Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

महाधिवेशन निर्देशिका पारित, अनशन तोड्न अनुरोध गरिने

काठमाडौँ । नेपाली काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै जाँदा आज बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनसम्बन्धी निर्दे्शिका, २०७२ पारित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनको तयारीका क्रममा निर्वाचन निर्दे्शिका पारित गरेको प्रवक्ता दीलेन्द्रप्रसाद बडूले जानकारी दिए । बैठकमा निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले निर्दे्शिकाका विषयमा जानकारी गराएका थिए । बैठकले काँग्रेस नेतृत्वको सरकारका अर्थमन्त्री डा रामशरण महतलाई ‘द बैंकर’ पत्रिकाले सन् २०१५ मा विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषणा गरेकाले बधाई दिने निर्णय गरेको छ । भूकम्पपछिको पुनर्निर्माणमा आर्थिक सहायता जुटाउन नेतृत्वदायी भूमिका निर्बाह गरेकाले यो सम्मान दिएको हो, यो काँग्रेस नेतृत्वको सरकारको सफलता मिलेको महतले बताए । \"10012016050309Congress-1000x0-600\" लन्डनवाट प्रकाशित हुने विश्वप्रसिद्ध पत्रिका ‘द फिनान्सियल टाइम्स’को सह–प्रकाशन ‘द बैंकर’ले आफ्नो ९०औँ वर्षगाँठको अवसरमा सन् २०१५ का लागि डा महतलाई भूकम्पपश्चातको राहत एवम् पुनःनिर्माणका निमित्त राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय सहयोग परिचालनमा र राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने क्रममा निर्वाह गरेको भूमिकाका लागि एसिया प्यासिफिक र विश्वकै उत्कृष्ट अर्थमन्त्रीका रुपमा सम्मानित ुभएकोमा तत्कालीन सरकार र अर्थमन्त्रीलाई बधाइका साथै उक्त संस्थालाई धन्यवाद ज्ञापन गर्ने निर्णय गरिएको बताए। उपसभापति रामचन्द्र पौडेलले भारत भ्रमणका क्रममा विदेशमन्त्री सुष्मा स्वराज र गृहमन्त्री राजनाथ सिंहसँग भेट गरी दुई देशका बीचमा उत्पन्न भएको आपूर्ति असहजतालाई सहज बनाउन अनुरोध गरिएको सन्दर्भमा बैठकमा छलफल भएको जानकारी गराए । तराई मधेसका समस्या समाधानका लागि पार्टीबाट कार्यदलमा खटिएका केन्द्रीय सदस्य महेश आचार्यले बैठकमा मोर्चासँग भइरहेको वार्ताका विषयमा जानकारी गराएका थिए । वार्तामा सीमाङ्कन र भाषाका विषयमा छलफल भइरहेको नेता आचार्यले जानकारी गराए । मधेसी मोर्चाको बैठकमा सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले)को अस्पष्ट विचार समस्या समाधानमा बाधक भएको निष्कर्ष समेत काँग्रेसले निकालेको छ । बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति पौडेल लगायत नेताले आमरण र रिले अनशनरत नेता कार्यकर्ताका माग पूरा गरिने भएकाले अनशन तोड्न अनुरोध गरिने बताएका थिए । महाधिवेशन नजिकिँदै जाँदा केन्द्रीय कार्यालयमा आमरण अनशन र रिले अनशन बस्नेका कारण कार्यकर्ताको चहलपहल बढेको छ । जिल्लाबाट सिफारिस गरिएका क्रियाशील सदस्यता सदर एवम् बदर गरिनुपर्ने माग गर्दै एउटै जिल्लाका फरक फरक समूह अनशनरत छन् । दुर्गम जिल्ला डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय पुस १० गतेदेखि जिल्लाबाट सिफारिस गरिएका ८९३ वटै सदस्यता सदर गरिनुपर्ने माग गर्दै आमरण अनशनमा बसेका छन्। पुराना २७२ र नयाँ सिफारिस गरिएका ६२१ क्रियाशील सदस्यमध्ये सदस्यता छानबिन समितिले १८ जनाको सदर गरी अरू बदर गरेकाले सिफारिस गरिएका सबै सदस्य सदर गरिनुपर्ने माग गर्दै सभापति उपाध्याय आमरण अनशनमा बसेका हुन् । , विधिअनुसार सदस्यता वितरण होस् भनी उहाँ अनशन बसेकोे हो”–डोल्पाका नेविस अध्यक्ष जयश उपाध्यायले बताए । कार्यालय परिसरमा सोलुखुम्बु जिल्लाका केन्द्रीय सदस्य बलबहादुर केसी र सभापति आङगेलु शेर्पाका छुट्टाछुट्टै समूह सदस्यता सदर र बदरको फरक फरक माग राखेर अनशनमा बसेका छन् । कैलाली, भक्तपुर र रौतहटका फरक फरक समूह पनि अलगअलग मागका साथ केन्द्रीय कार्यालय परिसरमा अनशनरत छन् । आज बैठकका लागि केन्द्रीय कार्यालयमा शीर्षनेता एवम् केन्द्रीय सदस्य प्रवेश गर्दा अनशनरत जिल्लाका असन्तुष्ट कार्यकर्ताले माग पूरा गरिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । काँग्रेसले १३औँ महाधिवेशनका क्रममा माघ १५ गते गाउँ एवम् नगर, माघ २२ गते क्षेत्र र माघ २५ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । केन्द्रीय महाधिवेशन फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: