Khabar Dabali १३ पुष २०८२ आईतवार | 28th December, 2025 Sun
Investment bank

हार्ने चुनाव किन लड्दै छ कांग्रेस ?

\"congressकाठमाडाैं । प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीमा जस्तै राष्ट्रपति पदमा पनि अन्तिम दिन मात्र नाम तय गरी उम्मेदवारी दर्ता गराएको छ । मंगलबार बिहान बसेको पदाधिकारी बैठकले नाम प्रस्ताव गरेपछि केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रपतिमा कुलबहादुर गुरुङ र उपराष्ट्रपतिमा अमियकुमार यादवलाई उठाउने निर्णय गरेको थियो ।
अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ– प्रधानमन्त्री चुनावका वेला कांग्रेसको उम्मेदवारको पक्षमा तराई मधेसमा आन्दोलनरत मधेसी दलले मतदान गरेका थिए । तर, अहिले कांग्रेसको पक्षमा कुनै पनि दल खुलेका छैनन् । आफ्नै दुई सय सात सिटबाहेक कांग्रेसको पक्षमा अखण्ड नेपाल पार्टीका एक सांसदले मात्र भोट हाल्ने घोषणा गरेका छन् । मधेसवादी दलहरूले राष्ट्रपतिको निर्वाचन बहिष्कारको घोषणा गरेका छन् ।
संवादमा सुस्त कांग्रेस
प्रधानमन्त्रीको निर्वाचनपछि सभामुख र उपसभामुखमा कांग्रेसले उम्मेवदारी नदिई सत्तारुढ दलको उम्मेदवारलाई समर्थन गरे पनि राष्ट्रपतिका लागि आफ्नो पक्षमा प्रभावकारी माहोल बनाउन सकेको छैन । ‘प्रधानमन्त्रीमा जस्तै राष्ट्रपतिमा पनि उम्मेदवारीका लागि हाम्रो तयारी पुगेन,’ कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले नयाँ पत्रिकासँग भने, ‘पार्टी सभापति भएदेखि नै उहाँमा काम गर्ने सुस्त प्रक्रिया छ । केन्द्रीय समिति, संसदीय दल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, प्रधानमन्त्री र राष्ट्रपतिको चुनावमा पनि त्यही देखियो ।’
एमाले र एमाओवादीका नेताले सहमतिका लागि विगतका कमजोरी स्विकारे राष्ट्रपति कांग्रेसलाई दिन सकिने अभिव्यक्ति दिए पनि कांग्रेसले त्यसलाई ‘सिरियस्ली’ लिएन । एमाले उपाध्यक्ष भीम रावलले कांग्रेसका कारण सहमतिको अवस्था बिग्रिएको आरोप लगाए ।
‘कुरा त प्रधानमन्त्रीको निर्वाचनदेखि नै बिग्रियो, तर पनि संयुक्त सरकारमा आउने र सरकारलाई स्थायित्व दिँदै संविधान कार्यान्वयन गर्न मिलेर जाने कुरामा कांग्रेस सकारात्मक भएको भए राष्ट्रपतिको विषयमा सोच्न सक्छौँ भनेका थियौँ,’ रावलले भने, ‘तर, कांग्रेस यसो गर्न सकारात्मक नभएपछि हामीले उम्मेदवारी दिएर अघि बढ्नुपर्ने भयो ।’ तर, कांग्रेसका नेताहरू आफूले गल्ती नगरेको दाबी गर्छन् । ‘हामीले गल्ती गरेकै छैनौँ, गर्दा पनि गर्दैनौँ । हामी सिद्धान्त र निष्ठाका लागि लडेका हौँ,’ कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले नयाँ पत्रिकासित भने, ‘आफ्नो गल्ती स्वीकार गर भन्ने दलले आफ्नो पनि अनुहार पहिले ऐनामा हेर्नुपर्छ अनि अरूलाई भन्नुपर्छ ।’
राष्ट्रपतिमा उम्मेदवारी दिने पहिलेदेखिकै तयारी रहेको भन्दै उनले प्रमुख प्रतिपक्षी दलका रूपमा जित वा हार जे भए पनि उम्मेदवारी दिनैपर्ने बताए । ‘नीतिगत तयारी पहिलेदेखि हो । चुनाव लड्ने पहिलेदेखि भनेका हौँ,’ ढुंगानाले भने, ‘प्रजातन्त्रमा विश्वास गर्ने हामीले आफ्नो धर्म निभाएका हौँ । प्रतिपक्षमा भएपछि यति गर्नैपर्छ ।’
कांग्रेसका अर्का केन्द्रीय सदस्य प्रदीप पौडेल एमालेले भनेको जस्तो आफ्नो पार्टीले गल्ती नगरेको र आत्मालोचना गर्ने प्रक्रिया पनि नभएको बताउँछन् । ‘ठूलो दल हो कांग्रेस । प्रधानमन्त्रीको चुनावपछि सभामुखमा उम्मेदवारी नदिएर कांग्रेसले सहमतिको राजनीति गरौँ भनेकै हो,’ पौडेलले भने, ‘तर, सहमति सत्तारुढ घटकले चाहेको देखिएन, हाम्रो सदासयताको अर्थ रहेन ।’ ढिलो उम्मेदवारी पर्दा एमालेले भन्ने कुरा स्वाभाविक भएको उनले बताए । प्रधानमन्त्रीको निर्वाचनमा कुरा बिग्रिएपछि राष्ट्रपतिसम्म आइपुग्दा बाटो झन् बिग्रिएको उनको भनाइ छ ।
एमाओवादीले सहयोग गर्ने विश्वास
कांग्रेसले आफ्नो उम्मेदवारलाई अन्तिम समयमा एमाओवादीले सहयोग गर्ने अपेक्षा गरेको छ । ‘प्रचण्डजीले संविधान संशोधन, यसको कार्यान्वयन, भूकम्पछिको पुनर्निर्माणमा मिलेर जानुपर्ने बताउँदै आउनुभएको छ,’ कांग्रेसका एक नेता भन्छन्, ‘त्यसैले सहमतिको राजनीतिलाई अघि बढाउन पनि एमाओवादीले राष्ट्रपतिमा सहयोग गर्छ भन्ने लागेको छ ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending