Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

सरकार असल नियतका साथ प्रस्तुत भए सीमाङ्कन विवाद टुङ्ग्गीने

काँकडभिट्टा । मुलुकको वर्तमान समस्या समाधानमा सरकार गम्भीर नभएको औँल्याइएको छ । संवाद समूहको सचिवालय झापाको संयोजनमा झापाको बिर्तामोडमा आज बिहान भएको ‘पहिचान तथा सीमाङ्कनको मुद्दा र सहमतिको बिन्दु’ विषयको छलफलमा सहभागीले मुलुकको समस्या व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी सरकारको भएकाले सरकार असल नियतका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिए ।\"jhapa पहिचानवादीहरुबीच सीमाङ्कनको विषयमा खासै विवाद नरहेको भन्दै उनीहरुले विश्वासको वातावरण भए विज्ञसहितको आयोगद्वारा सीमाङ्कन विवाद टुङ्ग्याउन सकिने धारणा राखे । जिल्ला टुक्य्राएर भए पनि पुनःसंरचनामा जानुपर्ने र मुलुकलाई निकास दिन सहमतिको बिन्दु पनि त्यही नै हुने उनीहरुको भनाइ थियो । वामपन्थी नेता लोकबन्धु कन्दङ्वा, सद्भावना पार्टीका अध्यक्ष सूर्यनारायण गणेश, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष धीरेन लावती, मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष भरतसिंह राजवंशी, फोरम (गणतान्त्रिक)का अध्यक्ष सुन्दरलाल साह, तराई–मधेस राष्ट्रिय अभियानका संयोजक घनश्याम चौधरीले पहिचानवादीलाई अहिलेको संविधानले उपेक्षित गरेको भन्दै आन्दोलनको भावनाको सम्मान गर्न आग्रह गरेका थिए । सीमाङ्कन विवादका रुपमा रहेको झापा, मोरङ र सुनसरीलाई समेटेर अलग्गै प्रदेश बनाउँदा पनि समस्याको हल हुने कतिपयको धारणा थियो । ती तीन जिल्लालाई कोचिला, लिम्बुवान, पूर्वी थारुवान् र मधेसवादीले आ–आफ्नो राज्य हुनुपर्ने दाबी गर्दै आएका छन् । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: