काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। फैसला चरणमा पुगेको उक्त मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश तेज खड्काको इजलासमा दैनिक सुनुवाइ भइरहेको छ।
बहसका क्रममा जाहेरवालाको तर्फबाट उपस्थित अधिवक्ताले केही उच्च राजनीतिक व्यक्तित्वको नाम जोड्दै उनीहरूलाई बयानका लागि झिकाउन माग गरेका छन्।
अधिवक्ता स्वागत नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली, उनका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, एमाले वरिष्ठ उपाध्यक्ष रामबहादुर थापा ‘बादल’, कांग्रेस नेतृ आरजू राणा र मञ्जु खाँडलाई बयानका लागि झिकाउनुपर्ने माग गरे।
उनले मुद्दासँग सम्बन्धित अडियो, भिडियो तथा अन्य प्रमाणहरू पेश भइसकेको दाबी गर्दै ती व्यक्तिहरूमाथि अनुसन्धान नगरी मुद्दाको निष्कर्षमा पुग्न नसकिने जिकिर गरे।
‘उहाँहरूको नाममा भएका लेनदेनसँग सम्बन्धित अडियो, भिडियो र अन्य प्रमाणहरू अदालतमा पेश भएका छन्। पक्राउ गरी बयान नलिईकन मुद्दाको निष्पक्ष फैसला हुन सक्दैन,’ अधिवक्ता नेपालको भनाइ थियो।
उनको मागपछि प्रतिवादी पक्षका कानुन व्यवसायीहरूले कडा आपत्ति जनाएका थिए। अधिवक्ता धर्मलाल रेग्मीले असम्बन्धित व्यक्तिहरूको नाम लिएर मानमर्दन गर्ने प्रयास गरिएको भन्दै विरोध जनाए। उनले मुद्दाको फैसला अनावश्यक रूपमा लम्ब्याउन नहुने पनि बताए।
यसैबीच, जाहेरवालाकै तर्फबाट अधिवक्ता ध्रुवलाल श्रेष्ठले मुद्दाका अभियुक्तहरूको सम्पत्ति रोक्का नगरिएको विषय उठाएका थिए। उनले यस्ता प्रकृतिका मुद्दामा प्रारम्भिक चरणमै सम्पत्ति रोक्का गर्ने अभ्यास रहेको उल्लेख गर्दै यस प्रकरणमा त्यसो नगरिनुको कारणबारे प्रश्न उठाए।
हाल सरकारी वकिलहरूले बहस गरिरहेका छन्। जाहेरवाला पक्षको मागअनुसार थप व्यक्तिलाई बयानका लागि झिकाउने आदेश इजलासबाट नआएमा मुद्दाको फैसला छिट्टै आउने सम्भावना रहेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १७:२६
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षको बजेट समता, सामाजिक न्याय र समन्यायिक समृद्धिलाई केन्द्रमा राखेर ल्याएको दाबी ...
जेष्ठ २८ गते, २०८३ - १७:१०
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेटमार्फत करको दर हेरफेर गरी निश्चित व्यवसायीलाई फाइदा पुर्याएको आरोपको खण्डन गरेका छन्। प्रतिनिधिसभाको बैठ...
जेष्ठ २८ गते, २०८३ - १७:०३
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोशी प्रदेशको सभापतिमा चन्द्रबहादुर राई निर्वाचित भएका छन्। मोरङको विराटचोकमा सम्पन्न पार्टीको पहिलो प...
जेष्ठ २८ गते, २०८३ - १६:५७
इराक। इराकस्थित अमेरिकी दूतावासले सुरक्षा चेतावनी जारी गर्दै इराकमा रहेका अमेरिकी नागरिकलाई पुर्ण तयारीका साथ क्षेत्रीय घटनाक्रमको सङ्कटकालीन अवस्थामा...
जेष्ठ २८ गते, २०८३ - १६:४६
रुकुमपश्चिम। रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –५ मा एक महिलाको मृत्यु भएको छ । वडाका काँडागाउँ निवासी करिब ३५ वर्षीया रमा पुरीको आज बिहान मृत्यु भएक...
जेष्ठ २८ गते, २०८३ - १६:४१
काठमाडौँ। गृहमन्त्री सुधन गुरुङ विभिन्न माग राख्दै माइतीघर पुगेको छन् । उनको निजी सचिवालयका अनुसार मन्त्री गुरुङ माइती घरमा विभिन्न मुद्दा बोकेर धर्ना...
जेष्ठ २८ गते, २०८३ - १६:०६
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइएको प्रकरणसम्बन्धी अदालतमा विचाराधीन मुद्दामा बुधबारदेखि अन्तिम बहस सुरु भएको छ। ...
जेष्ठ २८ गते, २०८३ - १५:५९
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दाँतको उपचारका लागि अस्पताल पुगेका छन् । दाँतमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वव...
जेष्ठ २८ गते, २०८३ - १५:४१
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमाअन्तर्गत सुस्ता, लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमा मात्रै नक्साङ्कनको काम बाँकी रहेको ...
जेष्ठ २८ गते, २०८३ - १५:२८
काठमाडौँ। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको दाबी गरेको छन्। आज प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समिति...



प्रतिकृया लेख्नुहोस्: