Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

फेसबुकमा यसरी भाइरल बन्यो ‘रमाइला प्रधानमन्त्री !’ का जाेक्स

[caption id=\"attachment_54703\" align=\"alignleft\" width=\"768\"]\"फेसबुकबाट फेसबुकबाट लिइएकाे[/caption] काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का गर्न निकै खप्पिस छन् । ओली अरुलाई छड्को हान्न र छड्के जवाफ दिन माहिर छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली बेलाबेलामा बेतुकको कुरा गर्ने भएकाले उनको बोलीले धेरैलाई चोट् पुर्याउँछ । नेताहरुलाई नै चोट पु¥याउने उनको बोलीलाई सबैले ठिकै मानेका थिए तर भारतीय नाकाबन्दीले पीडा भोगेका जनतालाई नै जिस्क्याउने खालका अभिब्यक्ति दिएपछि भने आम नागरिकले प्रधानमन्त्रीलाई हाँस्यपात्र बनाएका छन् । भारतले गरेको नाकाबन्दीले मुलुक चरम संकटमा पर्दासमेत कुनै विकल्प दिन नसकेको प्रधानमन्त्री ओलीले अब सिलिण्डरमुक्त देश बनाइन्छ, घर घरमा पाइपबाटै ग्यास आउँछ भन्ने अभिब्यक्ति दिएपछि उनी सबैको हाँस्यपात्र भएका छन् । प्रधानमन्त्री भएपछि ओलीले केही दिनअघि मात्रै अब हावाबाट विजुली निकाल्ने अभिब्यक्ति दिएका थिए । विश्वमै जलस्रोतको दोस्रो धनी देश नेपालले पानीको समेत सदुपयोग गर्न नसकिरहेको बेला लोडसेडिङ्को विकल्पस्वरुप हावाबाट विजुली निकाल्ने अभिब्यक्तिलाई सबैले हावामै उडाए । आधा सिलिण्डर ग्यास नपाएर छटपटाइरहेका नागरिकलाई पाइपबाटै ग्यास पुराइन्छ भन्ने प्रधानमन्त्रीको अभिब्यक्तिलाई लिएर सामाजिक सञ्जालहरुमा ‘जोक्स’ प्रधानमन्त्री भनेर धज्जी उडाइएको छ । जोक्स सुनाएर जनताको पीडा विर्साउने प्रयत्न ! इतिहास यस्ता धेरै पात्रहरु छन्, जो विभिन्न चर्चाले नाम कमाएका छन् । जनतालाई राहत दिन नसकेपछि जोक्स सुनाएरै भए पनि पीडा बिर्साउने प्रधानमन्त्रीको प्रयत्न भएको पनि एमालेवृत्तमा चर्चा चलाउन थालिएको छ । ओलीले दिएको अभिब्यक्तिलाई लिएर हाँस्यपात्र बनाइएका प्रधानमन्त्रीले अब के अभिब्यक्ति दिन्छन् भन्ने समेत सामाजिक सञ्जालहरुमा प्रशस्तै देख्न पाइएको छ । प्रधानमन्त्री ओलीले अब ‘टोलटोलमा एयरपोर्ट बनाउँछु’, ‘बादलमाथि च्याउ खेती गर्छु’, ‘टुँडिखेलमा तेलको कुवा खन्छु’, ‘पैसा फल्ने रुख रोप्छु’, ‘घरमा बसेर रिमोट थिच्नुस्, सिधै अमेरिका पुगिन्छ’ जस्ता अभिब्यक्ति दिन्छन् भनेर समेत सामाजिक सञ्जालहरुमा धज्जी उडाइएका छन् । हुनत उखान टुक्का हाल्न प्रधानमन्त्री ओली भन्दा उपप्रधामन्त्री चित्रबहादुर केसी खप्पिस छन् । तर उनले समय सन्दर्भलाई पहिल्याएर मात्रै त्यस्ता उखान टुक्का हाल्छन्, जो नेपाली जनजिब्रो रहने गरेको छ । प्रधानमन्त्री ओलीको जस्तो बतुके टुक्का नगर्ने उपप्रधानमन्त्री केसीको बारेमा भने खासै चर्चा सुनिएको छैन ।  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: