Khabar Dabali १५ पुष २०८२ मंगलवार | 30th December, 2025 Tue
Investment bank

एक वर्षमै फर्काइँदै ‘फोर्स कमान्डर’

काठमाडौं । संयुक्त राष्ट्रसंघले सबैजसो शान्ति मिसनमा नियुक्त भएका नेपाली फोर्स कमान्डरको म्याद दुई वर्ष थप गर्दै आए पनि यसपटक एक वर्षमै फिर्ता पठाउँदै छ । सिरियाको गोलानहाइटमा खटिएका फोर्स कमान्डर रथी पूर्णचन्द्र थापाको म्याद नथपिने भएको छ ।

नयाँपत्रिका दैनिकमा समाचार छ– राष्ट्रसंघले म्याद नथप्ने भएपछि थापा आगामी माघमा स्वदेश फिर्ता हुने भएका छन् ।

[caption id=\"attachment_46075\" align=\"alignleft\" width=\"542\"]\"force-commander\" फोर्स कमान्डर रथी पूर्णचन्द्र थापा[/caption]

सिरियास्थित ‘युनाइटेड नेसन्स डिसइन्गेजमेन्ट अब्जर्भर फोर्स (अनडोफ)का लागि संयुक्त राष्ट्रसंघले नयाँ कमान्डरका लागि ‘ग्लोबल भ्याकेन्सी’ मागेको छ । यसका लागि राष्ट्रसंघले प्रतिस्पर्धी उम्मेदवार पठाइदिन नेपाली सेनालाई पनि औपचारिक रूपमा आग्रह गरेको छ । कामको मूल्यांकन हेरेर राष्ट्रसंघले नेपाली कमान्डरको पदावधि तीन वर्षसम्म थप गरेकोमा यसपटक रथी थापाको पदावधि एक वर्षमै सीमित गरेको हो ।

सैनिक स्रोतका अनुसार रथी थापाको कार्यक्षमतामाथि विश्वस्त हुन नसक्दा राष्ट्रसंघले म्याद नथपेको हो । ‘फोर्स कमान्डर रहनुभएका रथी थापा फागुनमा स्वदेश फिर्ता हुनुहुन्छ, राष्ट्रसंघले नयाँ कमान्डरको भ्याकेन्सी आह्वान गरेको छ र उपयुक्त उम्मेदवार पठाउन आग्रहसहितको चिठी आएको छ,’ प्रधानसेनापति राजेन्द्र क्षत्री निकटस्थ स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अहिलेसम्म हाम्रो फोर्स र कमान्डरको कार्य राष्ट्रसंघको मूल्यांकनमा राम्रो थियो, यसपटक किन कमान्डरको म्याद थप नहुने भयो भन्नेबारेमा बुझ्दै छौँ ।’

थापा नेपाली सेनाका क्षमतावान् कमान्डर मानिन्छन् । राष्ट्रसंघमा महासचिव वान की मुनले नियुक्त गरेपछि थापाले २५ माघदेखि फोर्स कमान्डरको कार्यभार सम्हालेका थिए । उनको एक वर्ष २४ माघमा सकिँदै छ । थापालाई नेपाली सेनाले फिर्ता बोलाएको नभएर राष्ट्रसंघ आफैँले म्याद नथपेर स्वदेश पठाउन लागेको हो । उनी गत वर्ष उपरथी भएका वेला विश्वव्यापी प्रतिस्पर्धाका आधारमा फोर्स कमान्डर नियुक्त भएका थिए । केही महिनाअघि रथी नियुक्त भएका थापाले दसैँअघि काठमाडौं आउँदा दज्र्यानी चिह्न लगाएका थिए ।

सोही मिसनमा ०६१ मा फोर्स कमान्डर भएका पूर्वरथी बालानन्द शर्माको कार्यकाल राष्ट्रसंघले दुई वर्ष थपेको थियो । उनी ०६३ सम्म फोर्स कमान्डर रहेर स्वदेश फर्किएका थिए । फोर्स कमान्डरको एकवर्षे करार भए पनि उनको कार्यक्षमता मूल्यांकन गरेर राष्ट्रसंघले म्याद थप्ने गरेको शर्माले बताए । ‘सामान्यतया पहिलो वर्ष सन्तोषजनक काम भएन भने कमान्डरको म्याद थपिँदैन, सन्तोषजनक भयो भने दोस्रो वर्ष थपिन्छ,’ शर्माले नयाँ पत्रिकासँग भने, ‘अहिले के भएको छ, मेरो जानकारीमा छैन ।’

थापाअघि उक्त मिसनका फोर्स कमान्डर भारतीय सेनाका रथी इकबल सिंहको कार्यकाल एक वर्ष थपिएको थियो । २०१२ अगस्टदेखि सिंह फोर्स कमान्डर थिए भने त्यसपछि थापाले सम्हालेका हुन् । सैनिक प्रवक्ता सहायकरथी ताराबहादुर कार्कीले रथी थापाको कार्यकालका विषयमा राष्ट्रसंघ स्वयंले निर्णय गर्ने उल्लेख गर्दै त्यसबारे जानकारी नभएको प्रतिक्रिया थिए ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending