नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो समयदेखि रोकिएको सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ।
हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय, नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरदेखि बाँके–दाङ सीमास्थित हाटबास गाउँसम्मको करिब ३६ किलोमिटर सडक तथा पुल निर्माणका लागि तीन अर्ब ७० करोड रुपियाँको ठेक्का आह्वान गरिएको हो।
उनका अनुसार सडक तथा पुल निर्माणका लागि २१ दिने सूचना प्रकाशित भइसकेको छ। आगामी भदौको अन्तिमसम्म ठेक्का सम्झौता गर्ने लक्ष्य रहेको छ। उक्त आयोजनाअन्तर्गत सडक निर्माणका लागि तीन अर्ब २० करोड र सो खण्डका खोलामा चार वटा ठूला पुल निर्माणका लागि ५० करोड रुपियाँ लागत अनुमान गरिएको छ।
प्रमुख भण्डारीले बाँके–दाङ सीमास्थित हाटबास गाउँदेखि दाङको राजपुर गाउँपालिकाको गङ्गदीसम्मको २२ किलोमिटर सडक निर्माणका लागि पनि अर्को ठेक्का आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए।
बाँकेको राप्ती सोनारी–३ नारायणपुरदेखि दाङको राजपुर गाउँपालिकासम्मको सडक स्तरोन्नतिसहित निर्माण गर्ने गरी केही महिनाअघि नै स्रोत सुनिश्चित गरिएको थियो। सो आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
नेपालगन्ज हुँदै बाँकेको राप्ती सोनारी गाउँपालिका–३ नारायणपुरदेखि पूर्वतर्फ दाङ देउखुरीस्थित राजपुर गाउँपालिकाको गङ्गदीसम्म हुलाकी सडकको अधिकांश भाग निर्माण भइसके पनि करिब ५८ किलोमिटर सडक अझै अधुरो रहेको छ।
अधुरो सडक निर्माणका लागि ठेक्का आह्वान भएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन्। उनीहरूका अनुसार सडक निर्माण सम्पन्न भएपछि जनजीवन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक गतिविधिमा उल्लेखनीय सुधार आउनेछ।
राप्ती सोनारी गाउँपालिका–१ का वडाध्यक्ष यमबहादुर खड्काले सडक निर्माण सम्पन्न भएपछि कृषिजन्य उत्पादन बजारसम्म पुर्याउन, बिरामीको सहज आवतजावत गराउन तथा स्थानीयवासीको दैनिक जीवन सहज बनाउन ठूलो सहयोग पुग्ने बताए।
नेपाली कांग्रेस बाँके क्षेत्र नं.१ का सभापति पोषण केसीले सडक निर्माण सम्पन्न भएपछि लामो समयदेखि सहज सडक पहुँचबाट वञ्चित राप्ती सोनारी–१ र ३ का सयौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।
राप्ती सोनारी–३ नारायणपुरका स्थानीय दीपक थापाले लामो समयको पहलपछि स्रोत सुनिश्चित भई ठेक्का आह्वानसमेत भएकाले अब सडक निर्माणले मूर्त रूप लिने र आवागमनमा ठुलो राहत पुग्ने बताए।
स्थानीय अगुवाका अनुसार महेन्द्र राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको हुलाकी राजमार्गअन्तर्गतको यो सडक निर्माणका लागि विगतदेखि नै प्रयास हुँदै आएको थियो। बजेट अभाव, राजनीतिक अस्थिरता, वन क्षेत्रसम्बन्धी विवादलगायत विभिन्न कारणले काम अघि बढ्न नसके पनि ठेक्का आह्वान भइसकेकाले अब निर्माण कार्य अघि बढ्ने विश्वास गरिएको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १३:१९
जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...
श्रावण २ गते, २०८३ - १३:०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...
श्रावण २ गते, २०८३ - १२:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...
श्रावण २ गते, २०८३ - १२:३२
मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...
श्रावण २ गते, २०८३ - १२:१६
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...
श्रावण २ गते, २०८३ - १२:०६
नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...
श्रावण २ गते, २०८३ - ११:५३
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...
श्रावण २ गते, २०८३ - ११:४४
ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...
श्रावण २ गते, २०८३ - ११:२२
तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...



प्रतिकृया लेख्नुहोस्: