Khabar Dabali २१ मंसिर २०८२ शनिबार | 6th December, 2025 Sat
Investment bank

साउदीमा नयाँ श्रम नीति, नेपाली कामदार लाभान्वित हुने

\"Sudiसाउदी अरबमा कार्यरत कामदारका लागि साउदी सरकारले श्रम संरक्षण योजनाअन्र्तगत तलबसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गरेको छ ।

साउदी अरबको श्रम मन्त्रालयले तीन हजार ५९५ निजी कम्पनीमा कार्यरत झण्डै चार लाख पाँच हजार ५९० कामदारको तलब सुनिश्चततालाई लक्षित गरी सो व्यवस्था सार्वजनिक गरेको हो । यो योजना सार्वजनिक गरिएसँगै साउदी अरबमा रोजगारीका लागि आएका झण्डै छ लाख नेपाली कामदार लाभान्वित हुने आशा गरिएको छ । तलब पाउन नसकेका र सम्झौता अवधि सकिएर पनि स्वदेश फर्किन नपाएका नेपाली कामदारका लागि यो व्यवस्थाले राहत पुग्ने विश्वास लिइएको छ । निजी कम्पनीमा कार्यरत कामदारले निश्चित समयमै तलब पाउने गरी ल्याइएको यो व्यवस्था लागू गर्न सरकार प्रतिबद्ध रहेको साउदीका श्रम निरीक्षण तथा वातावरण विकास मन्त्री अब्दुल्लाह अबुले बताए । सार्वजनिक गरिएको नयाँ व्यवस्थाअनुसार सबै निजी कम्पनीले आफ्ना कामदारलाई समयमै तलव भुक्तान गर्नुपर्ने अरब न्यूजमा प्रकाशित समाचारमा उल्लेख गरीएको छ । यो व्यवस्थाले रोजगारदाता कम्पनी र कामदारका बीचमा देखिएको समस्या समाधान गर्ने विश्वास लिइएको छ । यो व्यवस्थाको उल्लङ्घन गर्ने कम्पनीलाई प्रतिकामदारका आधारमा तीन हजार साउदी रियल जरिवाना गरिने बताइएको छ । नयाँ नियमअनुसार कामदारलाई निरन्तर तीन महिनासम्म तलबभत्ता उपलब्ध नगराएको खण्डमा कम्पनी बन्दसमेत गरिनेछ र उक्त कम्पनीमा कार्यरत कामदारले स्वतः अन्य कम्पनीमा काम गर्न पाउनेछन् । यो व्यवस्था दुई महिनापछि सबै निजी कम्पनीमा लागू हुने भएकाले आफ्नो कम्पनीमा कार्यरत कामदारको विवरण पठाउन मन्त्रालयले आग्रह गरेको छ । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending