Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

नेप्से नौ अङ्कले घट्यो

\"nepse\"काठमाडौं  । गत साता ओरालो लागेको नेप्से परिसूचकले यो साता पनि निरन्तरता पाएको छ । निरन्तरको बन्द हड्ताल र राजनीतिक अस्थिरतका कारण पूँजी बजारमा नकारात्मक असर परेको हो । गत साता पहिलो दिनको तुलनामा २१।४२ अङ्कले घटेको थियो । यो साता पनि नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९।४१ अङ्कले घटेर अन्तिम दिन ११३४।४७ अङ्कमा पुगेको छ । यस साता नेपाल स्टक एक्सचेन्जमा १५२ कम्पनीको चार हजार ७५४ कारोबारबाट रु एक अर्ब १८ करोड ५४ लाख १८ हजार बराबरका २१ लाख ७९ हजार २६० कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ४४।५९ प्रतिशत कम हो । गत साता १५५ कम्पनीको १० हजार ५७३ कारोबारबाट दुई अर्ब रु १३ करोड ९७ लाख ५१ हजार बराबरका ३७ लाख ६५ हजार २८० कित्ता सेयर खरिद बिक्री भएका थिए । त्यसैगरी वाणिज्य बैंक समूहको परिसूचकमा १२।११, विकास बैंकमा ८।७८, वित्तमा ०।१३, होटलको १०।३९, बिमा समुहको ६२।३२, उत्पादनमुलक समुहको ३१।७ अङ्कले कमी आएको छ भने व्यापार समूहमा कुनै परिवर्तन आएको छैन । उता जलविद्युत् कम्पनी १३।८९ अङ्कले र अन्य समूहको परिसूचकमा ७।०५ अङ्कले सुधार आएको नेप्सेले उल्लेख गरेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा १।९६ अङ्कले घटेर २४५।५७ अङ्कमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर सङ्ख्याको आधारमा बुटवल पावर कम्पनी अग्रस्थानमा छ । त्यसैगरी कारोबार सङ्ख्याको आधारमा कृषि विकास बैंक अग्रस्थानमा रहेको छ । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि तीन दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यो साता फेवा विकास बैंकको पाँच लाख ९४ हजार ५९४ र ज्योति विकास बैंकको पाँच लाख ५४ हजार २६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् भने स्वरोजगार लघुवित्त विकास बैंक दुई लाख हकप्रद सेयर सूचीकृत भएको छ । त्यसैगरी आइएलएफसीओ माइक्रोफाइनान्स एक लाख, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको दुई लाख र किसान माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख साधारण सूचीकृत भएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending