काभ्रेपलाञ्चोक । मनसुनजन्य विपद्को जोखिम बढ्दै जाँदा काभ्रेपलाञ्चोकका १३ वटै स्थानीय तहका ४७९ बस्ती उच्च जोखिममा रहेको तथ्यांक सार्वजनिक भएको छ। जिल्ला विपद् व्यवस्थापन समितिको सोमबार बसेको बैठकमा प्रस्तुत प्रतिवेदनले जिल्लाका अधिकांश बस्ती बाढी र पहिरोको जोखिममा रहेको देखाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले प्रस्तुत गरेको विवरणअनुसार जिल्लामा ४७९ बस्ती उच्च जोखिममा रहेका छन् भने २०९ बस्ती खुला स्थानमा र १९२ बस्ती सुरक्षित क्षेत्रमा रहेका छन्। साथै, ८१ स्थानमा विपद्को अवस्थामा उद्धार कार्य सहज बनाउन हेलिप्याडको व्यवस्था गरिएको छ।
बैठकमा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले उच्च जोखिममा रहेका सबै बस्तीलाई तत्काल स्थानान्तरण गर्न सम्भव नरहेको बताए। उनका अनुसार हाल ती बस्तीलाई निरन्तर निगरानीमा राखी सम्भावित विपद्को अवस्थामा सुरक्षाकर्मीमार्फत तत्काल उद्धार तथा प्रतिकार्य गर्ने तयारी गरिएको छ।
उनले जिल्लामा आवश्यक उद्धार सामग्री पर्याप्त मात्रामा उपलब्ध नभएको उल्लेख गर्दै स्थानीय तहलाई विपद् तयारीलाई प्राथमिकता दिन आग्रह गरे। समितिले स्थानीय तहहरूलाई युवामैत्री विपद् प्रतिकार्य तालिम सञ्चालन गर्न, राहत तथा उद्धार सामग्री तयारी अवस्थामा राख्न र जोखिम न्यूनीकरणका उपाय अपनाउन अनुरोध गरेको छ।
समितिका अनुसार यस वर्ष रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला र दाप्चाखोलालगायत नदी तथा खोलाका तटीय क्षेत्रका बासिन्दा बाढीपहिरोबाट बढी प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
तथ्यांकअनुसार सबैभन्दा बढी बेथानचोक गाउँपालिकाका करिब १०० बस्ती उच्च जोखिममा छन् भने सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकाका पाँच बस्ती जोखिममा परेका छन्। त्यस्तै पाँचखाल नगरपालिकाका ८३, बनेपा र नमोबुद्ध नगरपालिकाका ५०–५०, भुम्लुका ४०, तेमालका ३५ तथा खानीखोलाका ३० बस्ती जोखिममा रहेको जनाइएको छ।
गत वर्ष असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ठूलो मानवीय क्षति पुर्याएको थियो। उक्त विपद्मा ७८ जनाको मृत्यु, ७५ जना घाइते तथा ६ जना बेपत्ता भएका थिए। मृत्यु हुनेमध्ये २१ जना विद्यार्थी थिए भने सबैभन्दा बढी क्षति पनौती नगरपालिकाले व्यहोरेको थियो।
मनसुन सक्रिय भएसँगै जिल्ला प्रशासन कार्यालयले नदी किनार, पहिरो जोखिमयुक्त क्षेत्र तथा कमजोर बस्तीमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १९ गते, २०८३ - ०८:४६
काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्...
जेष्ठ १९ गते, २०८३ - ०८:३७
काठमाडौं । प्रधानन्यायाधीश मनाेज कुमार शर्माले उच्च अदालतका मुख्य न्यायाधीश तथा जिल्ला अदालतका प्रमुख न्यायाधीशलाई न्याय सम्पादनलाई थप प्रभावकारी, पार...
जेष्ठ १९ गते, २०८३ - ०८:३४
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्ष पदका लागि दरखास्त दिएका २८ जना उम्मेदवारहरूको दरखास्त स्वीकृत ...
जेष्ठ १९ गते, २०८३ - ०८:२९
काठमाडौँ । नेपालबाट अन्तरराष्ट्रिय उडान गरिरहेको वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले चीनको आर्थिक तथा प्रविधि केन्द्रका रूपमा परिचित शेन्जेन सहरसँग राज...
जेष्ठ १९ गते, २०८३ - ०८:२६
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि सामान्य छलफल प्रारम्भ गर्ने का...
जेष्ठ १९ गते, २०८३ - ०८:०५
रोल्पा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) जिल्ला कमिटी रोल्पाले भारतद्वारा नेपाली भूमि अतिक्रमण गरिएको भन्दै त्यसको विरोधमा सदरमुकाम लिबाङमा मशाल जुल...
जेष्ठ १९ गते, २०८३ - ०७:५७
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रु...
जेष्ठ १९ गते, २०८३ - ०७:५४
काठमाडौं । नेपालको इतिहासकै सबैभन्दा रहस्यमय र दुःखद घटनामध्ये एक मानिने दरबार हत्याकाण्ड भएको २५ वर्ष पूरा भएको छ। वि.सं. २०५८ साल जेठ १९ गते राति ना...
जेष्ठ १९ गते, २०८३ - ०७:४४
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएपछि सुनचाँदी व्यवसायीहरूले सीमावर्त...
जेष्ठ १९ गते, २०८३ - ०७:४१
पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ आर्थरडाँडाखर्कमा गएराति भएको जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब पाँच सय मिटर तल खसे...



प्रतिकृया लेख्नुहोस्: