Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

डेढ सय परिवारको बास सात वर्षदेखि जङ्गलमै

\"junglemaभीमदत्तनगर । कञ्चनपुरको दोदा नदीले विस्थापित गरेका शङ्करपुर गाविसका १५० बढी परिवारको पुनःस्थापना हुन नसक्दा सात वर्षदेखि जङ्गलमै आश्रय लिइरहेका छन् । दोदा नदीमा २०६५ सालमा आएको बाढीले घरखेत बगाएपछि शङ्करपुरका १६३ परिवार जङ्गलमा आश्रय लिन बाध्य भएका हुन् । स्थानीयका अनुसार दोदा नदीले ०६५ सालमा शङ्करपुर गाविसको ७ नम्बर वडा नै बगाएको थियो । विस्थापितको हालसम्म पनि पुनःस्थापना नहुँदा जङ्गलमै जीवन व्यतित गर्नुपरेको बाढीपीडित कृष्णलाल डगौराले दुखेसो पोखे । ‘नदी नियन्त्रणका लागि सरकार लगानी गर्दैछ । ’ उनले भने – ‘हाम्रो सात वर्षदेखि कुनै वास्ता छैन ।’ स्थानीय ठाउँमा बस्ती नै नरहे तटबन्ध बनाएर जग्गा मात्रै जोगाउनुको कुनै अर्थ नरहेको उनको भनाइ छ । जङ्गलमै बस्नु परेकाले उनीहरुको दैनिक जीवनका साथै सामाजिक, सांस्कृतिक जीवनमा समेत प्रभाव परेको छ । समयमै सरकारले दोदा नदी नियन्त्रणमा ध्यान नदिँदा आफूहरुको घरखेत बगेको उनीहरुको भनाइ छ । दोदा नदीले धार परिवर्तन गर्दा कृषकको २५० बिगाहा खेत नदीले बगाइसकेको छ । त्यसैगरी गाउँमा अरुको खेतमा काम गरेर परिवार पाल्दै आएका विश्राम रानाले आफूसित भएको १६ कट्ठा खेत नै बगाएपछि सुकुम्बासी भएको बताए । जनताको तटबन्ध कार्यालयले दोदा नदीमा दुई हजार ६५५ मिटर तटबन्ध बनाएको छ । करिब १४ करोडको लागतमा तटबन्ध बनाए पनि वर्षातमा नदी कटान नरोकिएको समेत स्थानीयवासीको भनाइ छ । दोदाले कञ्चनपुरका–८ गाविस कृष्णपुर, देखतभुली, शङ्करपुर, श्रीपुर, वाइसेविचवा, कालिका, त्रिभुवनवस्ती तथा परासन क्षेत्रमा समेत आंशिक क्षति पु¥याउँदै आएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending