Khabar Dabali १३ चैत्र २०८२ शुक्रबार | 27th March, 2026 Fri
Investment bank

मण्डपमै बेहुलीले लिइन् बेहुलाको आइक्यू टेस्ट : बेहुलो फेल, बिहे रद्द

\"Arranged-marriage-750\"   एजेन्सी । संसार बिचित्रको छ । नेपाली समाजमा जस्तो जुनि भर कहिल्यै नदेखेको परपुरुषसँग विवाह गरेर मारे पाप पाले पुन्य भन्ने जमाना अब पुरानो हुँदै गएको छ । मागी विवाह हुने गरेको हाम्रो जस्तो नेपाली समाज विस्तारै प्रेम विवाह तिर अग्रसर भएको छ । तर विकसित दुनियाँ मात्रै होइन छिमेकी मूलुक भारतमै एउटा यस्तो घट्ना भएको छ जुन हामी कल्पना गर्न सक्दनौं । बिवाह गर्न भनि धुमधामका साथ जन्ति लिएर आएको दुलाहालाई दुलहीले नै आईक्यू टेस्ट लिएकी छिन् । यहाँ यहाँसम्मकी आई क्यू टेस्टमा दुलाहा फेल भएपछि विवाह नै रद्ध गरियो ।  बेहुलो फेल भएपछि बिहे नै रद्ध भयो र जन्तीहरु दुलही नलिइकनै फर्कियो । छिमेकी देश भारतको उत्तरप्रदेशस्थित मैनपुरीको घटना हो यो । आइक्यु टेष्टमा हुनेवाला बेहुलो फेल भएको भन्दै बेहुलीले विवाह मण्डपबाटै बिहे भंग भएको घोषणा गरिन् । बेहुलीको नाम खुसबु सक्सेना र बेहुलाको नाम ओमविर सिंह हो । ओमविरले स्नातक पास गरेको बताइएको थियो । सोमबार बिहे समारोह चलिरहेको थियो । ओमविरले बिहेको जग्गेमा पण्डितले भन्न लगाएका मन्त्रहरु पनि राम्ररी पढ्न नसकेपछि बेहुली खुसबुलाई शंका लाग्यो । ओमविरले मन्त्र राम्रोसँग भन्न नजानेको भनेर खुसबुलाई उनीहरुले साथीहरुले पनि सुनाएका थिए । त्यसपछि खुसबुले हुनेवाला दुलाहाको गणितको आइक्यु परीक्षा लिने निधो गरिन् । उनले विहे मण्डपमै परीक्षा सुरु गरिन् । उनले ओमविरलाई मोबाइलमा आफ्नो नम्बर डायल गर्न भनिन् तर ओमविरले मोबाइल नम्बर पूरै सम्झिनै सकेनन् । साथै उनले ६९ र ७९ बीच कतिको अन्तर हुन्छ ? भन्ने प्रश्नको जवाफ पनि दिन सकेनन् । वास्तवमा खुसबुले आफ्नो हुनेवाल लोग्ने निकै लोद्दर भएको भेउ पाएपछि ओमविरका बाउ तथा भाइसँग एउटा सर्त राखिन् मण्डपमै । आफुले एउटा परीक्षा लिने र त्यसमा पास भएमात्र ओमविरसँग बिहे गर्ने । उनले ओमविरलाई केही सिक्का दिएर त्यसको संख्या जोड्न पनि लगाइन् । त्यसमा पनि ओमविर पास हुन सकेनन् । ओमविरलाई एउटा टचस्क्रिन फोन दिएर त्यसलाई प्रयोग गर्न लगाउँदा पनि ओमविरले सकेनन् । फोनको एप्स देखेरै ओमविर अलमलमा परे । त्यसपछि खुसबुले दह्रो मन गरेर ओमविर सँग बिहे नगर्ने फैसला गरिन् । ओमविर तथा उनका बाउ लगायतले खुसबुलाई सम्झाउने धेरै कोसिस गरे । तर उनले मानिनन् । अन्ततः दुलही नलिइकनै बेहुलो सहित जन्तीहरु रित्तो हात फर्किनुपर्यो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending