Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

महरा, वर्षमान, अग्नी, पासाङसहितका माअाेवादी नेताकाे मृत्युकाे समाचार अाएपछि .....

\"Mahara\"आफ्नै मृत्युको खबर सुन्दा कस्तो लाग्ला ? नमरेको मान्छे मर्‍यो भन्ने हल्ला परिवारसम्म पुग्दा परिवारलाई कस्तो होला ? ०५२ मा सुरु भएको माओवादी आन्दोलनपछि माओवादी नेता मारिएको समाचार दिनहुँजसो राष्ट्रिय सञ्चारमाध्यममा बज्थे । त्यो सुन्दा आन्दोलनमा लागेका नेता, परिवार र साथीभाइलाई कस्तो लाग्यो होला ? कतिपयले त आफ्नो मृत्युको खण्डन गर्न वक्तव्य नै जारी गरेका थिए । आफ्नै मृत्युको खबर सुनेका माओवादी नेतालाई त्यो क्षणबारे नयाँ पत्रिकाका मनोज घर्तीमगरले सोधे । उनीहरूले सम्झिए : वक्तव्य निकालेँ– म मरेको छैन कृष्णबहादुर महरा मैले धेरैपटक मेरो मृत्यु भइसकेको खबर सुन्नुपर्‍यो । हामीले ठूला–ठूला फौजी कारबाहीहरू गर्दा तत्कालीन सरकारी सञ्चारमाध्यमले ‘कृष्णबहादुर महरा र पासाङसहित सयौँ आतंककारी मारिएको’ भन्ने भ्रम फैलाउँथे । रोल्पाको लिस्नेमा आक्रमण गर्दा पनि सरकारी सञ्चारमाध्यमले म मारिएको समाचार प्रसारण गर्‍यो । एकपटक अर्घाखाँचीको बाटोमा महराको लास भेटियो भन्ने हल्लाखल्ला भएछ । त्यो मैले पनि सुनेँ । त्यो हल्ला सुनेर म हाँसँे । चुपचाप नै रहेँ । पछि फेरि भालुबाङको जंगलमा पनि महरा मारियो भन्ने हल्ला फैलियो । त्यसपछि त पार्टीका साथीलाई पनि हो कि जस्तो लाग्न थालेछ । अनि मैले ‘म मारिएको छैन’ भन्ने वक्तव्य निकालेर मेरो मृत्युको खण्डन गरेँ । त्यस्ता हल्ला सुन्दा मलाई हाँसो उठ्थ्यो । मेरा सहयोगी पनि हाँस्थे । तर, परिवारका सदस्य, आफन्त र पार्टीका सदस्यलाई मारिएकै पो हो कि भन्ने आशंका हुँदो रहेछ । अचम्मको कुरा त म जुन कारबाहीमा गएको नै हुँदैनथेँ, त्यसैमा पो म मारिएको हल्ला चल्थ्यो । प्रत्यक्ष देखेपछि विश्वास गरे– म जिउँदै छु वर्षमान पुन ‘अनन्त’   युद्धमा दुस्मनलाई कमजोर पार्न मनोवैज्ञानिक आक्रमण पनि गरिन्छ । हामी युद्धमा हुँदा सरकारले विभिन्न कारबाहीमा हामी मारिएको हल्ला फैलाउँथ्यो । १९ वैशाख ०५९ मा लिस्नेमा तत्कालीन शाही नेपाली सेनासँग भिडन्त भयो । हामीले सबै कब्जा गर्‍यौँ । सरकारी मिडियाले महरा, पासाङलगायत धेरै मारिएको प्रचार गर्‍यो । त्यसमा मेरो नाम लिएको थिएन । तर, गाउँमा भने म पनि मारिएँ भन्ने हल्ला पुगेछ । हामी लिस्नेबाट उवा पुग्दा साथीहरू त मलाई देखेर आश्चर्यमा पर्नुभयो । उहाँहरूलाई लागेको रहेछ– म भिडन्तमा मारिइसकेको छु । अनि बल्ल मैले म मरेँ अरे भन्ने खालका हल्ला फैलिएको थाहा पाएँ । त्यो आक्रमणमा कमरेड यानप्रसाद गौतमजी पर्नुभएको थियो । त्यसैले, म पनि परेँ होला भन्ने हल्ला छिटो फैलियो । उवामा मात्रै होइन, मेरो गाउँघरसम्मै म मारिएको हल्ला फैलिएछ । पछि म गाउँ पुगेपछि मात्रै परिवारका सदस्य, आफन्तले पत्याए, म जिउँदै छु ।   बडो अचम्म लाग्दो रहेछ अग्निप्रसाद सापकोटा   आफू मरेको खबर सुन्दा बडो अचम्म लाग्दो रहेछ । यो अचम्म मानिरहनुपर्ने कुरा त होइन, युद्धमा हामीलाई कमजोर पार्न दुस्मनहरूले विभिन्न हल्ला फैलाउँथे । ती सबै त्यही हल्ला हुन् । म मरेको खबर मैले दर्जनौँपटक सुनेँ । ०५९ मा काभ्रेको चौरीमा र ०६२ चैतमा काभ्रेकै ठोकर्पामा भएको भिडन्तमा म मारिएको हल्लाले भने सबैलाई चिन्तित बनायो । ती दुई भिडन्तमा म आफैँ पनि सहभागी भएकाले धेरै साथीलाई मारिएकै हो कि जस्तो लागेको रहेछ । ती हल्लाले परिवारमा त तनावै बनाएछ । त्यस्तो हल्ला सुनेर हो कि क्या हो भनेर बसिरहेकाहरू मलाई देखेपछि दंग भए । मान्छेले ‘ओ हो खुसी लाग्यो, हामीले त नराम्रो कुरा पो सुनेका थियौँ, भ्रम रहेछ’ भन्दा म पनि अचम्मित हुन्थेँ ।   मरेको भन्नेहरूसँग रिस उठ्थ्यो जनार्दन शर्मा ‘प्रभाकर’ एकपटक होइन, धेरैपटक सुनेँ, मै मारिएको खबर । आफँै मारिएको खबर सुन्नुपर्दा हाँसो पनि उठ्थ्यो, रिस पनि । जिउँदो मान्छे मारिएको हल्ला किन फिजाउँछन् दुस्मनहरू भनेर रिस उठ्थ्यो । हामीले २३ वैशाख ०६२ मा कालिकोटको पिलीमा रहेको सैनिक ब्यारेकमाथि हमला गर्‍यौँ । पूरै कब्जा गरेर फर्कियौँ । फर्कंदै गर्दा त म आफैँ मारिएको खबर पो सुन्नुपर्‍यो । यस्ता खबर थुपै्र सुनिए । आफूलाई त केही हुँदैन थियो, परिवारका सदस्य, कार्यकर्ता, जनता बढी चिन्तामा पर्दा रहेछन् । पछि केही नभएको थाहा पाएपछि सबै खुसी हुन्थे । म बाँचेको विश्वास लागेको रहेनछ हरिभक्त कँडेल हाम्रो क्षेत्रीय ब्युरो कार्यालय रोल्पामा थियो । म धौलागिरिका तीन र गुल्मीसहित चारवटा जिल्ला हेर्थेँ । संकटकाल सुरु भएपछि म मारिएको हल्ला व्यापक फैलियो । म बैठकका लागि रोल्पा जाँदा ‘तपाईं त सहिद हुनुभयो भन्ने हल्ला पो थियो त’ भनेपछि मैले बल्ल थाहा पाएँ । त्यो हल्ला पार्टीपंक्तिमा मात्रै होइन, मेरो घरसम्मै पुगिसकेको रहेछ । मैले पार्टी च्यानलमार्फत केही नभएको खबर घरमा पठाएँ । पार्टीका साथीहरूले पनि मलाई बैठकमा देखेपछि केही भएको रहेनछ भन्नेमा पुग्नुभयो । दोस्रो वार्तापछि नेपालगन्जको खजुरास्थित घर पुगेँ । म घरमा पुग्दा १०–१२ वर्षका बच्चादेखि ९०–९१ वर्षका वृद्धवृद्धाहरू आएर मलाई घेरे । उनीहरूलाई म बाँचेको छु भन्ने विश्वास नै रहेनछ । त्यो दृश्यले मेरो आँखाबाट खुसीका आँसु झरे । समाचार सुनेर हाँस्थेँ नन्दकिशोर पुन ‘पासाङ’ संकटकाल लागेपछि हामीले जति ठाउँमा आक्रमण गर्‍यौँ, ती–ती ठाउँमा म मारिएको प्रचार सरकारी मिडियाले गर्थे । म र महरा मारिएको हल्ला बढी चल्थ्यो । १९ वैशाख ०५९ मा रोल्पाको लिस्नेमा आक्रमण गर्दा रेडियो नेपालले भनेको समाचार अहिले पनि सम्झनामा छ । त्यतिवेला रेडियोमा भनिएको थियो, ‘लिस्ने जंगलमा लुकेर बसेका आतंककारीमाथि सुरक्षा फौजले घेराबन्दी गरी आक्रमण गर्दा सात सय माओवादी मारिएका छन् । हालसम्मको ठूलो क्षति माओवादी आतंककारीले व्यहोरेका छन् । सुरक्षा फौजहरू चारैतिरबाट घेरा कस्दै गएका छन् । उक्त घेरामा कृष्णबहादुर महरा र पासाङ पनि परेको हुन सक्ने आशंका छ ।’ २३ भदौ ०५९ मा अर्घाखाँची सदरमुकाम आक्रमण गरेर फर्कंदा पनि त्यस्तै भ्रम फैलाइयो । ‘अर्घाखाँची आक्रमण गरी भागेका माओवादी आतंककारी प्युठानको स्याउलीबाङको जंगलमा घेराबन्दीमा परेका छन् । घेराबन्दीमा पासाङ, कृष्णबहादुर महराहरू पनि परेका छन्,’ भन्ने प्रचार भयो । प्रत्येक आक्रमणबाट फर्कंदा रेडियो साथमै हुन्थ्यो । म रेडियो सुन्थेँ । रेडियोमा आफैँ मारिएको खबर बज्थ्यो । म साथीहरूलाई सुनाउँथेँ । मजाले हाँस्थे पनि । आफू मरेको खबर सुन्दा अचम्म लाग्दो रहेछ । हल्लाको कारण खोज्नतिर लागेँ चन्द्रप्रकाश खनाल ‘बलदेव’ म लमजुङमा मारिएको हल्ला निकै फैलियो । मिति बिर्सिएँ, बाबुरामजी मध्य कमान्डको पार्टीप्रमुख हुनुहुन्थ्यो र म सैन्यप्रमुख थिएँ । मलाई साथीहरूले ‘तपाईं त लमजुङमा मारिनुभयो भन्ने हल्ला छ नि’ भन्न थाले । मैले कसरी यो हल्ला फैलियो त भनेँ । उहाँहरूले ‘यो हल्ला व्यापक छ । तपाईंले होइन भनेर वक्तव्य निकाल्नुपर्‍यो’ समेत भन्नुभयो । मैले वक्तव्य निकालिनँ । बरु, हल्ला फैलनुको कारण बुझ्नतिर लागेँ । पछि लमजुङमा बुझ्दा अर्कै एकजना चन्द्र खनाल नाम गरेका कमरेड सहिद हुनुभएको रहेछ । उहाँ र मेरो नाम मिल्दा म मारिएको हल्ला फैलिएछ ।   हाँसो पनि लाग्यो रिस पनि उठ्यो शक्तिबहादुर बस्नेत युद्धमा म मारिएको सानातिना खबर त धेरै नै चले । अहिले ती कुरा बिर्सिसकियो पनि । दुईपटक भने पत्रिकामै छापिए, म मारिएँ भन्ने । पत्रिकामा म मारिएको छापिएको खबर सुन्दा हाँसो पनि लाग्यो, रिस पनि उठ्यो । त्यस्ता हल्ला तत्कालीन सरकारको तर्फबाट चलिराख्ने भएकाले हाम्रो पार्टीपंक्तिमा त्यस्ता हल्लाको विश्वास त कसैले गर्दैन थियो । तैपनि, हल्ला चलेपछि कि हो त भन्ने लाग्ने त स्वाभाविक भइहाल्यो । तनाव त थपिहाल्दो रहेछ । मेरो बारेमा चलाइएका हल्ला खण्डन गरिहाल्नुपर्नेसम्मका थिएनन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending