Ntc summer Offer
Khabar Dabali ७ जेष्ठ २०८१ सोमबार | 20th May, 2024 Mon
NIMB

सनसनीपूर्ण खुलासा, ‘क्रिष्टियानो रोनाल्डो गे’

\"ronaldo-and-hari-750\"   एजेन्सी । पोर्चुगलका नागरिक तथा रियल मड्रिडका स्टार क्रिष्टियानो रोनाल्डो गे (समलिङ्गी) हुन् भन्ने तत्थ सार्वजनिक भएको छ । यो तथ्यको दावी स्पेनिस मिडियाले गरेको हाे। खबरसँगसगै केही तस्विरहरु समेत सार्वजनिक भएको छ । स्पेनका केही चर्चित सञ्चार माध्यमका अनुसार रोनाल्डो १३७ करोडको आफ्नो प्राइभेट जेटबाट हरिलाई भेट्न बाराम्बार जान्छन् । यी दुई सातामा ३ र ४ पटकसम्म भेट्छन् । यो खुलासा एक चर्चित स्पेनिस पत्रकारले आफ्नो लाईभ टेलिभिजन शो मा गरेका हुन् । जर्न्लिस्ट डेनियल रिआलो फ्रेंचले आफ्नो चर्चित टेलिभिजन शो ‘…Touche pas a mon sport मा रोनाल्डो र हरिबीचको सम्बन्ध साथीभन्दा माथि रहेको खुलासा समेत गरेका छन् ।   \"ronaldo-and-hari-1\" ४ लाख अडियन्स रहेको यो शो मा उनले भने, ‘रोनाल्डो आफ्नो प्राइभेट जेटबाट सातामा ३ देखि ४  पटक मोरक्को जान्छन् । त्यहाँका किक बक्सर हरिसँग नितान्त प्राईभेट समय बिताउँछन् ।’ यतिमात्रै नभएर उनले रोनाल्डोले आफ्नो नाकको सर्जरीसमेत गराएको खुलाए । तीन पटकका बेलोन डीओर विजेता फुटबलर रोनाल्डो र हरिका केही प्राइभेट तस्वीरहरु पनि सामाजिक सञ्जालमा लिक भएका छन् । त्यसमध्ये एक तस्वीरमा ६.५ फिट अग्ला ति बक्सरले रोनाल्डोलाई आफ्नो हातमा उठाएको देख्न सकिन्छ । इन्स्ट्राग्राममार्फत सार्वजनिक भएको सो तस्वीरको क्याप्सनमा,Just married= Always there to pick you up, bro ’ लेखिएको छ । यस्तै अर्को एक तस्वीरको क्याप्सनमा ‘ध्भममष्लन‘ लेखिएको छ । छोटो समयका लागि प्रेमिकाहरुसँग रिलेशन हुने र तत्कालै छुट्ने गरेकाले पनि रोनाल्डोका विषयमा आशंका गर्ने गरिएको थियो । पोर्चुगिच मिडियाहरुलाई मान्ने हो भने रोनाल्डो आफ्ना एजेन्ट जर्जकी छोरी मारिसासँग अफेयरमा छन् । यो हट जोडीको केही तस्वीर सोशल मिडियामा सार्वजनिक नभएको पनि होइन । स्मरण रहोस्, जर्जले आफ्नी लङ्ग टाईम गर्लफ्रेण्ड सान्द्रासँग यसै साल विवाह गरेका थिए । विवाह पहिले नै उनीहरुको एक छोरा र एक छोरी थिए । यसअघि मारिसासँगको अफेयरका सम्बन्धमा सोधिएको प्रश्नमा रोनाल्डोले भनेका थिए, ‘कोही छ, जसले मेरो दिलमा राज गरिरहेको छ । म उसको नाम भन्न सक्दिनँ ।’ रोनाल्डो र उनकी प्रेमिका इरिना शायकबीच गत जनवरीमा ब्रेकअप भएको थियो । रोनाल्डोले अर्कै कुनै युवतीलाई प्राईभेट मेसेज गर्दै गरेको भेटेपछि यी दुई एकअर्काबाट टाढिएका थिए, भनिन्छ । तर यकिन कारण अहिलेसम्म सार्वजनिक भएको छैन । यिनीहरु सन २०१४ को डिसेम्बरयता सँगै देखिएका छैनन् । इरिनासँग ब्रेकअप भएपछि रोनाल्डोको नाम तीन युवतीसँग जोडिईसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies