Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

एकीकृत सेवाका लागि उपत्यकामा दश दमकल स्टेसन बनाइने

काठमाडौ  । काठमाडौ उपत्यकामा बढ्दो जनघनत्व र सहरीकरणलाई ध्यानमा राख्दै आगलागी नियन्त्रणका लागि १० वटा दमकल स्टेसन बनाइने भएको छ । काठमाडौँ उपत्यकामा हाल तीन जिल्लामा गरी तीनवटा मात्र दमकल स्टेसन रहेका छन् । बढ्दो जनसङख्या र ठूलाठूला व्यावसायिक भवनको कारण अहिले रहेको दमकल स्टेसन नगण्य रुपमा रहेकाले सातवटा दमकल स्टेसन थपिने जुद्ध वारुणयन्त्र काठमाडौँका प्रमुख किशोरकुमार भट्टराईले बताउनुभयो । अब थप्नका लागि पहल गरिएका दमकल स्टेसन काठमाडौँमा चार, ललितपुरमा दुई र भक्तपुरमा तीनवटा छन् । यसरी स्टेसन थप गर्दा काठमाडौँमा पाँच, ललितपुरमा तीन र भक्तपुरमा दुई गरी उपत्यकामा जम्मा दश हुनेछन् । \"LFB_Pump_Ladder-600\" उहाँका अनुसार यसरी गर्न लागिएको एकीकृत दमकल योजनाको नेतृत्व भने काठमाडौँ महानगरपालिकाले गर्नेछ । उपत्यकामा थप गरिने दमकल स्टेसनका लागि थप २०० जना कर्मचारीको आवश्यकता पर्ने पनि महानगरले बताएको छ । काठमाडौँमा सानो ठूलो गरी ६ थान दमकल रहेका छन् भने फायर वाइक आठ थान छन् । त्यसैगरी ललितपुरमा तीनवटा दमकल रहेका छन् भने भक्तपुरमा एक थान दमकल रहेको छ । दमकलको सङ्ख्या कम भएकाले नै उपत्यकामा विभिन्न समयमा हुने गरेका आगलागीसँग सम्बन्धित घटनालाई तत्काल नियन्त्रण गर्न समस्या हुने गरेको प्रमुख भट्टराईले जानकारी दिए । भट्टराईले भने यस्तै कारणले गर्दा गत वर्ष विशालबजारमा ठूलो क्षति भएको हो । दमकल केन्द्रीय कार्यालयलाई अधिकारमुखी बनाउने र दमकल सञ्चालकसम्बन्धी तालिम प्राप्त व्यक्तिलाई नियुक्त गरे यस क्षेत्रको स्तरोन्नति हुन सक्छ ।” दमकल चालकले सातामा एक दिन छुट्टीको व्यवस्था गरिनुपर्ने, जोखिमपूर्ण काम गरेबापत ५० प्रतिशत जोखिमभत्ता उपलब्ध गराउनुपर्ने मागसमेत गरेका छन् । महानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङका अनुसार उपत्यकाभित्र भरपर्दो र सुनिश्चित अग्नि नियन्त्रण तथा उद्धार सेवा प्रवाह गर्न थप दमकल स्टेसनको आवश्यकता रहेकाले यसलाई एकीकृत योजनाअन्तर्गत राखी काम गर्नु आवश्यक रहेको छ । काठमाडौँमा अहिले सञ्चालनमा रहेका एक स्टेसनमा ३३ जना कर्मचारी कार्यरत छन् भने ललितपुर र भक्तपुरमा कार्यरत कर्मचारी सबै करारमा काम गरिरहेका छन् । यस्तो स्थानमा समेत यस्ता कमजोरी रहिरहने हो भने आवश्यक पर्दा काम नभई ठूलो दुर्घटना हुनसक्ने भएको र यसको बेलैमा समाधान गर्न आवश्यक रहेको महानगरको भनाइ छ । एकीकृत दमकल सेवाका लागि दमकल परिचालन तथा कर्मचारी सेवासम्बन्धी ऐननियमको व्यवस्था गरी काम अघि बढाए प्रभावकारी हुने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: