Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

नाकाबन्दी अमानवीय भन्दै भारतविरुद्ध प्रधानमन्त्री झोक्किएपछि ...

\"koirala\"काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पक्षबाट भएको नाकाबन्दी ‘नेपाललाई संकटमा पार्ने अमानवीय व्यवहार’ भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । अाजकाे कान्तिपुर दैनिकमा खबर छ– उनले कुहिन लागेका केही सामग्री पठाएर नाकाबन्दी नभएको भन्दै अन्तराष्ट्रिय समूहलाई देखाउने तरिका गलत भएको भन्दै रोष प्रकट गरेका छन् ।   \'राष्ट्रिय स्वाधिनता अभियानु सुरु गरेका प्रमुख राजनीतिक दल र संघसंस्थासंग सम्बद्ध युवा नेताहरुको टोलीसँग बुधबार कुरा गर्दै प्रधानमन्त्रीले भारतीय रबैयाप्रति आपत्ति जनाएका हुन् । ‘कुहिन लागेका केरा, स्याउ, प्याजका ट्रक पठाउने र भारतले सामान छोडिरहेको छ भन्ने देखाउने’ ज्ञापन पत्र बुझाउन गएको टोलीसँग प्रधानमन्त्री कोइालाले भने, ‘हाम्रो देशलाई संकटमा पर्ने यो अमानवीय कुरा हो ।’   एमालेका ठाकुर गैरे, रामकुमारी झाँक्री, कांग्रेसका गुरुराज घिमिरे, एमाओवादीका कृष्ण केसी, हिमाल शर्मा लगायतका झण्डै ३५ जना युवा नेताहरु मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री कोइरालाले नेपालमाथि के गर्न खोजिएको हो त्यो आफूले बुझन् नसकेको बताए । विदेश नीति सम्बन्धमा एउटै राष्ट्रिय दृष्टिकोण नभएकोले नेपालमा यस्ता समस्या आउने गरेको कोइरालाले बताएका थिए ।   युवा नेताको समूहले नाकाबन्दी खुलाउने बिषयमा सरकारले किन औपचारिक नबोलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । ‘सरकार र संसदले यो बिषयमा स्पष्ट धारणा बाहिर ल्याउनुपर्‍यो र जनतालाई यसरी व्यस्थापन गर्छौ भनेर आश्वासन पनि दिनुपर्‍यो भन्ने हामीले आग्रह गर्‍यौ’ अभियानमा संलग्न गैरेले भने ।   भूपरिवेष्ठित देशविरुद्ध भारतले निकृष्ट काम गरेको भन्दै युवाहरुले सरकारले यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग राखेका छन् । संयुक्त राष्ट्रसंघको सदस्य भएकाले नेपालले आफ्नो कुरा स्पष्ट रुपमा अन्तराष्ट्रिय मञ्चहरुमा राखेर जानुपर्ने सुझाव उनीहरुको थियो । मुलुक भित्रको समस्या हामी आफै व्यवस्थापन गर्छौ, तर कुनै अवाञ्छित सम्झौता गर्दैनौ भन्नेमा स्पष्ट अडान सरकार तर्फबाट आउनुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । राष्ट्रसंघ कार्यालयलाई पनि ध्यानाकर्षण बिहान प्रधानमन्त्री भेटेका युवाहरु बुधबार दिउँसो संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका प्रतिनिधि जेमी म्याक(गोल्डरिकलाई भेटी नाकाबन्दीबारे बोल्न आग्रह गरेका छन् । नेपालमा यति ठूलो ज्यादती हुँदा पनि संयुक्त राष्ट्र नबोल्नेको प्रति आश्चर्य जनाउँदै उनीहरुले यसलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । ‘भारत ठूलो देश हो आर्थिक र हतियारका युद्ध जित्न हामी सक्दैनौ तर नैतीक र मानवीय मुल्यलाई हामीले सजिलै जित्ने हैसियत राख्छौ’ युवा टोलीले संयुक्त राष्ट्रसंघ प्रतिनिधिसँग भन्यो, ‘भुकम्पको पीडामा रहेको मुलुकमा मानव अधिकार र मानवीय मुल्यको धज्जी उडाउने काम भएको छ यसलाई अन्तर्राष्ट्रिय रुपमा उठाईदिनुपर्‍यो ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending