Khabar Dabali १२ पुष २०८२ शनिबार | 27th December, 2025 Sat
Investment bank

केपी अाेलीकाे जिउमा सेताे सर्प !

\"olibabu\"काठमाडाैं । एमाले अध्यक्ष केपी शर्मा ओली ओली मुलुकको ३८ औं प्रधानमन्त्रीमा चयन भएका छन् । तेह्रथुमको इवादेखि सिंहदरबारसम्म उनको राजनीति कसरी सम्भव भयो ?  बाबु मोहनप्रसाद ओलीले छोरा केपी ओलीको जिउमा सेतो सर्प बसेको र ठूलै मान्छे हुन्छ भन्ने बारेको रोचक कथा यसरी सुनाए : छोरो केपी प्रधानमन्त्री हुने भएपछि म आज झापाबाट आएँ । ऊ प्रधानमन्त्री बन्छ भन्ने मलाई पहिल्यै थाहा थियो । उसको चिना मैले राखेको थिएँ । कहिलेकाहीं हेर्थें । फागुनदेखि ग्रह राम्रो आयो । शनि बस्ने ठाउँमा वृहस्पति गयो । मंगल बस्ने ठाउँमा सूर्य पुग्यो । मंगललाई सूर्यले च्याप्पै समायो । वृहस्पतिले शनिलाई समायो । ग्रह घुमेर फागुनदेखि सूर्य र वृहस्पति आयो । त्यसपछि राम्रो भयो । यस्तो राम्रो ग्रह तीन वर्षसम्म छ ।   अब सरकार पनि राम्रो हुन्छ । देशको वातावरण पनि अर्कै हुन्छ । छोरा प्रधानमन्त्री हुँदा खुसी छु । छोरा प्रधानमन्त्री हुने देखेर मलाई खबर गर्न भनेको थिएँ । हिजो काठमाडौंबाट फोन गरेर बोलायो ।   ऊ सानै छँदादेखि राजा समानको हुन्छ भन्ने थियो । जन्मेको चार महिनामा कोक्रोमा सुताएर आमा पानी लिन गएकी रहिछ । फर्कंदा त खुट्टादेखि टाउकोसम्मको लामो सेतो सर्प बसेको रहेछ । आमा पानी लिएर आउँदा छोराको शरीरभरि सर्प देखेर आत्तिछे । गाग्रोको पानी सबै पोखाइछे । बच्चाको शरीरमा सेतो सर्प बसेको गाउँभरि हल्ला भयो । यो कुरा गाउँकै पाठकले थाहा पाएछ । उसले यो मान्छे राजा समानको हुन्छ भन्थ्यो । यो सर्प मार्नु हुँदैन भन्यो । त्यो सर्प ६ महिनासम्म घुमिरह्यो ।   सानैदेखि ठूलो मान्छे हुन्छ भन्ने थाहा थियो । सानो हुँदा साना केटाकेटीलाई ठूलोले हेप्यो भने उसलाई मन पर्दैनथ्यो । आफूभन्दा सानालाई गाली गर्‍यो, हिर्कायो भने रिस गथ्र्यो । आफूभन्दा सानोलाई त माया पो गर्नुपर्छ भन्थ्यो । त्यस्तै अलि ठूलो भएपछि धनीले गरिबलाई हेप्यो भने धनीको रिस गथ्र्यो । गरिबलाई त चित्त पो बुझाउनुपर्छ भन्थ्यो । गाउँकै प्रधानपञ्च गंगाप्रसाद प्रसाईंले दमाईंलाई जग्गा कमाउन दिएको रहेछ । धान थोरै फलेको हुँदो हो । प्रसाईंले दमाईंलाई अलिकति पनि नदिएर सबै धान लगेछ । त्यो दमिनीले अध्यारो मुख लगाएर छोराछोरीतिर हेरिछ । अनि यसले अर्को वर्ष पनि त्यो खेत उसैले कमाउने हो । अलि–अलि भए पनि धान त छाड्नु नि भनेछ । अनि प्रसाईंले यसको सातो खाएछ । तेरो जग्गा हो र  ?  दया लाग्छ भने तैंले दे न भनेछ । मेरो जग्गा कमाएको हो र भनेर यसले भनेछ । अलि परतिर ढुकेर बसेर प्रसाईंलाई साइकलबाट लडाइदिएछ । ऊ भागेर घर पुगेर । मेरो जुत्ता लगाएर पुरानो पहाड घर तेह्रथुम गएछ । एक महिनापछि मात्रै घर फर्कियो ।   धनीले यसको रिस गर्थे । कोही मान्छे मर्‍यो भने यसले मारेको भन्थे । जेल पर्‍यो । जेलबाट निस्कँदा उसलाई नेपाल मात्रै होइन बाहिर राष्ट्रले पनि चिन्यो । सानैदेखि अर्कै थियो । यसको वातावरण बेग्लै थियो । गरिबलाई धनीले नहेप्नु, गरिबलाई बढी नै दिनुपर्छ भन्थ्यो ।   एसएलसीभन्दा पढ्नचाहिं सकेन । घैलाडुब्बामा आईए नभएपछि भद्रपुरमा आईएमा नाम लेखाएँ । रामनाथ दाहाल यसको साथी थियो । ऊसँगै हिँड्थ्यो । रामनाथ दाहाललाई सुखानीमा मारिदिए । योचाहिँ अलमल भएर कहिले कहाँ कहिले कहाँ भयो । पढ्नै पाएन ।   पढाइ राम्रो थियो । ५ नपढी ६ कक्षामा गयो । सधैं फस्ट हुन्थ्यो । ७ कक्षामा पनि फड्को हानेको थियो । एसएलसीमा राम्रो हुँदैन भनेर मेलैसँग जाओस् भनेर मैले मानिनँ । पढाइमा ज्याद्रो थियो । स्कुलमा किताब पढ्दै हिँड्थ्यो । अलि विस्तारै पढ्थ्यो । अलि साह्रो पढ् न भन्दा साह्रो गरी पढदाचाहिँ पास हुने हो र भन्थ्यो । बुझ्ने गरी पढनुपर्छ भन्थ्यो । ऊ ४ वर्षको हुँदा आमा मधुमायाको मृत्यु भयो । आमाको राम्रो अनुहार नै ठम्याउन सकेको थिएन । आमाको माया पनि पाउन सकेन । हजुरआमाले हुर्काउनुभयो ।   छोरा अलि रोगी छ । मजस्तै निरोगी भइदिएको भए हुन्थ्यो । म ८५ वर्षको हुँदा कुनै रोग छैन । जे खाए नि हुन्छ । तर, ऊ रोगी छ । जे पायो त्यो खान हुँदैन । सधैं गोली (औषधि) खाइरहनुपर्छ । उसको एउटासम्म सन्तान भइदिए हुन्थ्यो भन्ने लाग्छ । अाजकाे कान्तिपुरबाट साभार
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending