Khabar Dabali ४ बैशाख २०८३ शुक्रबार | 17th April, 2026 Fri

चीनले मुस्ताङमा छ गुणा अनुदान बढायो

\"Mustang\"मुस्ताङ । चीन सरकारले हिमाली जिल्ला मुस्ताङलाई बर्सेनि दिँदै आएको अनुदानमा यसवर्षदेखि वृद्धि गरेको छ । नेपाली पक्षबाट हुने मागका आधारमा खाद्यान्न र निर्माण सामग्री अनुदानमा सहयोग गर्दै आएको चीनले भूकम्प र भारतीय नाकाबन्दीलाई दृष्टिगत गर्दै साविकको भन्दा छ गुणा अनुदान बढाएको जिविस, मुस्ताङका कार्यक्रम अधिकृत केदारसिंह थापाले बताए । चीनसँग सीमा जोडिएको उपल्लो मुस्ताङका लोमान्थाङ, छोसेर, छोण्हुप, सुर्खाङ, घमी र छुसाङ गाविसका सर्वसाधारणका लागि चीनले सात हजार ८०० बोरा सिमेन्ट, १५ हजार थान जस्तापाता, आठ हजार थान प्लाइउड, एक हजार २०० टन फलामको रड, २५ हजार केजी केराउ, २९ हजार भटमास उपलब्ध गराएको कार्यक्रम अधिकृत थापाले जानकारी दिए । चीन सरकारले यसअघि नै उपल्लो मुस्ताङको लोमान्थाङमा ७० किलोवाटको सोलार प्रणाली जडान गरिदिएको छ । त्यसबाट त्यहाँका २२१ घरधुरी प्रत्यक्ष रुपमा लाभाविन्त भएका छन् । अनुदानका क्रममा थप ५०० थान सोलार प्यानल पनि पठाएको जिविसले जनाएको छ । चीनले उपलब्ध गराउने सबै अनुदानका सामान छोसेरस्थित कोरला नाका हुँदै सिधै लोमान्थाङ भित्रिएको थियो । सिमानासम्म दुवैतर्फबाट सडकको पहुँच पुगिसकेकाले नाकाबाट सामान आर्यात–निर्यात गर्न सहज हुने बताइएको छ । उक्त नाकालाई दीर्घकालीन रुपमा प्रयोग गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने मुस्ताङवासीको माग छ । उपल्लो मुस्ताङसँग सीमा जोडिएको तिब्बतका ढोवासेन जिल्लाका अधिकारीले उपलब्ध गराएको सामान लोमान्थाङका गाविस सचिव झुमी विष्टले बुझेको कार्यक्रम अधिकृत थापाले जानकारी दिए । चीनले मुस्ताङसहित हुम्ला, गोर्खा, मुगु, रसुवा, दोलखा र सिन्धुपाल्चोक जिल्लामा पनि यसरी अनुदान सहयोग गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending