मधेसी मोर्चासँगको वार्ता अनिश्चित , शीर्ष नेताहरु जिल्ला दौडाहमा
पौष १६ गते, २०७२ बुधवार 30th December, 2015 Wed१२:१३:४६ मा प्रकाशित
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चासँग छिट्टै हुने भनिएको वार्ता तत्काल नहुने भएको छ ।
शीर्ष नेताहरु पार्टीको कार्यक्रममा भाग लिन राजधानी बाहिर जाँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीको कार्यक्रममा भाग लिन बुधबार गृह जिल्ला झापा जाँदैछन ।
उनी झापा , मोरङ लगाएतका जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागि भएर विहिबार मात्र राजधानी फर्कने योजनामा छन् ।
त्यसैगरि प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति सुशिल कोइराला पार्टीको कार्यक्रममा भाग लिन बुधबार नै स्याङजा गएका छन् । पार्टीेले आयोजना गरेको कार्यक्रममा भाग लिन उनी स्याङजा गएको उनको सचिवालयले जनाएको छ ।
पार्टीका शीर्ष नेताहरु पार्टीको कार्यक्रम भन्दै जिल्ला दौडाहमा लाग्दा तीनदल बीचमा छलफल र मधेसी मोर्चासँगको वार्ता अनिश्चित बनेको छ । गत मंसिर २७ गते देखि यता मधेसी मोर्चासँग कुनै औपचारिक वार्ता भएको छैन ।
संसदमा पेश भएको संविधान संशोधन प्रस्ताव अपुरो र मधेसको मागलाई संबोधन गर्न नसक्ने भन्दै संशोधन प्रस्ताव रोक्न माग गर्दै मधेसवादी दलहरुले घेराउ र नाराबाजी गरे पनि संविधानमाथिको छलफल अघि बढाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: