Khabar Dabali २ जेष्ठ २०८३ शनिबार | 16th May, 2026 Sat
Investment bank

संविधान जारी गरेपछिको पीडा अधिक निन्दनीय ः प्रचण्ड

\"prachandaदाङ् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनले संविधान जारी गरेपश्चात नेपालीहरुलाई दिइएको पीडा अधिक निन्दनीय भएको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङको जिल्ला अधिवेशनको आइतबार उद्घाटन गर्दै उनले संविधान जारी भएपछि खुशी भएका जनतालाई दिइएको पीडा निन्दनीय भएको टिप्पणी गरे । दक्षिण एशियामै पढ्न उत्कृष्ट संविधान पढ्न पाएको छैन एमाओवादी अध्यक्ष प्रचण्डले नेपालको संविधान दक्षिण एशियामै उत्कृष्ट रहेको दाबी गरे । उनले नेपालको जस्तो उत्कृष्ट संविधान दक्षिण एशियामै आफूले पढ्न नपाएको बताए । नाकाबन्दीले आफै बाँच्ने पाठ सिकायो प्रचण्डले भारतीय नाकाबन्दीले नेपाली जनतालाई आफै बाँच्ने पाठ सिकाएको बताए । नाकाबन्दीले आजित भए पनि आत्मनिर्भर हुने पाठ सिकाएको उनले भनाइ छ । नाकाबन्दीले आगामी नयाँ पुस्तालाई आत्मनिर्भरतासहितको नयाँ नेपाल हस्तान्तरण गर्ने अभिभारा आफूहरुलाई दिएको समेत उनले बताए । नाकाबन्दी नेपाली जनताको लागि अवसर बनेको प्रचण्डले बताए । एक दुई दिनमै समस्या समाधान एमाओवादी अध्यक्ष प्रचण्डले मुलुकको समस्या एक दुई दिनमा समाधान हुने दोहोर्याए । केही दिनयता प्रचण्डले एक दुई दिनमै समस्या समाधान हुने बताउँदै आएका छन् । सवै मिलेर अहिलेको समस्या समाधान हुने भएकाले एकता अहिलेको आवश्यकता भएको उनले बताए । दलहरु बीचको एकताका लागि सञ्चारजगतले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । प्रचण्डले संविधान कार्यान्वयनका लागि पनि सबै दलहरुबीच एकता आवश्यक रहेको बताए । सबैलाई संविधान कार्यान्वयनको साझा एजेण्डा बोकेर हिड्न समेत उनले आग्रह गरे । एकीकृत माओवादीको पाँच नम्बर प्रदेशको वैठक तथा प्रशिक्षणमा भाग लिन प्रचण्ड दाङ गएका हुन् । अवध, मगरात र थारुवान राज्यसहितको प्रदेश ५ को बैठक शनिवारदेखि जारी रहेको छ । अध्यक्ष प्रचण्ड आइतबार अपरान्ह काठमाडौं आउने कार्यक्रम रहेको उनको निजी सचिवालयले जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending