काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले सदनमा दिएको भनाइमा ताली बजाउने सांसदहरू को–को हुन् भन्ने प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महरले प्रधानमन्त्रीले “राष्ट्रघाती र देशद्रोही” भनिने प्रकारको अभिव्यक्ति दिँदा त्यसमा ताली पिट्ने सांसदहरूको पहिचान हुनुपर्ने बताए। उनले सो अभिव्यक्तिलाई लिएर आम नागरिकले पनि प्रश्न उठाइरहेको दाबी गरे।
यो विवाद जेठ १७ गते प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा आएको भनाइसँग सम्बन्धित छ। सो क्रममा उनले नेपालले समेत भारतको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएका थिए, जसलाई लिएर विपक्षी दलहरूले कडा आपत्ति जनाउँदै आएका छन्।
विपक्षी दलहरूले प्रधानमन्त्रीको उक्त भनाइप्रति असहमति जनाउँदै निरन्तर आलोचना गरिरहेका छन् र प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै आएका छन्।
यसअघि सो विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले सदनमा जवाफ दिएका थिए। तर विपक्षी दलहरू भने उक्त जवाफबाट सन्तुष्ट हुन सकेका छैनन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २८ गते, २०८३ - १४:४९
नयाँदिल्ली । ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक जहाजमा सवार तीन भारतीय नाविकको मृत्यु भएको भारतका जल यातायातमन्त्री सर्वानन्द...
जेष्ठ २८ गते, २०८३ - १४:४२
बर्दिया । सरकारी कीर्ते छाप र दस्तखत प्रयोग गरी ठगी गरिएको घटना बाहिरिएको छ। बर्दियामा एक दम्पतीले सरकारी कार्यालयकै नक्कल गरेर नक्कली कार्यालय सञ्चाल...
जेष्ठ २८ गते, २०८३ - १४:२८
बागलुङ। आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्तसम्म आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर सङ्कलन गरेको छ । चालु वर्षमा एक अर्ब ४३ करोड ३४...
जेष्ठ २८ गते, २०८३ - १४:११
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले लागुऔषध नियन्त्रणका लागि रोकथाम नै सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन्। उनले राज्य व्यवस्था तथा सुशासन समितिको...
जेष्ठ २८ गते, २०८३ - १३:५२
काठमाडौँ । प्रतिनिधिसभामा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा कर लगाएको ...
जेष्ठ २८ गते, २०८३ - १३:३८
काठमाडौँ। प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद डॉ.अमरेशकुमार सिंह ले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट कार्यान्वयन हुनेमा गम्भीर शंका व्यक्त गरेका छन्। ...
जेष्ठ २८ गते, २०८३ - १३:०८
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई कडा आलोचना गरेका छन्। उनले बजेटलाई “खुट्टाको घाउजस्...
जेष्ठ २८ गते, २०८३ - १३:००
काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहले प्रतिनिधिसभामा दिएको एक अभिव्यक्तिलाई लिएर तीव्र आपत्ति जनाएको छ। एमालेका प्रमुख सचेतक ऐनबहादुर महर...
जेष्ठ २८ गते, २०८३ - १२:४५
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक विशाल श्रेष्ठ राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा नियुक्त भएको छन् । शिक्षा तथा खेलकुदमन...
जेष्ठ २८ गते, २०८३ - १२:२०
काठमाडौं। प्रतिनिधिसभा बैठकमा सामाजिक सञ्जालमा फैलाइएको फर्जी पोस्टरको विषय उठाइएको छ। उक्त पोस्टरमा केपी शर्मा ओली लाई राष्ट्रिय स्वतन्त्र पार्टी (रा...



प्रतिकृया लेख्नुहोस्: