Khabar Dabali २ श्रावण २०८३ शनिबार | 18th July, 2026 Sat
Investment bank

रेड अलर्ट’पछि काठमाडौं प्रशासनको कडा चेतावनी: अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

खबरडबली संवाददाता

काठमाडौं । मनसुनी वर्षासँगै बाढी र पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वसाधारणलाई अत्यन्त जरुरी यात्रा सचेतना जारी गर्दै विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलद्वारा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेपछि काठमाडौं उपत्यकामा भित्रिने तथा बाहिरिने सबै सडकमार्ग प्रयोग गर्ने सार्वजनिक तथा निजी सवारीका चालक, सहचालक, सवारीधनी र यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रशासनले विशेषगरी रातिको समयमा बाढी र पहिरोका कारण विगतमा गम्भीर मानवीय तथा भौतिक क्षति भएको उल्लेख गर्दै अत्यावश्यक कामबाहेक यात्रा नगर्न र यात्रा गर्नै परे अत्यधिक सावधानी अपनाउन आग्रह गरेको छ।

यात्रा सुरु गर्नुअघि सम्बन्धित प्रहरी कार्यालयबाट राजमार्गको अवस्था, सडक अवरुद्ध भए–नभएको तथा मौसमको पछिल्लो जानकारी अनिवार्य रूपमा बुझ्न प्रशासनले आग्रह गरेको छ। बाटो अवरुद्ध भएमा जोखिम मोलेर अघि नबढ्न, सुरक्षित स्थानमा मात्र सवारी रोक्न र यात्रुका लागि खाना तथा खानेपानीको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ।

त्यस्तै, बाढी वा पहिरोका कारण अवरुद्ध सडक पूर्ण रूपमा सञ्चालनमा आएको भन्ने आधिकारिक जानकारी प्राप्त भएपछि मात्रै यात्रा पुनः सुरु गर्न प्रशासनले सचेत गराएको छ।

आपतकालीन अवस्थामा नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कवितामार्फत सरकारलाई खबरदारी: हुलाकी सडक र कमला पुल बनाउन सिरहामा बहुभाषिक कवि सम्मेलन

सिरहा । तराई–मधेसको ‘लाइफ लाइन’ मानिने हुलाकी सडक र कमला नदीमाथिको पुल निर्माणमा भइरहेको ढिलाइप्रति सरकारको ध्यानाकर्षण गराउन सिरहामा शनिबार राष्ट्रिय...

बाटोमै खसेको पहिरोमा पुरिएर रोल्पामा एक जनाको मृत्यु

रोल्पा । रोल्पामा बाटोमा हिँडिरहेका बेला माथिबाट खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्लाको परिवर्तन गाउँपालिका–४ पाछावाङस्थित सल्लाबोट ...

सेती नदी थुनिँदा बढ्यो ठूलो जोखिम, ४० मिटर माथिबाट बग्न थाल्यो पानी

पोखराबाट दमौलीसम्म सतर्कता आवश्यक

भारी वर्षाको जोखिमपछि हेटौंडाबाट काठमाडौं जाने रात्रीकालीन सवारी रोकियो

हेटौंडा । अविरल वर्षा र सम्भावित बाढी–पहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडाबाट काठमाडौंतर्फ सञ्चालन हुने रात्रीकालीन सवारी स...

नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार, दयनीय अवस्था भेटिएपछि मन्त्रालयको हस्तक्षेप

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनबाट २० जना बालबालिकाको उद्धार गरेको छ। बालगृ...

‘दुईतिहाइको सरकार पूर्णतः असफल’ : आर्थिक संकट गहिरिँदै गएको आजपाको आरोप

काठमाडौं । आम जनता पार्टी (आजपा)ले वर्तमान दुईतिहाइ बहुमतको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै आर्थिक अवस्था झन् जटिल बन्दै गएक...

राजाको दरबार चम्किँदै, राजाको गाउँ भने अझै विकासबाट टाढा

दाङ । ‘राजाको गाउँ’ भन्नेबित्तिकै व्यवस्थित सडक, सहज खानेपानी, विद्युत् र पर्यटकीय पूर्वाधारले भरिपूर्ण बस्तीको चित्र मनमा आउँछ। तर दाङको तुलसीपुर उपम...

कांग्रेसमा एकताको ढोका बन्द, देउवा समूह नयाँ राजनीतिक बाटोतर्फ, राष्ट्रिय भेला बोलाउने तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि जारी आन्तरिक शक्ति संघर्ष अब निर्णायक मोडमा पुगेको देखिएको छ। पूर्वसभापति शेरबहादुर देउवा पक्षले सभापति ग...

म्याद थपिँदै, काम घट्दै: मेची करिडोरमा पाँच वर्षको बेथिति

ठेकेदारको ढिलासुस्तीले पूर्वी पहाडका नागरिकलाई वर्षैपिच्छे सास्तीमा

पानी तान्ने मोटरबाट करेन्ट लागेर एकको मृत्यु, एक घाइते

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा धान रोपाइँ गरिरहेका बेला पानी तान्ने मोटरको नाङ्गो विद्युत् तारबाट करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने एक जना घ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending