Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

यसतो छ चीनबाट तेल ल्याउन समझदारी

\"petro-china-660x330\"काठमाडौं । पेट्रोलियममा भारतसागको ४५ वर्षभन्दा लामो निर्भरतालाई तोड्दै नेपालले चीनसाग सम्झौता गरेर वैकल्पिक बाटो निश्चित गरेको छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ–चीनका लागि नेपाली राजदूत महेश मास्केको नेतृत्वमा बेइजिङमा सक्रिय टोलीले चीनको विदेश मन्त्रालयका अधिकारी, वाणिज्य मन्त्रालयका अधिकारीहरूसाग दुई दिनको छलफलपछि समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर गरेको हो । पत्रमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का तथा पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका छन् । पेट्रो चाइना चाइनिज तेल कम्पनीहरूको छाता संगठन हो ।   अहिलेको समझदारी सैद्धान्तिक मात्रै अहिले सैद्धान्तिक समझदारीपत्रमा मात्र हस्ताक्षर भएको छ । समझदारीमा हस्ताक्षरलगत्तै बेइजिङमा प्रतिक्रिया दिादै नेपाल आयल निगमका निमित्त नायब कार्यकारी निर्देशक सुशील भट्टराईले यो सम्झौताले भारतको एकाधिकार तोडेको र चीनबाट पेट्रोलियम पदार्थ नेपाल ल्याउने बाटो खुलेको प्रतिक्रिया दिए । तर, व्यावहारिक सम्झौता भने हुन बााकी छ । नेपालको आवश्यकता र यातायातको अवस्था हेरेर पेट्रोल खरिदको सम्झौता भने पछि हुने भएको छ । अहिले भएको समझदारीपत्रमा तत्कालीन संकटकालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने तथा दीर्घकालीन कार्ययोजना पनि अगाडि बढाउने उल्लेख छ । समझदारीपत्रमा नेपाली ट्यांकरहरूलाई चीन प्रवेश गर्न दिने र चीनका ट्यांकर नेपाल प्रवेश गर्न दिने प्रावधान छ ।   नेपालको दु:खमा चीन संवेदनशील ‘हामीले कहिल्यै उत्तरतिरको विकल्पबारे सोचेनौा । तर, यसपटक आपत परेपछि आाखा खुले, त्यसैले यहाा आयौा । आज भएको हस्ताक्षर हाम्रो लागि ठूलो कदम हो,’ निगमका निमित्त नायब कार्यकारी निर्देशक भट्टराईले नयाा पत्रिकासाग भने । उनले प्राविधिक समस्या के–के छन् तीबारे छलफल गर्ने र दीर्घकालीन रूपमा सम्बोधन हुने गरी अगाडि बढ्ने बताए । ‘उच्चस्तरीय तहमा छलफल भएको छ । नेपाललाई दु:ख परेको विषयमा चिनियाा पक्ष असाध्यै संवेदनशील भएको पायौा । के गर्न सक्छौा हामी सहयोग गर्छौा भनेका छन्,’ सम्झौतापछि उनले भने ।    चीनको चासो : स्थायी कि अस्थायी ? चिनियाा पक्षले नेपाली पक्षसाग संकट परेको समयमा मात्र सम्झिएको हो कि भनेर आशंका व्यक्त गरेको थियो । नेपालले दीर्घकालीन सम्बन्ध कायम गर्न चाहे–नचाहेकोबारे चिनियाा पक्ष विश्वस्त हुन चाहेको छ । यो नेपालका लागि परीक्षाको घडी हो । चीनले सप्लाई गर्ने तेल युरो–४ गुणस्तरको हो । हाल नेपालले भारतबाट युरो–३ स्तरको तेल ल्याइरहेको छ ।   अनुदानको तेल तत्काल थोरै मात्र चीनले अनुदानमा दिएको तेल नेपाल लैजानेसम्बन्धी अर्काे सम्झौतामा पनि बुधबार नै हस्ताक्षर भएको छ । अनुदानमा दिएको तेल सुरुमा सय मेट्रिक टन पठाउने र बााकी नौ सय मेट्रिक टन पछि पठाउने सहमति पनि भएको छ । पछि किनेर ल्याउने तेल पनि भारतबाट आउने मूल्यमा उपलब्ध गराउन नेपालले चीनसाग आग्रह गरेको छ ।   आवश्यकताको एकतिहाइ मात्र माग नेपाली पक्षले कुल बजार मागको एकतिहाइ मात्र आपूर्ति गर्न चीनसाग प्रस्ताव गरेको छ । ‘हामीले धेरै कुरा राखेका छौा । नेपालमा कति खपत हुन्छ, कुन प्रडक्ट कति चाहिन्छ भनी जानकारी गराएका छौा । तर, अहिले चीन पक्षसाग नेपालमा हुने जम्मा खपतको एकतिहाइ सप्लाई गर्न आग्रह गरेका छौा,’ भट्टराईले भने, ‘सम्झौता गर्नेबित्तिकै फ्याट्ट हुन्छ भन्ने छैन, अहिलेलाई बाटो खुलेको छ त्यही ठूलो उपलब्धि हो ।’   भौतिक संरचना बनाउन आग्रह अनुदानको तेल काठमाडौंमा पुर्‍याउादा कस्तो अवस्था रहन्छ । त्यसपछि नियमित आपूर्तिबारे थप सम्झौता हुनेछ । टोली काठमाडौं फर्किएपछि पनि पेट्रो चाइनासाग थप छलफल हुने भएको छ । दीर्घकालीन रूपमा व्यापारलाई सहज बनाउन चीनसाग भौतिक संरचना बनाउन पनि नेपाली पक्षले आग्रह गरेको छ । ‘चिनियाा पक्ष सहयोग गर्न तयार छ, अब नेपालले कति लिन सक्छ त्यसमा भर पर्छ ,’ भट्टराईले भने । ल्हासासम्म पाइपबाट पेट्रोल जान्छ भने थप पूर्वाधार बनाउन पनि नेपाली पक्षले चीनसाग आग्रह गरेको छ ।   नेपाली टोली ल्हासातर्फ नेपाली टोली बिहीबार बिहान बेइजिङबाट ल्हासातर्फ जाादै छ । सडक पूर्वाधारको अवलोकन गरेर टोलीले अन्य आवश्यकताबारे जानकारी लिनेछ । नेपाली टोलीमा वाणिज्य सहसचिव शम्भुप्रसाद घिमिरे, परराष्ट्रका सहसचिव भविन्द्र अर्याल, अर्थका सहसचिव मधुकुमार मरासिनी, आयल नियममा प्रबन्ध निर्देशक गोपालबहादुर खड्का, नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी छन् ।   कस्तो छ नेपाललाई तेल दिने चिनियाँ कम्पनी ?
  • चाइना नेसनल पेट्रोलियम कर्पाेरेसन (सिएनपिसी)सँग ग्यास उत्पादन र वितरण गर्न ५० हजार आठ सय ३६ किलोमिटर लामो ग्यास पाइपलाइन छ । उसले कच्चा तेलको पाइपलाइन १८ हजार एक सय ३२ किलोमिटर बिछ्याएको छ । पेट्रोलियम पाइपलाइन १० हजार ८६ किलोमिटर छ ।
  • सिएनपिसीले वार्षिक रूपमा एक सय ५० मिलियन टन कच्चा पदार्थ प्रशोधन गर्छ भने पाँच मिलियन टन इथालिन उत्पादन गर्छ । उसले पाइपलाइन र इन्धन भण्डारणगृह निर्माणमा दख्खल राख्छ ।
  • चीनमा खपत हुनेमध्ये ४० प्रतिशत इन्धन सिएनपिसीले उत्पादन गर्छ । यसमा मुख्य गरी ग्यास, डिजेल, मट्टीतेल, पेट्रोल, लुब्रिकेन्टलगायत पर्छन् । सिएनपिसीसँग वार्षिक १० मिलियन टनका दरले कच्चा पदार्थ प्रशोधन गर्ने रिफाइनरी मात्रै चारवटा छन् ।
  • सन् २०१४ मा सिएनपिसीले ११७.०२ मिलियन टन प्रशोधित तेल बिक्री गरेको थियो । सिएनपिसीले दैनिक २० मिलियन उपभोक्तालाई सेवा बेचिरहेको दाबी गरेको छ । सिएनपिसीले सुडान, काजकिस्तान, अल्जेरिया, बेलायत, फ्रान्सलगायत देशमा संयुक्त रिफाइनरी नै सञ्चालन गरिरहेको छ ।
  • सिएनपिसीले कच्चा तेल, प्रशोधित तेल, प्राकृतिक ग्यासको बिक्रीबाट धेरै लाभ लिइरहेको छ । सिएनपिसीले पेट्रो चाइना इन्टरनेसनल कम्पनीमार्फत अन्तर्राष्ट्रिय व्यापार गर्दै आएको छ । नेपालले पनि पेट्रो चाइनाबाट इन्धन ल्याउने हो । पेट्रो चाइनाले नेपालबाहेक ८० भन्दा बढी मुलुकमा एजेन्सी परिचालन गरी करिब सय प्रकारका प्रशोधित तेल र रासायनिक पदार्थको कारोबार गर्दै आएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending