Khabar Dabali १४ पुष २०८२ सोमबार | 29th December, 2025 Mon
Investment bank

पासाङले हारे एमाओवादीले सरकार त्याग्ने

\"pasang1\"काठमाडाैं । एमाओवादीले एमालेका केही नेताले चाहे जसरी उपराष्ट्रपतिमा नन्दबहादुर पुन \'पासाङ\' को सट्टा अर्को उम्मेदवार दिन नसक्ने बरु पुन पराजित भएमा सरकार नै छाड्ने निष्कर्ष निकालेको छ। अाजकाे अन्नपूर्ण पाेष्ट दैनिकमा खबर छ–एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले उपराष्ट्रपतिमा पुनको सट्टा साना दलका तर्फबाट मधेसी वा थारूको प्रतिनिधित्व हुनेगरी उम्मेदवारी दिनुपर्ने धारणा राखेपछि एमाओवादी स्थायी समितिले यस्तो अडान राखेको हो।शुक्रबार बिहान बसेको स्थायी समिति बैठकले यस्तो निष्कर्ष निकालेपछि बसेको उच्चस्तरीय राजनीतिक समितिको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले उपराष्ट्रपतिमा पुनको विकल्प दिन नसक्ने जानकारी गराएका थिए। (उपराष्ट्रपतिमा पुन र यादवबीच प्रतिस्पर्धा) शनिबार बिहान ११ बजेदेखि २ बजेसम्म हुने उपराष्ट्रपति निर्वाचनमा सत्ता गठबन्धनका तर्फबाट पुन र प्रतिपक्षी दल कांग्रेसका तर्फबाट अमियकुमार यादव प्रतिस्पर्धी छन्।एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बिहीबार र शुक्रबार बिहान बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत पुनको सट्टा अर्को उम्मेदवार दिनुपर्ने धारणा राखेको स्रोतले बतायो। एमाले नेतृत्व उपराष्ट्रपति मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, नेकपा संयुक्तलगायतका साना पार्टीलाई दिनुपर्ने पक्षमा छ।एमाओवादी स्थायी समितिका सदस्य एवं सार्वजनिक लेखा समितिका सभापति जनार्दन शर्माले उपराष्ट्रपति थारू वा मधेसी हुनु राम्रो भएको तर त्यसको प्रारम्भ राष्ट्रपतिको उम्मेदवारी चयनबाटै हुनुपर्ने बताए। उनले अन्नपूर्णसँग भने, \'उपराष्ट्रपति पदमा पासाङ निर्वाचित नभएमा पार्टीका तर्फबाट मन्त्री भएका आठैजनाबाट एकसाथ सत्ता परित्याग हुनेछ।\' उनले पुन जनमुक्तिसेनाको कमान्डर मात्र नभई शान्तिप्रक्रियाको पनि कमान्डर हो भन्ने इतिहासलाई सम्मान गर्न सक्नुपर्ने बताए। अन्यथा परिणाम गम्भीर हुने उनको भनाइ थियो। एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले भने, ‘स्थायी समितिले पासाङ आफ्नो उम्मेदवार रहेको जानकारी बिहान बसेको उच्चस्तरीय राजनीतिक समितिमा समेत गराइसकेको छ। सोहीअनुसार सत्ता गठबन्धनबाट उपराष्ट्रपति पदमा उहाँको उम्मेदवारी परिसकेको छ। पुनको विकल्प नभएकाले उनका पक्षमा मतदान गर्न सबै दललाई एमाओवादीले आग्रह गरेको पनि उनले बताए। एमाओवादी अध्यक्ष दाहालको निवास लाजिम्पाटमा बसेको बैठकमा दाहालले नै पासाङलाई हराएमा वा उनको विकल्प खोज्न एमालेले अडान लिएमा सरकारबाट फिर्ता हुने बताएका थिए। एमाओवादीले एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई प्रस्तावक राखेर पुनको उम्मेदवारी दर्ता गराएको छ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending