Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

चरम अकर्मन्यतामा वैद्य माओवादी : एमाओवादीसँग एकता गर्ने कि हराउने ?

\"mohan_baidhya_badal\"काठमाडौं । केहीवर्ष अघि एमाओवादीसँग अलग्गिएको वैद्य नेतृत्वको नेकपा –माओवादी अहिले चरम अर्कमन्यताको शिकार भईरहेको छ ।   सोमबार कार्यकर्ता भेटघाटका लागी बाग्लुङ पुगेका माओवादीका नेता देव गूरुङले राष्ट्रिय स्वभिमानको रक्षाका लागी एमाओवादीसँग एकता अनिवार्य रहेको बताएका थिए भने यता राजधानिमा आयोजित एक कार्यक्रममा सोही पार्टीका अध्यक्ष मोहन वैद्यले पनि एकता अनिवार्य शर्त भएको बताएका थिए । तर मंगलबार सोही पार्टीका उपाध्यक्ष सिपी गजुरेलले भने एमाओवादीसँग एकता हुनै नसक्ने बताएर नेकपा –माओवादीमा हावी भएको चरम अर्कमन्यता प्रकट गरे ।   उसो त एकिकृत नेकपा माओवादीसँग एकताका लागी पटकपटक औपचारिक र अनौपचारिक कुराकानी गरिसकेको सो पार्टीका बहुमत नेता एकताको पक्षमा रहेका छन् भने अध्यक्ष वैद्यसहितका केही पूराना नेताहरु भने एकताका लागी बैचारिक आधार तयार नभईरहेको अडानमा छन् ।   नेकपा माओवादीका महासचिव राम बहादुर थापा ‘बादल’, हितमान शाक्य, कुलप्रसाद केसी सोनाम लगायतका मुख्य नेताहरु विनाशर्त एमाओसँग एकता गर्नुपर्ने पक्षमा रहेको नेकपा–माओवादीका एक केन्द्रिय सदस्यले खबरडबलीसँग बताए । तर अध्यक्ष वैद्य एकताका लागी बिचार नमिलेको र मूल त ‘जनवादी क्रान्ति’ कि ‘समाजवादी क्रान्ति’ भनेर बहस गरिरहेका छन् ।   एमाओवादीले जनवादी क्रान्तिको मूल अभिभारा पूरा भएकोले अबको लक्ष्य समाजवादी क्रान्ति बनाउनुपर्ने बताईरहेको छ भने वैद्यले जनवादी क्रान्ति पुरा नभईसकेकोले अबको लक्ष्य जनवादी क्रान्ति नै भएको अडान लिईरहेका छन् । कारण र बहसहरु जे जसरी अघि बढे पनि मूल त एकता गर्ने कि एक्लै अघि बढ्ने भन्ने विषयमा नेकपा–माओवादी अहिले चरम अकर्मन्यतामा रहेको बामपन्थी नेताहरु बताउँछन् । वैद्य माओवादीकै एक केन्द्रिय सदस्य भन्छन्,–‘वैद्य कामरेड सिदान्तनिष्ठ नेता हुनुहुन्छ । एकता गरेर अघि नबढे नेकपा माओवादी हराउँने बस्तुगत अवस्थाबाट उहाँलाई एकता प्रधान लाग्छ तर मनबाट भने सिदान्त छोडेर अघि बढ्दा प्रतिक्रान्तिकारी होइन्छ कि भन्ने डर पनि छ ।’ उनले थपे, –‘यही कारण अहिले नेकपा–माओवादी चरम अकर्मन्यतामा छ ।’   उनका अनुसार माओवादी नेताहरुले एकताका पक्षमा परस्परविरोधी अभिव्याक्ति दिईरहनुको कारण यहि हो । विकसित घटनाक्रमहरुले एकता अनिवार्य देखाउँछ भने सिदान्तले एकता विरोधी बनाउँछ । उनका अनुसार सिदान्त र परिस्थितिको सहि अन्दाजा लगाउन नेकपा माओवादीले सकेन भने हराएर जाने अवस्था आउँछ ।   हुनपनि कार्यादिशाकै सबालमा समेत नेकपा माओवादी प्रष्ट छैन । एमाओवादी र त्यसका अध्यक्ष पूस्पकमल दाहाल प्रचण्डले क्रन्तिलाई धोका दिएको आरोप लगाउँदै बाहिरिएको वैद्य नेतृत्तको माओवादी प्रचण्डकै बाटो नहिडेपनि प्रभावकारी रुपमा कुनै फरक कदम चाल्न सकिरहेको छैन । बरु सशस्त्र विद्रोहको कार्यदिशा नसमातेको भन्दै उबाट विप्लव लगायतका केही केन्द्रिय नेताहरुले अर्को पार्टी निमार्ण गरिसकेका छन् । वैद्य माओवादी न यतिबेला विप्लवको कार्यदिशालाई ठिक भन्न सकिरहेको छ न प्रचण्डको कार्यदिशालाई नै । न त आफुले नै नयाँ कार्यदिशा निर्माण गर्न सकिरहेको छ ।   यस्तो चरम अकर्मन्यताको शिकार भईरहेको वैद्य माओवादीमा एमाओवादी एकताका पक्षधरहरुले पहल लिन सकेनन् भने नेकपा–माओवादी त्यत्तिकै हराएर जाने खतरा छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: