Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

‘उपलब्धी निकै टाढा’ भन्दै भारतले दियो नाकाबन्दी लामो समय हुने संकेत

\"NepalIndia\"काठमाडाैं । नेपालमा आफ्नो हक-अधिकार प्राप्तीका लागि आन्दोलनरत रहेको मधेसी/थारु समुदायका मागहरुलाई सम्वोधन गर्नेतर्फ सकारात्मक माहोल बन्दै गए पनि \'उपलब्धी हात नपरिन्जेलको विद्यमान परिस्थितिलाई भारतले नजिकबाट नियालिरहेको\' मूल्यांकन जानकारीमा आएको छ ।   अाजकाे कान्तिपुर दैनिकमा खबर छ–दुई सातायता नेपाल-भारत ब्यापार नाकामा लागेको नाकाबन्दी र ५० दिनदेखि जारी रहेको मधेस आन्दोलनको पृष्ठभूमिमा भारत नेपालको समस्याग्रस्त राजनीतिक मामला सुल्झने पक्षमा \'पर्ख र हेर\' नीतिमा अडिग रहेको जानकारी बाहिर आएको छ । सम्बद्ध एक कुटनीतिक स्रोतका अनुसार, मधेसी/थारु समुदायको मागलाई ठूलो हिस्सा ओगट्ने नेपाली जनताको समग्र आवाजका रुपमा स्वीकार्दै हक, अधिकार र न्यायका दृष्टिमा पनि उनीहरुको मागलाई सम्बोधन गरिनुपर्ने भारतको बुझाइ रहेको छ ।   दिल्लीस्थित भारतीय मुलधारका मिडिया प्रतिनिधिमाझ भारत सरकारका बिशिष्ट प्रतिनिधिले दिएको जानकारीमा नेपालको अन्तरिम संविधानमा भएरहेका प्रावधानलाई अहिले राख्न मुस्किल मानिएको अवस्था अनौठो रहेको भन्दै नेपालको दिगो शान्ति र स्थायित्वका निम्ति पनि अहिले उठेका समूदायगत आवाजको सम्बोधनमा भारतले बढी जोड दिएको खुलाइएको थियो । \'यही कुरा ५ बर्षपछि गएर भनेमा तिमीहरुले त्यसैबला किन नभनेको भनेर खोंचे थाप्ने अवस्था आउन सक्छ, यसकारण हामीले अहिले स्पष्ट रुपमा भन्दै र त्यही कुरा दोहोर्‍याउँदै आएका हौं,\' अधिकारीले राखेको धारणाबारे स्रोतले भन्यो ।   संघीय पद्धतिमा गइसकेको अवस्थामा अब हरेक मुद्धा र संशोधनका प्रकृयाहरु प्रान्तीय/केन्द्रीय न्यायापालिका हुँदै लामो प्रकृयामा गाँसिनुपर्ने भएकाले \'पछि गरौंला भनेर केही हुन नसक्ने\' निक्र्यौल भारतले गरेको छ ।   \'नेपाल भारतबीच सम्बन्धमा चिसोपन बढेको स्थितिलाई गम्भीरतापूर्वक लिएका छौं,\'नेपालको बस्तुस्थिती बुझाउने क्रममा भनिएको थियो, \'तर, आम समुदायको आवाजअनुसार मधेश क्षेत्रबाट सैन्य परिचालन फिर्ता गरिएको, कर्फयु/दङ्गाग्रस्त क्षेत्र हटाइएको र भनिएअनुसार संविधान संसोधनको प्रकृया थालिएको सूचना आफैंमा सकारात्मक छ । तर अझै पनि हिंड्नुपर्ने लामो छ, उपलब्धी टाढा छ ।\' एक सहभागीले नेपालमाथि लगाइएको नाकाबन्दीबारे जिज्ञासा राख्दा \'भारतले नाकाबन्दी नलगाएको र अझै पनि नेपाली भूभागमा देखिएको असुरक्षा र बाधा-व्यवधानका कारण सहज ढुवानीमा कठीनाई उब्जिएको\' सधैंको जवाफ दिइएको थियो ।   बि्रफिङमा नेपाल जान नसकेर भारतीय भूभागअन्तर्गत बिभिन्न नाकाहरुमा ५ हजार ३ सय ७५ ट्रक कार्गो अड्किएर बसेको र मंगलबार भने २ सय ६३ वटा ट्रक बिभिन्न बिन्दूबाट नेपाल छिरेको जानकारी गराइएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending