक्छ एक समय जुन तहको उनको चुरीफुरी र ताउरमाउर देखिन्थ्यो अहिले त्यो ओरालिएको अनुभूत हुन्छ । लगभग १५ हजार नेपाली सपूतहरुको बलिदानलाई दुत्कारेर कोर्न खोजेको मार्गचित्र कति समावेशी लोकतन्त्रको पहरेदार बन्ने हो त्यो त समयले बताउला परन्तु एउटा कुरा चाहिँ पक्कापक्की छ कि देशलाई अस्थिर पार्न चाहने नेपथ्यका नायकहरु उनको यो कदमबाट भारी पुलकित हुनेछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies