Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

राजनीतिक डोब पछ्याउँदै पूर्वराजा ज्ञानेन्द्र

\"Gyanendra-400\"काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्तीका अवसर पारेर एकता र सदाशयताको लागि भन्दै विज्ञप्ति जारी गरे । उनको आशय छ, राष्ट्रिय अखण्डता खल्बलियो भने आफू चुप लागेर बस्न सक्दिन । दश वर्षे जनयुद्ध र ०६२/६३ को १९ दिने जनआन्दोलनको बलमा राजतन्त्रले घुँडा टेकेको थियो । ऐतिहासिक संविधानसभाको चुनावपछि राजतन्त्रको विधिवत अन्त्य गरी गणतन्त्रको स्थापना गरियो । गणतन्त्रको स्थापना गरिएपछि पछिल्लो राजा ज्ञानेन्द्र शाहले गद्दी छाडे । गणतन्त्रलाई स्वीकार्दै उनी दरबार छाडेर गएपछि खुल्ला राजनीति गरेका छैनन् । उनले खुला राजनीति नगरे पनि राजतन्त्रको वकालत गर्नेहरुको राजनीति अहिले पनि अस्तित्वमा छ । राजतन्त्रको वकालत गर्दै आएको एक पार्टी राप्रपा नेपाल त अहिलेको सरकारमा नै सहभागी छ । २४० वर्षको राजतन्त्रको अवधिमा नारायणहिटी दरबार हत्याकाण्डमा पूर्वराजा वीरेन्द्र शाहको बंश बिनाशपछि राजा बनेका ज्ञानेन्द्रले सात वर्ष शासन गरे । सात वर्ष राज्य सञ्चालन गरेपछि गद्दि छाडेका उनले २०६५ साल जेठ २९ गते पत्रकार सम्मेलन गरी श्रीपेच र राजदण्ड नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए । जतिबेला उनले पत्रकार सम्मेलन गरी नारायणहिटी छाडेको घोषणा गर्दै थिए, त्यतिबेला भनेका थिए– श्रीपेच र राजदण्डलाई नेपाल सरकारले चिर काल पर्यन्त सुरक्षित राख्नेछ । राजनीति गर्ने अवसरको खोजीमा नारायणहिटी छाडेपछि ज्ञानेन्द्रले खुल्ला रुपले त्यस्तो कुनै राजनीति गरेको देखिएन । झण्डै सात वर्षको समयसम्म चुपचाप रहेका ज्ञानेन्द्र राजनीति गर्ने सत्ता हातमा लिने अवसरको खोजीमा रहेको पछिल्लो वक्तब्यले प्रष्ट्याएको छ । उनले आफ्नो बक्तब्यमा आफूले जनताको सन्तुष्टीका लागि दरबार छाडे पनि नेपाली घरबाट नछाडेको स्पष्ट गरेका छन् । उनले आफूले घरबार नछाडेको सबैले विचार गर्नुपर्ने कुरा भएकोसमेत बताएका छन् । उनले भनेका छन्– ‘शाहवंशीय राजाहरुले जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिँदै राष्ट्रहित र राष्ट्रबासीको सुख, समृद्धि र आत्मीय सन्तुष्टिका निम्ति जनताको नासो जनतालाई सुम्पेर मैले दरबार छोडेको हुँ । तर सवैले विचार गर्नुपर्ने कुरा हो की मैले नेपाली घरवार छाडेको छैन । अनि नेपाल र नेपालीको आधारको भार पनि परित्याग गरेको छैन ।’ मुलुकको गम्भीर अवस्थामा आफूले कुनै कदम चाल्न सक्ने उनको प्रष्ट संकेत छ । संघीयतालाई अस्वीकार गर्ने अभिब्यक्ति असोज ३ गते जारी भएको नयाँ संविधान अनुसार मुलुक संघीय राज्य संरचनामा अघि बढेको छ । तर सीमांकनको विषयलाई लिएर चार महिनाभन्दा बढी समयदेखि तराई–मधेसमा आन्दोलन ब्याप्त रहेको  अवस्था रहेको छ । मुलुकमा ब्याप्त असन्तोषलाई ज्ञानेन्द्रले चिन्ता पनि ब्यक्त गरेका छन् । उनको यो चिन्तासँगै अहिलेको मुलुको विधि ब्यवस्थाले जनताले नरुचाएको रुपमा अथ्र्याएका छन् । ‘अहिले विधि व्यवस्था, भू–रचना र शासन प्रशासनका कुरालाई लिएर जे जस्ता वखेडा खडा भएका छन्, यो कदापी राम्रो कुरा होइन,’ उनको चिन्ता छ, ‘आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महंगी, अभाव, अनुत्पादन र वाह्य निर्भरतावाट यतिखेर थप मार परिरहेको छ ।’ संघीय संरचनको विषयलाई भूरचना भन्ने उल्लेख गर्दै संघीयता नस्वीकार्ने संकेत गरेका छन् । जनमत संग्रहको संकेत उनले आपसी सदभाव खल्बलिएर मुलुक अवस्था गम्भीर बनेको भन्दै राजतन्त्रको भूमिको खोज्ने समय आएको समेत स्पष्ट गरेका छन् । उनले राजतन्त्रको भूमिका र अहिलेका राजनीतिक दलका नेताहरुको भूमिको खोजी गर्दै जनमत संग्रहको संकेत गरेको देखिन्छ । ‘अब नेपाली जनताले को–कसबाट के कस्तो दायित्व भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने समयको माग छ ।’– ज्ञानेन्द्रको वक्तब्यमा छ । सीमांकनको विषयमा मुलुकमा देखिएको पछिल्लो राजनीतिक अवस्थासँगै आधुनिक राष्ट्र निर्माता पृथ्वीनारायणको स्मण गर्दै ज्ञानेन्द्रले राष्ट्रिय एकताको सन्देशसँगै दिएको अभिब्यक्ति निकै अर्थपूर्ण र कुटनीति रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: