Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

विद्या भण्डारी : कांग्रेस परिवारकी एक्ली कम्युनिस्ट

\"cadinates\" काठमाडाैं । पञ्चायतकालमा गुराँसे र बहुदल आएपछि आम्बोटे भनिने ठाउँमा जन्मिएकी हुन् विद्या भण्डारी । यो भोजपुरको दक्षिणी मानेभन्ज्याङ गाविस– २ मा पर्छ । आफ्नै बाजेले गाउँमा खोलेको विद्यालयमा पढेकी विद्याले ७ कक्षा पढ्न सुरु गरेसँगै राजनीति सुरु गरेकी थिइन् । उनको घरमा राजनीतिक वातावरण थियो । उनका बाजे गाउँका प्रधानपञ्च थिए । बडाबाउ कृष्णमोहन पाण्डे बैकुण्ठे गाविसको प्रधानपञ्च भएका थिए । चार काकामध्ये खगेन्द्र पाण्डे मानेभन्ज्याङ गाविसका प्रधानपञ्च, योगेन्द्र पाण्डे जिविस सदस्य, जगिन्द्र पाण्डे तत्कालीन कांग्रेस नेता कृष्णप्रसाद भट्टराईका पिए र राजेन्द्र पाण्डे नेविसंघको जिल्ला अध्यक्ष भए । घरमा राजनीतिक माहोल रहे पनि खगेन्द्रबाहेक सबै काका–बडाबाउ कांग्रेसी राजनीतिमा थिए । काका खगेन्द्र र उनले मात्र त्यस घरबाट वामपन्थी राजनीति गरेका थिए । उनका बाबु कुलुङ गाविसस्थित वीरेन्द्र हाई स्कुलका प्रधानाध्यापक थिए । उनका बाबुले त्रिचन्द्र कलेजबाट स्नातक गरेका थिए । बाबुको निधन र राजनीति बाबु रामबहादुर पाण्डे र आमा मिथिला पाण्डेकी जेठी छोरी हुन् विद्या । उनको जन्म ५ असार ०१८ मा भएको हो । उनी ९–१० वर्षकी हुँदा बाबुको निधन भएको थियो । त्यसवेला उनी ४ कक्षामा पढ्थिन् । बाबुको निधन भएपछि उनी तराईतिर काकाको घरमा गएर एक वर्ष पढेर फेरि गाउँकै निम्न माध्यमिक विद्यालयमा भर्ना भइन् । गाउँमा ७ कक्षासम्म पढेपछि सदरमुकाममा रहेको विद्योदय हाई स्कुलमा भर्ना भएकी उनले त्यही स्कुलबाट एसएलसी पास गरिन् । ०२८ तिर झापा आन्दोलनको खुब चर्चा थियो । त्यसैताका उनका काका खगेन्द्र पनि कम्युनिस्ट थिए । उनैले चिनियाँ क्रान्ति, माओत्से तुङको जनवादी क्रान्ति, कम्युनिस्टहरूले कसरी देश विकास गर्छन् र जनताले सुख पाउँछन् भन्ने कुरा बताएपछि उनी कम्युनिस्ट पार्टीमा लागेकी हुन् । ०३३ तिर पूर्वमा क्रियाशील ‘पूर्वको रातो झन्डा’ समूहका साथीहरूसँग उनको सम्पर्क स्थापित भयो, जसले उनलाई खाँटी कम्युनिस्ट हुन सघायो । एसएलसीपछि क्याम्पस पढ्न सुरु गर्दा ०३५ मा नेकपा मालेको स्थापना भयो । नेपालमा नयाँ क्रान्तिकारी पार्टी स्थापना भएको भन्दै छापिएको पर्चा उनले भोजपुरभरि छरेकी थिइन् । त्यसवेला थोरै महिला मात्र राजनीतिमा थिए । उनीसँगै राजनीति गर्नेहरू अहिले धेरैजसो निष्क्रिय छन् । परिवारका बाजेदेखि काका–बडाबाउ सबैले राजनीति गरे पनि उनको आफ्ना दाजुभाइ कसैले राजनीति गरेनन् । उनका दाजु तेजेन्द्र, टेकेन्द्र र भाइ डेगेन्द्र हाल अमेरिकामा बस्छन् । उनकी बहिनी पनि बाबुको निधनपछि विवाह नगरी आमाको साथमा मोरङको बाहुनीमा बस्दै आएकी छन् । कमरेड सागरसँग भेट राजनीतिक यात्राकै क्रममा मदन भण्डारीसँग उनको पहिलो भेट ०३६ मा भएको थियो । मदन भण्डारीले आफ्नो परिचय कमरेड सागर नामबाट दिएका थिए । उनलाई सागर नै मदन भण्डारी हो भन्ने थाहा थिएन । कार्यकर्ता प्रशिक्षण दिन मदन भण्डारी सागर बनेर भोजपुर आएका थिए । पछि बिस्तारै सम्बन्ध बढ्दै गयो । उनी र मदन भण्डारीबीच भोजपुरमा करिब दुईपटक मात्र भेट भएको थियो । तेस्रो भेट विराटनगरमा भएको थियो । उनीहरूबीच सम्बन्ध बढाउने काम भने हाल संघीय समाजवादी फोरमका वरिष्ठ नेता रहेका अशोक राईले गरेका थिए । उनले खाना खाने ठाउँ एकै स्थानमा बनाइदिनेदेखि बसमा यात्रा गर्दा पनि एकै स्थानमा सिट मिलाइदिने गर्थे । उनले मदनलाई विद्या भण्डारीबारे सबै भनेका थिए । अशोक राईलाई विद्या भण्डारी र उनको परिवारबारे राम्रो जानकारी थियो । मदन र विद्याबीच सम्बन्ध विस्तारदेखि विवाह गराउनसम्म अशोक राईको मुख्य भूमिका थियो । घरसँग सम्बन्धविच्छेद र विवाह उनी राजनीतिमा लागेको थाहा नपाउँदासम्म उनको घरपरिवारसँग सम्बन्ध राम्रो थियो । तर, अनेरास्ववियुको पाँचौँ राष्ट्रिय सम्मेलनमा सहभागी हुन काठमाडौं गएपछि भने घरका सबैले थाहा पाए । त्यो सम्मेलनमा उनी कलेजबाट प्रतिनिधि बनेकी थिइन् । घरमा थाहै नदिई सम्मेलनमा गएपछि उनका काका खगेन्द्र खोज्नलाई धरानसम्म पुगेका थिए । सम्मेलन सकाएर फर्केपछि भने परिवारसँगको सम्बन्ध चिसिँदै गयो । उनलाई विवाह गर्न दबाब बढ्न थाल्यो । त्यसैवेला पार्टीले पनि मदन भण्डारीसँग विवाह गर्ने प्रस्ताव ल्यायो । सुरुमा विवाह नगर्ने सोचमा रहेकी विद्या पार्टीले पटक–पटक कुरा उठाएपछि भने सोच्न बाध्य भइन्् । विवाहको कुरा चलेको दुई वर्षपछि पार्टीमा निवेदन दिइन् । पार्टीले सहमति दिएपछि ०३९ साउन २४ गते पार्टीकै व्यवस्थापनमा मदन भण्डारीसँग उनको विवाह भयो । उनी एक्लैको निर्णयमा विवाह भएको थियो । विवाहमा उनका माइती पक्षका कोही पनि सामेल थिएनन् । उनको आमासँगको भेट पनि ठूली छोरीको जन्म भएपछि मात्र भएको थियो । विवाहपछि उनी विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्नातक अध्ययन गर्न भर्ना भइन् । सोही वर्ष उनले स्ववियु निर्वाचनमा कोषाध्यक्ष पदमा चुनाव जितिन् । काठमाडौं यात्रा र मदनको दुर्घटना विवाह गरेको करिब सात वर्षपछि ०४७ मा उनीहरू काठमाडौं छिरे । काठमाडौंमा राम्रोसँग स्थापित हुन नपाउँदै ०५० जेठ ३ गते दासढुंगामा जिप दुर्घटनामा परी मदन भण्डारी र जीवराज आश्रितको निधन भयो । त्यसपछि उनलाई घरपरिवार चलाउन निकै कठिन भयो । विवाहपछि भूमिगतकालमा मदन र विद्या लामो समय छुट्टिएर बसेका थिए । बहुदल आएपछि पनि लामो समय सँगै जीवन व्यतीत गर्न नियतिले दिएन । राजनीतिक यात्रा र अनुभव ०३५/३६ देखि प्रगतिशील विद्यार्थी आन्दोलनमा क्रियाशील उनले ०३७ देखि तत्कालीन नेकपा (माले) मा संगठित हुँदै लोकतन्त्र र सामाजिक न्याय प्राप्तिको आन्दोलनमा सशक्त भूमिका खेल्दै आएकी छन् । ०५० माघमा सम्पन्न उपनिर्वाचनमा काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्यमा अत्यधिक मतका साथ उनी विजयी भएकी थिइन् । ०५१ मा सम्पन्न मध्यावधि निर्वाचन र ०५६ मा सम्पन्न तेस्रो प्रतिनिधिसभा निर्वाचनमा समेत काठमाडौं–२ बाट निर्वाचित हुँदै उनले विधि निर्माणमा क्रियाशील भूमिका खेल्दै आएकी छिन् । पछिल्लोपटक रक्षा मन्त्रालय कुशलतापूर्वक सम्हालेर उनी पहिलो महिला मन्त्रीका रूपमा स्थापित छिन् । ०५४ मा सम्पन्न पार्टीको छैटौँ महाधिवेशनबाट केन्द्रीय सदस्यका रूपमा पार्टीको नेतृत्वदायी भूमिकामा स्थापित भएकी उनी आठौँ र नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । राष्ट्रपतिमा जित्नुहुन्छ : भाइ आशिष पाण्डे दिदीको त्याग र निरन्तर राजनीतिमा लगावकै कारण उहाँ नेपालको गरिमामय राष्ट्रपतिजस्तो पदमा उठ्नुभएको छ । यो हाम्रो परिवारका लागि खुसीको कुरा हो । पार्टीले पनि उहाँलाई सम्मान गरेर गरिमामय पदमा उठाएको छ । हामीलाई विश्वास छ, उहाँले जित्नुहुन्छ । उहाँ महिला भएर पनि राष्ट्रपतिमा उठ्नु भनेको चानचुने कुरा होइन । उहाँ एकल महिला पनि हो । उहाँप्रति देशले गर्व गर्नुपर्छ । उहाँलाई दलहरूले जिताउनुपर्छ । हामी उहाँलाई देशको पहिलो महिला राष्ट्रपति भएको देख्न चाहन्छौँ । उहाँले जित्नु भनेको आममहिलाको जित हो । हामी उहाँले जितेको समाचार सुन्न एकदमै आतुर छौँ । अाजकाे नयाँ पत्रिकाबाट साभार ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending