Khabar Dabali ५ बैशाख २०८३ शनिबार | 18th April, 2026 Sat

विद्युतीय बसको सम्भाब्यता खोज्दै महानगरको टोली चीनमा

\"electricकाठमाडौं । भारतीय नाकाबन्दीका कारण वैकल्पिक उपायका रुपमा विद्युतीय गाडीको सम्भाब्यता खोज्दै नेपाली टोली चीन पुगेको छ । चीन सरकारले स्थानीय विकास मन्त्रालयमार्फत काठमाडौं महानगरपालिकालाई केही विद्युतीय बसहरु हस्तान्तरण गर्ने बताइरहेको बेला नेपाली प्रतिनिधि मण्डल विद्युतीय गाडीको सम्भाब्यता अध्ययन गर्न भन्दै चीन पुगेको हो । काठमाडौं उपत्यकाको सडकमा उपयुक्त हुने विद्यतीय बसको सम्भाब्यता खोज्न महानगरपालिकाका चार अधिकारी चीन गएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणमा विद्युतीय खरिदबारे सम्झौता गर्ने भन्दै त्यसअघि नै सम्भाब्यता खोजी गर्न महानगरपालिकाको टोली चीन गएको हो । महानगरपालिकाको प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीको नेतृत्वमा राजस्व महाशाखा प्रमुख महेश काफ्ले, सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रमुख शिव अधिकारी र प्राविधिक प्रमोद डंगोल अघिल्लो शनिवार नै चीनको सांघाइ पुगेका हुन् । चीनले केही विद्युतीय बसहरु अनुदान सहयोग गर्ने भएपछि महानगर थप विद्युतीय बसहरु खरिद गर्ने योजना बनाएको बताइएको छ । चीन गएको टोली फर्किएपछि बसको मूल्य र अवस्थाको आधारमा खरिद प्रक्रिया अघि बढ्ने महानगरले जनाएको छ । त्यस्ता विद्युतीय वसहरु काठमाडौं महानगरका लागि उपयुक्त हुने देखिए खरिद प्रक्रियाका लागि सरकारलाई समेत अनुरोध गरिने महानगरले जनाएको छ । महानगरपालिका र साझा यातायतको सहकार्यमा विद्युतीय बस सञ्चालन गर्नेबारेमा छलफल भइरहेको बताइएको छ । यसअघि पनि महानगरपालिकाले साझालाई १० करोड रुपैया बराबरका २५ वटा ठूला बस खरिद गर्नका लागि साउनमै सम्झौता गरिसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending