Khabar Dabali २३ माघ २०८२ बिहीबार | 5th February, 2026 Thu
Investment bank

नेपाली राजनीतिका तीन नेता : नेपाल, देउवा र बाबुराम कस्ता छन् ?

\"kishowar_nepal_deuwai_baburam\"(यो विश्लेषण, पत्रकार किशोर नेपालसँग करिब ३ महिनाअघि भएको कुराकानीकोे  अंश हो । पछिल्लो राजनीतिक घटनाक्रममा नेताले खेलेको भुमिकाबारे याँहा चर्चा छैन । तर देश संकटको फसेको बेलामा नेपाली राजनीतिका तीन शिर्ष नेताका बारेमा यो चर्चा सान्दर्भिक हुनसक्छ –सम्पादक । )
माधव नेपाल  दुई टुक्रा मासु खाएर चार गिलास दूध  पचाउने मान्छे एमालेको माथिल्लो तहका नेताहरुसँग मेरो खासै सम्पर्क छैन । व्यक्तिगत रुपमा एमालेका सबै नेतालाई चिन्दछु । व्यक्तिगत सदभाव सबैप्रति छ । केही  नेताहरुसँग घनिष्ट भन्न सकिने सम्बन्ध छ । \"Madhavमाधव नेपालजीलाई मैले कसरी हेरें भने सुरुका दिनहरुमा जतिबेला उनी मनमोहनजीको उपप्रधानमन्त्री थिए, उनमा प्रधानमन्त्रीका रुपमा पावरलाई समात्ने र इन्जोय गर्ने एउटा थ्रष्ट थियो । त्यो थ्रष्ट गिरिजाबाबुले पूरा गरिदिनु भयो । माधवजी नेपालका अरु राजनीतिज्ञहरुजस्तै एउटा सामन्तवादी पृष्ठभूमिबाट कम्युनिस्ट राजनीतिमा आएका हुन् । उनी कम्युनिस्ट हुँदा पनि सामन्तवादी वर्गमा जुन सामाजिक गुणहरु हुन्छन्, ती यथावत छन् । माधवजीको जिल्ला रौतहट बागमती नदीको नेपालबाट अन्तिम निकासविन्दु हो । उनमा यो भेग र देश दुवै राजनीतिको ज्ञान छ । उनी जुन एकाग्रताका साथ श्रीमदभागवत पुराण श्रवण गर्न सक्दछन् त्यही एकाग्रताका साथ मुठी उजाएर क्रान्तिकारी नारा लगाउन पनि सक्दछन् ।
माधवजी हेर्दा एकदमै सरल, तर नेपाली टाइपको राजनीतिमा चुस्त । हाम्रो समाज जस्तो छ, काँठ–कछाडको राजनीति, तराई–मधेशको राजनीति सुहाउँदो । मैले माधवजीमा साम्यवाद, पुँजीवाद र सामन्तवादको फ्युजन देखेको छु ।
उनी उपप्रधानमन्त्री भएका बेला एउटा रमाइलो घटना भयो । माधवजी सरकारी भ्रमणमा कतै जाँदै थिए । ठाउँ त मैले ठ्याक्कै बिर्सिएँ । कतै जाँदै थिए र बिदाइको शैली राजारानीकै थियो । औपचारिक सलामी दिनेलगायत के–के हुन्छ त्यो त छँदै थियो । माधवजी एयरपोर्टको औपचारिक बिदाइ सकेर विमानमा उक्लिँदै थिए । अघिअघि उनकी धर्मपत्नी । कालो चश्मा लगाएकी श्रीमती नेपालले विमानको ढोकामा पुगेर आफ्ना कार्यकर्ताहरु र त्यहाँ उपस्थित सबैलाई रानीले हात हल्लाएर बाइबाई गरे झैँ गरिन् । त्यो दृश्य त्यतिखेर सबैको आँखामा बिझायो । पटक्कै सुहाएन किनभने पहिलो त उनले कुर्ता–सुरुवाल लगाएकी थिइन् । देशको उपप्रधानमन्त्री औपचारिक भ्रमणमा जाँदा परिवारका सदस्यहरुको लगाइ–खुवाइ सुहाएन भने त्यो कुरा बिभ्दोरहेछ नेपालीलाई । पछि म जेनेभा जाँदा त्यहाँका सबै नेपालीहरु श्रीमती नेपालको कुर्ता–सुरुवाल र कालो चश्माको कुरा काट्दै थिए ।
ऊ जमानामा अहिलेको जस्तो क्यामरा भएको भए भारतीय प्रधानमन्त्री मोदीसँग सेल्फी प्रतिस्पर्धा हुन्थ्योहोला उनको ।
मैले श्रीमती नेपाललाई संकेतमा लिएर त्यसबेला कान्तिपुरमा प्रकाशित मेरो स्तम्भ अहिलेसम्म पनि मानिसले बिर्सिएका छैनन् । पत्रकारिताको आयामले हेर्दाखेरी यस्ता सामाजिक संस्कारका कुराहरु पनि विषयवस्तु बन्छन् । नभए कुर्ता–सुरुवाल लगाएको विषयवस्तु त केही पनि होइन । तर, ठूलो ओहोदाधारी व्यक्तिका अर्धांगिनीहरुले औपचारिक सभा–सम्मेलनतिर जाँदा यस्ता कुरामा  ख्याल गर्नुपर्ने रहेछ ।
नेपालको एक घन्टापछि ओलीसँग उनकोे प्याचअप भयो भने आश्चर्य मान्नु पर्दैन । शायद उनका यस्तै केही क्वालिटीहरु देखेर नै गिरिजाप्रसाद कोइरालाले आफ्नो च्वाइसको प्रधानमन्त्री बनाउनुभयो ।
भरतमोहनजीले त्यही बेलामा ‘आफ्नो गाउँ आफैं बनाऊँ’ भन्ने कार्यक्रम ल्याएका हुन् । मलाई लाग्छ, एमालेले ल्याएकोे आजसम्मकै सबैभन्दा ठूलो कार्यक्रम त्यही हो । त्यसपछि एमालेले त्यस्तो रचनात्मक कार्य केही पनि गरेको छैन । माधवजी हेर्दा एकदमै सरल, तर नेपाली टाइपको राजनीतिमा चुस्त । हाम्रो समाज जस्तो छ, काँठ–कछाडको राजनीति, तराई–मधेशको राजनीति सुहाउँदो । मैले माधवजीमा साम्यवाद, पुँजीवाद र सामन्तवादको फ्युजन देखेको छु । यसो–उसो गरेर मिलाउनै खोज्ने । कहिलेकहीं मिल्दैन नि । मासु खाएर दूध खायो भने अजीर्ण हुन्छ भन्ने हाम्रो मान्यता छ । तर, माधव नेपाल भनेको दुई टुक्रा मासु खाएर चार गिलास दूध पनि पचाउने मान्छे हो । उनीसँग मैले धेरै संगत गर्ने मौका पाएको छैन । त्यसैले मैले धेरै कमेन्ट गर्न मिल्दैन ।
एमालेमा मेरा मित्र हुनुहुन्थ्यो स्वर्गीय जीवराज आश्रित । मैले उहाँसँग पोलिटिकल रिलेसन कहिले पनि राखिनँ । मैले धेरै लामो संगत गरेको छु उहाँसित । मलाई उहाँचाहिँ साँच्चिकै कम्युनिस्ट नेता लाग्थ्यो ।
माधव नेपालजी, झलनाथ खनालजी पहिलो जनआन्दोलन सफल भएपछि खुलामञ्चबाट खुला राजनीतिमा प्रादुर्भाव भएका व्यक्ति हुन् । एमालेमा मेरा मित्र हुनुहुन्थ्यो स्वर्गीय जीवराज आश्रित । मैले उहाँसँग पोलिटिकल रिलेसन कहिले पनि राखिनँ । मैले धेरै लामो संगत गरेको छु उहाँसित । मलाई उहाँचाहिँ साँच्चिकै कम्युनिस्ट नेता लाग्थ्यो । सांस्कृतिक टिम बनाएर रुपन्देही, पाल्पालगायत विभिन्न ठाउँहरुमा रातिराति नाचगान देखाउँदै संगठन गर्नुहुन्थ्यो जीवराजजी । त्यतिखेर मोदनाथ प्रश्रित पनि हुनुहुन्थ्यो । उहाँ कम्युनिस्ट भइसक्नु भएको थिएन । ‘मानव’ महाकाव्य लेखेर मदन पुरस्कार पाउने तरखरमा हुनुहुन्थ्यो उहाँ । उहाँको महाकाव्यले मदन पुरस्कार पाउने निश्चितजस्तै थियो ।
माधव नेपाल भनेको दुई टुक्रा मासु खाएर चार गिलास दूध पनि पचाउने मान्छे हो
मैले माधवजीको त्यति धेरै संगत गर्न पाइँन । बाहिरबाट हेर्दा भलादमी लाग्यो । फोटो खिच्न साहै्र सोखिन् । आफ्नै क्यामेराम्यान पनि बोकेर हिँड्ने । ऊ जमानामा अहिलेको जस्तो क्यामरा भएको भए भारतीय प्रधानमन्त्री मोदीसँग सेल्फी प्रतिस्पर्धा हुन्थ्योहोला उनको । माधवजी पार्टी कार्यकर्तालाई मोटिभेट गर्न सक्ने नेता हो । नत्र, उनी सर्वाधिक समय एमालेका महासचिव हुन सक्ने थिएनन् । हेर्दा उनी अहिलेसम्म ओलीसँग मतान्तरमा देखिन्छन् । तर, नेपालको एक घन्टापछि ओलीसँग उनकोे प्याचअप भयो भने आश्चर्य मान्नु पर्दैन । शायद उनका यस्तै केही क्वालिटीहरु देखेर नै गिरिजाप्रसाद कोइरालाले आफ्नो च्वाइसको प्रधानमन्त्री बनाउनुभयो । त्यतिबेला गिरिजाप्रसाद कोइरालाले जसलाई टीका लगाइदियो त्यो नै प्रधानमन्त्री हुन्थ्यो । केही क्वालिटी नभईकन पक्कै पनि कोइरालाजस्तो मान्छेले उनलाई प्रधानमन्त्री त बनाउनुभएन होला । कोइरालालाई लाग्यो होला कि म माधवकुमार नेपाल लाई युज गर्न सक्छु । माधवजीले पनि आफ्नो कार्यकालभरि कोइरालाप्रति लोयल्टी नै देखाए ।
पराजयमा जित देख्ने नेता \"deuwa\"डडेलधुराबाट आएको एउटा सामान्य मान्छे, नेपाली कांग्रेसजस्तो पार्टीमा स्थापित हुनु र तीन–तीन पटकसम्म प्रधानमन्त्री हुनु चानचुने कुरा होइन । उनमा पक्कै पनि केही गुणहरु छन् । निर्णयक्षमता र दृढता उनको गुण हो । एउटा राजनीतिक बंशको प्रतिनिधित्व गर्ने सुशील कोइराला र पहाडको एउटा सानो झुप्रोबाट राजनीतिमा आएर कल्ट फिगर बनेको मान्छेहरुका बीच केको तुलना हुन्छ ? यी दुवै फरक व्यक्तित्व हुन् । तर, नेपाली राजनीतिमा राजनीतिज्ञको मूल्यांकन त्यसरी गरिँदैन । उसले कोसित विवाह गरे, राणाकी छोरीसँग किन विवाह गरे वा अमेरिकन राजदूतसँग किन ह्विस्की खाए, किन भारतीय राजदूतसँग लस्सी पिएनन् ? किन ठूला देशका राजदूतसँग अँगालो मारे…. जस्ता कुरामा अल्मलिन्छन् मानिसहरु । किन शेरबहादुरले राजाको साथ दिए भनेर सबैले सोध्दछन् तर किन शेरबहादुरलाई राजाले जेल हाले ? सोध्दैनन् । किन शेरबहादुरले निर्वाचित प्रधानमन्त्रीका रुपमा विद्रोही माओवादीलाई वार्ताका लागि आह्वान गर्दा प्रचण्डलाई साहसी भने ? यो पनि कसैले सोध्दैन ।
नेपाली राजनीतिमा देउवा इमानदार चरित्र हुन् ।
आफू सत्तामा हुँदा सत्ताको दुरुपयोग नगरौं भन्ने मान्छे हो देउवा, तर उनका पालामा पनि दुरुपयोग भएको छ ।  उनले पनि रोक्न नसक्ने अवस्थामा दुरुपयोग भएको छ । मनमोहन अधिकारीको सत्तालाई सर्वाेच्च अदालतमा चुनौती दिए देउवाले, मनमोहनजीले हार्नुभयो, शेरबहादुर प्रधानमन्त्री बने । त्यतिखेर सत्ता टिकाउन ठूलो राजनीतिक चलखेल भएको हो । तर, चलखेल गर्नैपर्ने अवस्था सिर्जना गरेको कांग्रेसको राजनीतिले हो, शेरबहादुरले होइन । देउवाका गुण पनि अनगिन्ती छन् । अवगुण पनि अनगिन्ती छन् ।  धेरैले भने देउवाले राजासँग रक्सी खाएर इमरजेन्सीको घोषणा गर्यो । त्यसको पृष्ठभूमि कसैलाई पनि थाहा छैन । कुनै पत्रकारले उनीसँग सोध्ने आँट गरेको पनि छैन । त्यतिखेर चुनावको नाममा आंशिक चुनाव गराउनुभन्दा हाउस डिजल्भ गराउनु जाति थियो ।
एउटा राजनीतिक बंशको प्रतिनिधित्व गर्ने सुशील कोइराला र पहाडको एउटा सानो झुप्रोबाट राजनीतिमा आएर कल्ट फिगर बनेको मान्छेहरुका बीच केको तुलना हुन्छ ?
राजनीति भनेको मान्छेले आफ्नो स्वाभिमान कायम राख्नलाई गर्छ ।  आफूसँग असहमत नेतालाई अविश्वासको प्रस्ताव पास गराए हटाउने कांग्रेसको चलन छ । संस्थापक नेता कृष्णप्रसाद भट्टराई पनि त्यसको शिकार भए, देउवा पहिलो होइन । कांग्रेसका संस्थापक नेता भट्टराई कोइरालाहरुलाई ‘तिमीहरु नै गरिखाओ’ भनेर रोएरै संसदबाट बिदा भए तर देउवाले चाहिँ पार्टीमाथि नै आफ्नो दावी राखे, फरक त्यति नै हो । मैले भनेको देउवाको गतिशीलता यही हो । अहिलेको अविकसित देशको राजनीतिमा यस्तो किसिमको गतिशीलता भएका नेताहरु कम छन् ।
कांग्रेसका संस्थापक नेता भट्टराई कोइरालाहरुलाई ‘तिमीहरु नै गरिखाओ’ भनेर रोएरै संसदबाट बिदा भए तर देउवाले चाहिँ पार्टीमाथि नै आफ्नो दावी राखे, फरक त्यति नै हो ।
परिवर्तनलाई आत्मसात् गर्न सक्ने नेताहरु कम हुन्छन् । प्रचारयुद्धमा देउवा पछि परेका होलान्, मलाई थाहा छैन । तर, राजनीतिको द्वन्द्वमा देउवा अगाडि छन् । एउटा यस्तो स्थितिको परिकल्पना गर्न सकिन्छ, दुईवटा डाइनामिक्सलाई मिलाइदियो भने के हुन सक्छ ? देउवालाई अलि अस्थिर नेताका रुपमा मान्छेहरु बुझ्छन् तर त्यस्तो होइन । त्यो नेपाली राजनीतिको अस्थिरता हो । अस्थिरताकै कुरा गर्ने हो भने सुशील कोइराला प्रधानमन्त्री भएको एक–डेढ वर्ष भयो, अस्थिरताका कतिवटा सन्देशहरु उनले दिइसकेका छन् । उनी आफ्नै मन्त्री खेलाएर कहिले माधव र कहिले केपीसँग वार्ता गरेर आफ्नो सरकारी संयन्त्र चलाइरहेका छन् । तपाईंले भूकम्पमा पनि त्यही देख्नुभयो । अस्थिरता भनेको नेपाली राजनीतिको स्वभाव हो, त्योभन्दा बाहिर आएर कसैले केही पनि गर्न सक्दैन, अहिलेसम्मको स्थितिमा । जो ऋषिमुनिजस्तो हुन्छ, त्यसले जंगलमा गएर तपस्या गर्नुबाहेक अर्को विकल्प हुँदैन । चोरहरुको बीचमा बसेपछि तपाईंले चोरी गर्न त जान्नुपर्यो नि कमसेकम । नचोरे पनि चोरी गर्न जान्नुपर्छ । तपाईंलाई थाहा होला, बिहारमा एक पटक ठगहरुले राज्य चलाएका थिए, उनीहरु नै सबै कुरा गर्थे, उनीहरुलाई ब्रिटिसहरुले छुट नै दिएर राखेका थिए । जुन समाजमा म छु, त्यही समाजमा मैले नेपाली पत्रकारिताको उदाहरण दिन खोजेँ भने वा वाल्टर लिपम्यानको उदाहरण दिन खोजेँ भने म यो समाजमा बेबकुफ प्रमाणित हुन्छु ।
अस्थिरता भनेको नेपाली राजनीतिको स्वभाव हो, त्योभन्दा बाहिर आएर कसैले केही पनि गर्न सक्दैन अहिलेसम्मको स्थितिमा । जो ऋषिमुनिजस्तो हुन्छ, त्यसले जंगलमा गएर तपस्या गर्नुबाहेक अर्को विकल्प हुँदैन ।
कोइरालाले नम्बरमा पार्टीभित्र होल्ड गर्न सक्नुहोला, बहुमत–अल्पमतमा । तर, मलाई लाग्दछ– राजनीतिमा देउवा नै अगाडि छन्; उनी पराजयमा पनि जितको राजनीति गर्ने मानिस हुन् । देउवामा गर्छु भन्ने दृढता पनि छ । गर्छु भनेर आँटेपछि गर्छन् पनि । काम गर्दा राम्रो वा नराम्रो दुवै हुन सक्दछ । उनमा हिम्मत पनि छ । दृढतापूर्वक कुनै काम पूरा गर्न सक्छन् ।  महाकाली सन्धिका बेला देउवाले इनिसियट गरेका कुरामा केपीलगायत अहिलेका सबै एमालेबन्धु त लम्पसार नै परेका त हुन् नि ! त्यतिखेर पार्टीहरुभित्र खेल्न सक्ने मान्छे हुन् देउवा, अहिले पनि खेल्न सक्छन् ।  मैले टेलिभिजनको नेतृत्व गरेर देउवालाई सघाउँदाखेरि अनुभव गरेको कुरा हो– देउवाले राष्ट्रवादको चुरो बुझेका छन् ।
  तत्काल पपुलर हुने रोग \"baburam\"बाबुरामजीलाई म तेत्तीस–चौंतीस सालदेखि चिन्दछु । साथीका रुपमा उनीप्रति जहिले पनि मेरो सम्मान छ । मेरो पुस्ताको जागरुक र गतिशील व्यक्ति हुन् उनी । उनी जनयुद्धमा लागेपछि मेरो सम्पर्क हुन सकेन । उनी दिल्लीमा अर्धभूमिगत रहेका बेला नेपाल साप्ताहिकको सम्पादकको हैसियतले म उनको अन्तर्वार्ता लिन दिल्ली पुगेको थिएँ । दोस्रो जनआन्दोलनको सफलतापछि भने सम्पर्क निरन्तर छ । उनका राजनीतिक विचार र विश्लेषणसँग म खासै प्रभावित छैन । किनभने, उनमा वैचारिक निरन्तरता छैन । कम पढेलेखेका र फेसबुक जनरेसनका बीच उनी लोकप्रिय छन् । राजनीतिमा त्यो कुनै मापदण्ड होइन । उनीसँग तातो–चिसो सम्बन्ध छ मेरो । एक–अर्काप्रति आकर्षण पनि छ र विकर्षण पनि । पछिल्लो समयमा उनी बढी नै सत्ताकेन्द्रित देखिएका छन् । काठमाडौंको एलिट वृत्तका लागि सुहाउने र मन पर्ने । हिसिलाजीसँगको प्रेम र विवाह यसको कारण हो । उनको निर्वाचन क्षेत्र गोर्खा भए पनि राजनीतिक प्रभावको क्षेत्र काठमाडौं नै हो । दोस्रो आन्दोलनको सफलतापछि बाबुरामजीले राज्यको रुपान्तरणको कुरा निकै उठाए । त्यतिबेला उनको कुरा निकै चित्त बुझेको थियो मलाई । नेपाली राज्यको रुपान्तरण देश विकासको पहिलो सर्त थियो । देशको सार्वभौम शक्ति जनताको हातमा आएको थियो । नेपाली राज्यको पूर्ण रुपान्तरणको अवसर थियो त्यो । बाबुरामले साँच्चै चाहेका भए रुपान्तरणको प्रक्रिया अघि बढ्दथ्यो । तर, बाबुराम सामान्य राजनीतिक व्यक्ति थिए । समकालीन राजनीतिका विभिन्न पात्रहरुको जस्तै उनको रुचि शासनमा थियो । शासन र सत्ता आफनो हातमा आएपछि सबै ठीक हुन्छ भन्ने उनको मानसिकता स्पष्ट देखियो । उनका बारे मलाई मन नपर्ने यही कुरा हो । उनका चपाउने र देखाउने दाँत छन् । कुरा जनताको गर्छन्, आफूलाई कम्युनिस्ट भन्छन् र काम पुँजीवादको गर्छन् । महेन्द्र जयन्तीका दिन महेन्द्रको तारिफ, बीपी जयन्तीका दिन बीपीको प्रशंसा र गणेशमान सिंहको जयन्तीका दिन उहाँका त्यागको सम्झना– यी कुरामा अचेल रेगुलर भएका छन बाबुरामजी । उनलाई तत्काल पपुलर हुने रोग लागेको छ ।
ऋषिकेश शाहले बाबुरामलाई दिल्ली चिनाएको कुरा किम्बदन्ती होइन । अहिले मानिसहरु खुलेआम बाबुरामलाई दिल्ली विचारको प्रतिनिधित्व गर्ने प्रमुख मानिस मान्दछन् । त्यो हो–होइन, उनै जानून् ।
अर्को कुरा, उनी एन्टीकांग्रेस हुन्, एन्टीकांग्रेस नभई कम्युनिस्ट हुन सकिँदैन भन्ने महेन्द्रकालीन चिन्तन बोकेका मान्छे । उनको राजनीतिक विकास नै एन्टीकांग्रेसबाट भएको हो । निर्दलीय, निरंकुश पञ्चायतकालीन समयमा कांग्रेस निरन्तर युद्धमा थियो । कांग्रेस देशबाहिर थियो । कांग्रेसको नामोनिसान मेटाऔं भन्ने त राजा महेन्द्रको अभियान नै थियो । जनयुद्धकालीन नेपालमा जसरी माओवादी आतंकारी थिए, त्योभन्दा चर्को रुपमा कांग्रेस अराष्ट्रिय तत्व थियो । बाबुरामलगायत नेपालका अधिकांश कम्युनिस्टहरु कांग्रेसलाई भारतपरस्त पार्टी भन्थे । ऋषिकेश शाहले बाबुरामलाई दिल्ली चिनाएको कुरा किम्बदन्ती होइन । अहिले मानिसहरु खुलेआम बाबुरामलाई दिल्ली विचारको प्रतिनिधित्व गर्ने प्रमुख मानिस मान्दछन् । त्यो हो–होइन, उनै जानून् । हालै मैले उनको एउटा इन्टरभ्यु पढें । भनेका थिए– कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सरकार हुँदैन । त्यो उनको मनको कुरा होइन । कांग्रेसलाई बाहिर राखेर राष्ट्रिय सरकार बन्दैन भन्ने त बच्चा–बच्चालाई थाहा छ । यसमा के नयाँ कुरा भयो ? त्यस्तो हुँदैनथियो, त्यसकारण उनले हुँदैन भनिदिए । उनको वास्तविक चाहना त वामपन्थीहरुको सरकार बनोस् भन्ने हो । कांग्रेसलाई बाहिर राखेर पनि राष्ट्रिय सरकार बन्न सक्ने हिसाबको खेलमा उनी लागेका छन् भन्ने सबैलाई थाहा छ । अघि मैले बताएँ, राज्यको रुपान्तरणको कुरा । यसका लागि कांग्रेस र माओवादीबीच समझदारी र सहकार्यको आवश्यकता थियो । वामपन्थी–वामपन्थीबीचको समझदारीले केही पनि उत्पादन गर्दैन । यो कुरा मिडियाले नउठाएको होइन । तर, माओवादीले ध्यान दिएन ।
अघि मैले बताएँ, राज्यको रुपान्तरणको कुरा । यसका लागि कांग्रेस र माओवादीबीच समझदारी र सहकार्यको आवश्यकता थियो । वामपन्थी–वामपन्थीबीचको समझदारीले केही पनि उत्पादन गर्दैन । यो कुरा मिडियाले नउठाएको होइन । तर, माओवादीले ध्यान दिएन ।
मान्छेले बाबुरामजीलाई दूरदर्शी भन्छन् । पीएचडी गरेका नेता कांग्रेसमा रामशरण महत, यता बाबुराम भट्टराई; दुबै अर्थमन्त्री भए । उनीहरुबीच मान्छेले तुलना पनि गर्न खोज्छन् । म चाहिँ तुलना गर्दिनँ । महतजीका आफ्नै गुणहरु छन्, बाबुरामजीका आफ्नै । बाबुरामजी पार्टी, देशभन्दा पनि आफू सत्तामा गएर परिवर्तन गर्न सक्छु भन्नेमा बढी विश्वास गर्नुहुन्छ । माओवादीहरुले थेगो बनाएका थिए ‘धरातलीय यथार्थ’ शब्दलाई । नेपाली राजनीतिको धरातलीय यथार्थ भनेको काठमाडौं र यसको वरिपरि जति पनि एलिटहरु छन्, तिनीहरुको सहयोग लियो अनि फेसबुक, ट्वीटरमा छायो भने, प्रचारसंयन्त्रमा चर्चित भयो भने सत्ता आफ्नो हातमा लिन सकिन्छ भन्ने एउटा दिव्यदृष्टिबोध छ बाबुराममा । यो सधैं नहुन सक्छ । मैले बाबुरामजीका यस्ता समर्थक देखेको छु, जो हिजो ‘रोयल हाउस’ मा काम गर्थे, सेनामा काम गर्थे । अहिले पनि यो देशको अर्थतन्त्र आफ्नो हातमा लिएर बसेका साहुजी र एलिटहरुको समर्थन उनलाई छ । यस्तो इन्ट्याक्ट समर्थन सुशील कोइराला, प्रचण्ड, गिरिजाप्रसाद कोइराला सबैले एक हदसम्म पाएहोलान् । तर, बाबुरामले जति चाहिँ कसैले पनि पाउन सकेको छैन । एउटा कुरा त के हो भने काठमाडौं उनको ससुराली हो ।
फेसबुक, ट्वीटरमा छायो भने, प्रचारसंयन्त्रमा चर्चित भयो भने सत्ता आफ्नो हातमा लिन सकिन्छ भन्ने एउटा दिव्यदृष्टिबोध छ बाबुराममा । यो सधैं नहुन सक्छ ।
यहाँका मान्छेहरु ज्वाइँलाई धेरै मान्छन् । त्यसले पनि उनलाई धेरै पुल्पुल्याएको छ । आफूले जे काम गरेको छ, त्योभन्दा बढी उचालेर भन्न सक्ने संयन्त्र उहाँले बनाउनु भएको छ । मैले उहाँको आलोचना गरेको पनि होइन, प्रशंसा गरेको पनि होइन । मैले सत्यलाई मात्र राखेको हो । उहाँ अनुहारले ‘फेयर एन्ड लभ्ली’ हुनुहुन्छ, त्यसमा शंका छैन; पोलिटिकल्ली कति ‘फेयर’ हुनुहुन्छ– मलाई थाहा छैन । राजनीतिमा उनले जतिसुकै फुर्ती लगाए पनि उहाँ पहिलो संविधानसभाको अन्तिम असफल प्रधानमन्त्री हो । उनले संविधान दिन नसकेकै हो, उनले दलहरुलाई मिलाउन नसकेकै हो; यसमा ‘यदि, तर, किन्तु र परन्तु…’ जस्ता शब्द लगाउनुको कुनै अर्थ छैन ।  त्यसैबाट के थाहा हुन्छ भने राष्ट्रिय सरकार उनको बसको कुरा होइन । भूकम्प गएर नेपाल ध्वस्त भएको छ, आर्थिक रुपले धेरै पछाडि परेको छ अनि अब चाहिँ बाबुरामले सहमति गर्न सक्ने भन्ने हुँदैन । ‘पोलिटीकल रियालिटीहरु’ त उही नै छन् नि, तिनलाई त भुइँचालोले पुरेको छैन । जसले चाहिँ आफ्नै पार्टी र अध्यक्षलाई अप्ठ्यारो पर्नेगरी जस्केलामा हालेर उम्केर हिँड्यो, जसले चुनाव गराउन अराजनीतिक सरकार बनायो र जसको परिणाम आफैंले भोग्नुपर्यो– त्यस्तो मान्छेलाई तपाईं के भन्नुहुन्छ ? मलाई भारतले यसो भन्यो, भारतका कम्युनिस्ट पार्टीहरुले यसो भने, जवाहरलाल नेहरु विश्वविद्यालयका विद्वानहरुले यसो भने भनेर पन्छिन मिल्छ ?
संसारमा राष्ट्रिय वा केन्द्रीय तहमा पुगेको नेता आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएको कहीं पनि छैन । संसारमै नहुने कुरा हो यो । नेता भनेको त्यस्तो हुन्छ, जसले गएर गारो लाउने होइन, गारो लाउन मान्छेलाई प्रेरित गर्ने हो ।
अहिले भूकम्पकै बेला पनि उनले आफ्नो निर्वाचन क्षेत्रलाई मात्रै सक्रियताको केन्द्र, राहत–पुनर्निर्माणको केन्द्रविन्दु बनाए । संसारमा राष्ट्रिय वा केन्द्रीय तहमा पुगेको नेता आफ्नो क्षेत्रमा मात्रै केन्द्रित भएको कहीं पनि छैन । संसारमै नहुने कुरा हो यो । नेता भनेको त्यस्तो हुन्छ, जसले गएर गारो लाउने होइन, गारो लाउन मान्छेलाई प्रेरित गर्ने हो । या त हाम्रा नेताहरुमा प्रेरणा दिने शक्ति नै छैन, आ–आफना बीच गारो लगाउने मात्रै शक्ति रहेछ । गारो पनि आफैं लाइराख । आफूलाई सुरक्षित गर । बाबुरामको केसमा यही देखिएको छ । मलाई थाहा छ– मैले धेरै तीतो कुरा बोलें । तर, सत्य यही हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE