Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

रवि लामिछानेलाई साउन २१ को तारिख, सहकारी ठगी मुद्दा कायम

खबरडबली संवाददाता

काठमाडौं । काठमाडौं जिल्ला अदालतले रवि लामिछाने विरुद्धको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा साउन २१ गतेका लागि साधारण तारिख तोकेको छ।

अदालतका सूचना अधिकारी शिव खतिवडा का अनुसार उक्त दिन सुनुवाइ नहुने भए पनि प्रतिवादीलाई अदालतमा उपस्थित हुनुपर्नेछ।

यसअघि जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशी को इजलासले लामिछानेमाथि लगाइएको संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिन सरकारलाई अनुमति दिएको थियो। अदालतको आदेशसँगै अब लामिछानेसहित ३९ प्रतिवादीविरुद्ध सहकारी ठगीसम्बन्धी मुद्दा मात्र कायम रहेको छ।

अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३६ अनुसार अभियोगपत्र संशोधन गर्न अनुमति दिएको हो। यद्यपि, सहकारी ठगीसम्बन्धी आरोप भने यथावत् रहेको छ।

लामिछानेसँगै यसअघि अदालतमा हाजिर भएका अन्य प्रतिवादीलाई पनि साउन २१ गतेकै तारिख तोकिएको छ। मुद्दाका अर्का प्रतिवादी पूर्वडीआईजी छविलाल जोशी बञ्जाडे बुधबार तारिख बुझ्न अदालतमा उपस्थित भएका थिए। लामिछाने भने हाल चितवनमा जारी रास्वपाको महाधिवेशनमा सहभागी छन्।

यो मुद्दा सुमन खनाल लगायतको जाहेरीका आधारमा नेपाल सरकार वादी भएर दायर गरिएको हो। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारी बराल को निर्णयअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अभियोगपत्र संशोधनका लागि निवेदन दिएको थियो।

सुरुमा लामिछानेको हकमा मात्रै मुद्दा संशोधन गर्ने निर्णय भएको थियो। तर त्यसको व्यापक आलोचना भएपछि सबै प्रतिवादीको हकमा ठगीसम्बन्धी अभियोग कायम राख्दै संगठित अपराधतर्फको अभियोग हटाउने निर्णय गरिएको थियो।

यससँगै स्वर्णलक्ष्मी सहकारी प्रकरणमा अब अदालतको सुनुवाइ सहकारी ठगीसम्बन्धी आरोपमा केन्द्रित हुने भएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुई राउन्ड गोलीसहित दुई जना युवा पक्राउ

सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...

कस्ताे रहला शनिबारको मौसम ? लुम्बिनी–सुदूरपश्चिमका तराईमा तातो लहरको चेतावनी

काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...

महाधिवेशनपछि नेतृत्व छाड्ने प्रचण्डको घोषणा, ‘अब नयाँ पुस्ताले पार्टी हाँक्छ’

विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...

बजेट छ, योजना छ, ठेकेदार छन्, तर पुल छैन ! अनि श्रमदानले केही दिनमै कसरी बन्छ पुल ?

काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...

रास्वपा पदाधिकारीका लागि आज मतदान हुने

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ ।  निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...

प्रविधि र अनुसन्धान जोड्दै अदुवा बेसार खेती सुधार्ने पहल

सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...

एक महिनामा दुई हजार फरार व्यक्ति पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...

पत्रकार विनोद ढकाल साइबर क्राइम मुद्दामा पक्राउ

काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो ।  उनले ...

पुल नबन्दा वर्षायाममा त्रिवेणीसँग सडक सम्पर्क टुट्छ, स्थानीयलाई सास्ती

बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी

विश्वकपकै बीच किन निलम्बित भयो एन्फा ? अब नेपाली फुटबलको भविष्य के ?

फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending