काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन सार्वजनिक गर्दै हाल देशभर मनसुनी वायु सक्रिय रहेको तथा मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहेकाले वर्षाको गतिविधि अझ तीव्र हुने जनाएको हो।
पूर्वानुमानअनुसार शनिबार र आइतबार देशका अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा अति भारी वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेकाले मनसुन थप सक्रिय बनेको हो। यसका कारण देशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना पनि रहेको छ।
मौसमी प्रणालीका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटन तथा पर्वतारोहणलगायतका गतिविधि प्रभावित हुन सक्ने भएकाले आवश्यक पूर्वतयारी र सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
साथै, मौसमको अवस्थालाई निरन्तर अनुगमन भइरहेको जनाउँदै महाशाखाले पछिल्ला मौसमसम्बन्धी सूचना नियमित रूपमा प्राप्त गरी सोहीअनुसार आवश्यक सावधानी अपनाउन सर्वसाधारण र सम्बन्धित निकायलाई अनुरोध गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २ गते, २०८३ - १३:१९
जनकपुरधाम । विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवानाको सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीलाई पक्राउ गर्ने अभियानअन्तर्गत धनुषा प्रहरीले पछिल्लो एक स...
श्रावण २ गते, २०८३ - १३:०९
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ५२१ जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार...
श्रावण २ गते, २०८३ - १२:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद यज्ञमणि न्यौपानेले न्यायालयको पुनरसंरचना नगरी मुलुकमा सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण स...
श्रावण २ गते, २०८३ - १२:३२
मकवानपुर । नेकपा (एमाले)ले बागमती प्रदेश सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन...
श्रावण २ गते, २०८३ - १२:१६
सप्तरी । सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा जेलर रूपक मण्डलको सरुवाको माग गर्दै कैदीबन्दीहरू आन्दोलनमा उत्रिएपछि कारागार परिसर तनावग्रस्त बनेको छ...
श्रावण २ गते, २०८३ - १२:०६
नेपालगन्ज। बाँके र दाङ जोड्ने अधुरो हुलाकी सडक निर्माणका लागि करिब चार अर्ब रुपियाँ बराबरको ठेक्का आह्वान गरिएको छ। ठेक्का प्रक्रिया सुरु भएसँगै लामो ...
श्रावण २ गते, २०८३ - ११:५३
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने चेताव...
श्रावण २ गते, २०८३ - ११:४४
ताप्लेजुङ। अविरल वर्षाका कारण पहिरो जाँदा ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० फुरुम्बुमा ग्रामीण सडक र विद्युत सेवा अवरुद्ध बनेको छ । शुक्रबार राति भएको ...
श्रावण २ गते, २०८३ - ११:२२
तनहुँ। देवघाट क्षेत्रबाट सम्पर्कविहीन भएकी तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडीखेलकी २८ वर्षीया सन्तोषी श्रेष्ठ मृत अवस्थामा फेला परेको छन् । केही दिनद...
श्रावण १ गते, २०८३ - १६:४९
काठमाडौँ। फिफा विश्वकप २०२६ को फाइनल नजिकिँदै गर्दा विश्व च्याम्पियन बन्ने प्रतिस्पर्धासँगै प्रतियोगिताका विभिन्न व्यक्तिगत पुरस्कार कसले जित्ला भन्ने...



प्रतिकृया लेख्नुहोस्: