Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

बाढी–पहिरोको कारणण देशका ६ प्रमुख राजमार्ग ठप्प, यात्रा नगर्न आग्रह

फइल तस्विर
खबरडबली संवाददाता

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका छ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन्। सडक अवरुद्ध भएसँगै सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् भने यात्रुहरू समस्यामा परेका छन्।

नेपाल प्रहरीका अनुसार पहिरो र बाढीका कारण खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक, कान्ति लोकपथ, मेची राजमार्ग, सालझण्डी–ढोरपाटन सडक, अरनिको राजमार्ग तथा कालीगण्डकी करिडोर अवरुद्ध भएका हुन्।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। त्यस्तै, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो झरेपछि कालीगण्डकी करिडोरमा पनि सवारी आवागमन ठप्प भएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान गर्दै बाढी, पहिरो र डुबानको उच्च जोखिम रहेकाले अत्यावश्यकबाहेक यात्रा नगर्न तथा यात्रा गर्नै परे मौसम र सडकको अवस्था बुझेर मात्रै अघि बढ्न आग्रह गरेको छ।

सुरक्षा निकायले जोखिमयुक्त क्षेत्रमा नजान, नदी–खोलाको तटीय क्षेत्रबाट टाढा रहन र सम्बन्धित निकायबाट जारी हुने सूचना पालना गर्न सबैसँग अनुरोध गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

म्याद थपिँदै, काम घट्दै: मेची करिडोरमा पाँच वर्षको बेथिति

ठेकेदारको ढिलासुस्तीले पूर्वी पहाडका नागरिकलाई वर्षैपिच्छे सास्तीमा

पानी तान्ने मोटरबाट करेन्ट लागेर एकको मृत्यु, एक घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा धान रोपाइँ गरिरहेका बेला पानी तान्ने मोटरको नाङ्गो विद्युत् तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending