Khabar Dabali ४ चैत्र २०८२ बुधबार | 18th March, 2026 Wed
Investment bank

जनयुद्ध सही विचार, साहस र विवेकको कलात्मक प्रयोगः प्रचण्ड

सुर्खेत । एमाओबादि  अध्यक्ष  प्रचण्डले जनयुद्धमा सही विचार, साहस र विवेकलाई कलात्मक ढंगले प्रयाग गरेर जित हासिल गरेको बताएका छन । प्रदेश नं. ६ को बैठक तथा राजनैतिक प्रशिक्षण कार्यक्रमलाई आज सुर्खेतमा सम्बोधन गर्दैे सो कुरा बताउका हुन । अध्यक्षले प्रचण्डले भने– संविधान घोषणामा पनि हाम्रो रणनीति र कार्यनीति अनुरुप कलात्मक ढंगले विवेक र साहस प्रयोग गरेर नै संविधान घोषणा भएको हो । राजनैतिक लडाईमा हाम्रो यो ठूलो जीत हो ।’ प्रचण्डले नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै, संविधानको घोषणा पछि राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, सभामुख, उपसभामुखको निर्वाचन र सरकार निर्माणमा अर्को सफलता प्राप्त गर्यौ । समावेशी समानुपातिक व्यवस्था जसमा ३३ प्रतिशत महिलाहरुको सहभागिता, जनजाति, दलित, मुस्लिम, मधेसीको राज्यका सबै अंगमा प्रतिनीधित्व र यही ६ नं. प्रदेश निर्माणमा हाम्रो पार्टीले खेलेको निर्णायका संघर्ष, आदि हाम्रो ठूलो उपलब्धी भएको प्रस्ट पारे ।\"cm प्रचण्डले, अब एमाओवादी पार्टीले विधिमा परिचालित हुने बताउँदै पार्टीलाई पद्दतिमा संचालन गर्ने प्रक्रियाको थालनी गरिएको जानकारी गराए । गल्ति गर्ने र विधिमा नचल्नेलाई कार्यवाही सुरु गरिएको छ । पार्टीसँग सहि विचार छ, नयाँ भिजनसहितको नेतृत्व विविध संघर्षबाट खारिएको नेता कार्यकर्ता र जनता छन्, भन्दै माघ ५ गतेको सदनभित्रको मुठभेड, खुल्ला मञ्चको फागुन १६ गतेको लाखौंको सभाले एमाले र काँग्रेसलाई वार्तामा आउन बाध्य पारेको बताए । प्रचण्डले वैशाख १२ गतेको विनासकारी भूकम्पपछि सरकार किमकर्तव्यविमुढ भएको बेला प्रमुख प्रतिपक्षको हैसियतले संसद बोलाउने सरकारले भन्यो तर सरकार तर्सियो कि यहि मौकामा सरकार चल्नको निम्ति सदन बोलाउन दबाब दिएको त होइन भनेर । तर हामीले व्यवस्थापिका संसदीय दलको बैठक बोलाएर राष्ट्रिय एकताको निम्ति संसदको बैठक बोलाउन सरकारलाई दबाब दियौं र २७ बुँदै संकल्प प्रस्ताव पास गरी राष्ट्रिय एकता कायम गर्न पहल गरेको स्पष्ट पारें । संविधान घोषणा गर्न नदिने षडयन्त्र भईरहेको थियो । संविधानसभा भित्र रहेका र बाहिर रहेका सबै माओवादीहरुको निम्ति संविधान सभाबाट संविधान निर्माण गर्नु अनिवार्य थियो । संविधान सभाबाट संविधान घोषणा भए पछि मात्र जनयुद्ध र जनआन्दोलनको औचित्य सही सावित हुनसक्थ्यो । अन्यथा यसको औचित्य नै समाप्त हुने थियो । नेपाल राष्ट्रको निम्ति संविधानसभाबाट संविधान घोषणाले देशी विदेशी षडयन्त्रलाई परास्त गरियो ।\"cm प्रचण्डले भने–बाबुरामजीले पार्टी मात्र परित्याग गरेको होइन । उहाँले मालेमावाद, जनता, वर्ग, राष्ट्र सबै परित्याग गरेको बताउदै प्रचण्डले उहाँमा भएको आत्माकेन्द्रित व्यक्तिवादी, चरम अराजकतावादी प्रवृति हो । उहाँ कुनै न कुनै रुपमा वर्ग, जनता र राष्ट्रको विरुद्ध प्रतिक्रान्तिकारी कदम हो । उहाँलाई बचाउन मैले धेरै प्रयत्न गरें तर आफैं सक्नु भएन । नेपाली समाज संविधानको घोषणासंगै समाजवादी क्रान्तिको चरमा प्रवेश गरेको बताए १० वर्ष जनयुद्धको तयारी, १० वर्ष, जनयुद्ध र १० वर्ष शान्ति प्रक्रियामा लगाएको भन्दै ं । अबको आउँदो १० वर्ष समाजवादी क्रान्तिको १० वर्ष बनाउनुपने्र्रमा जोड दिए । प्रशिक्षण कार्यक्रमलाई उपाध्यक्ष नारयणकाजी श्रेष्ठ प्रकाश, महासचिव . कृष्णबहादुर महरा, स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगरले पनि सम्बोधन गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: