Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

कांग्रेस सभापति कोइरालासंग फेल्टम्यानको भेट

प्रकाश अधिकारी काठमाडौं । नेपाली सभापति सुशील कोइरालासंग संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनका विशेष दूत जेफ्री फेल्टम्यानले शनिबार कोइराला निवास महाराजगञ्जमा बिहान भेट गरेका छन् ।  भेटमा नेपालको समसामयिक राजनीतिक र आर्थिक–सामाजिक विकासका बारेमा कुराकानी भएको थियो । भेटवार्तामा सभापति कोइरालाले गत नोभेम्बर १२ मा राष्ट्र संघका महासचिव वान कि मूनसंग भएको फलदायी भेटको स्मरण गर्दै नेपाल राजनीतिक संक्रमणलाई छिचोलेर स्थायित्व, शान्ति र विकासको मार्गतर्फ प्रवेश गर्ने चरणमा रहेको उल्लेख गरेका थिए भने विशेषदूत फेल्टम्यानले तराई–मधेशमा ठूलो जनाधार भएको संसदको सबैभन्दा ठूलो र प्रतिपक्षको भूमिकामा रहेको नेपाली कांग्रेसले तराई–मधेशमा हाल देखिएका राजनीतिक लगायतका मुलुकका समस्याहरु समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गनपर्ने बताए ।\"Feltman-Prez नेपालको सबैभन्दा ठूलो राजनीतिक दल नेपाली कांग्रेसले सधैभरी जिम्मेवारपूर्ण राजनीति गर्दै आएको तथा देश र जनताका समस्या समाधानमा कहिल्यै पछाडि नपर्ने पनि सभापति कोइरालाले बताएका थिए । संसदमा रहेका पार्टीहरु बीचको सहमतिको दस्तावेजको रुपमा आएको वर्तमान संविधानमा नसमेटिएका विषयलाई संशोधनबाट पूरा गर्न आफ्नो नेतृत्वमा रहेको सरकारले नै संशोधन प्रस्ताव व्यवस्थापिका संसदमा दर्ता गराएको बताउदै संसदमा प्रस्तुत भएको संशोधन विधेयक पारित भएपछि हाल तराई–मधेशमा देखिएको समस्याको हल हुने जनाकारी गराउका थिए । पहिले संविधानको संशोधनको कुरा सुन्नै नचाहने र सीमाङ्कनको विषयमा कुरा गर्नै नचाहने दलहरु पनि नेपाली कांग्रेसले अगाडि सारेको यस सम्बन्धी प्रस्तावका पक्षमा आएकोले समस्याहरु समाधानको निकट पुगेकोमा आफू विश्वस्त रहेको पनि सभापति कोइरालाले स्पष्ट पारे । सभापति कोइरालाले गत वैशाखमा आएको विनासकारी भूकम्पको पीडाबाट मुक्त नहुँदै समग्र नेपालीको जनजीवन तराई मधेशमा आरम्भ भएको आन्दोलनका कारण सिर्जित नियन्त्रित आपूर्तिबाट प्रभावित भएको बताउदै आफ्नो नेतृत्वको सरकारले भूकम्प प्रभावित क्षेत्रको शिघ्र पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरणको अध्यादेश ल्याएर कार्यकारी प्रमुख समेत नियुक्त गरेको तर सबै राजनीतिक दलहरु राष्ट्रिय प्राथमिकताका सम्बन्धमा उत्तिकै जिम्मेवार नहुँदा सो अध्यादेशले कानूनी रुप लिन नसकेको उल्लेख गरे । उनले आफ्नो पार्टी देश र जनताको हितका विषयमा सबै दलहरुसंग मिलेर काम गर्ने पनि बताए । सो अवसरमा राष्ट्र संघका महासचिवका विशेष दूत फेल्टम्यानले संविधानको संशोधन र राजनीतिक सहमतिमा बन्ने सीमाङ्कन आयोगको कामले नेपालमा दिगो शान्ति र राजनीतिक स्थिरता कायम गरी नेपाललाई विकासको मार्गमा लैजान आग्रह गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: