Khabar Dabali ३ असार २०८३ बुधबार | 17th June, 2026 Wed
Investment bank

सुनको भन्सार दोब्बर हुँदा सीमावर्ती बजार संकटमा, व्यवसायी चिन्तित

खबरडबली संवाददाता

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा लाग्ने भन्सार शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्‍याएपछि सुनचाँदी व्यवसायीहरूले सीमावर्ती बजार प्रभावित हुने र नेपाली उपभोक्ता भारतीय बजारतर्फ आकर्षित हुने चिन्ता व्यक्त गरेका छन्।

भारतले केही साताअघि सुनमा लाग्ने भन्सार दर ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्‍याएपछि नेपालमा तस्करी बढ्न सक्ने भन्दै व्यवसायीहरूले समान दर कायम गर्न सरकारसँग माग गरेका थिए। तर सरकारले अपेक्षाभन्दा बढी वृद्धि गर्दै भन्सार दर २० प्रतिशत पुर्‍याएपछि नयाँ समस्या सिर्जना भएको व्यवसायीहरूको भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीका अनुसार भारत र नेपालको सुनको मूल्यमा ठूलो अन्तर आउँदा विशेषगरी तराईका सीमावर्ती क्षेत्रका उपभोक्ता भारतीय बजारमा सुन खरिद गर्न आकर्षित हुन सक्छन्।

हाल नेपालमा सुनमा २० प्रतिशत भन्सार, १ प्रतिशत बैंक तथा व्यवसायी मार्जिन र ०.५ प्रतिशत सीप प्रवर्द्धन शुल्क लाग्ने व्यवस्था छ। भारतमा भने १५ प्रतिशत भन्सार र ३ प्रतिशत जीएसटी लाग्छ।

व्यवसायीहरूका अनुसार मूल्य अन्तर बढ्दै जाँदा सीमापार किनमेल गर्ने प्रवृत्ति बढ्ने र नेपाली सुन व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित हुने जोखिम छ। उनीहरूले तत्काल भन्सार दर पुनरावलोकन गर्न तथा थपिएको सीप प्रवर्द्धन शुल्क हटाउन सरकारसँग माग गरेका छन्।

यसैबीच, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य लगातार बढिरहेकाले नेपालमा सुनको माग ६०–६५ प्रतिशतसम्म घटिसकेको व्यवसायीहरूको दाबी छ। भारतमा पनि भन्सार वृद्धि भएपछि सुनको माग करिब ७० प्रतिशतसम्म घटेको बताइएको छ।

अर्थविद्हरूले भने सुनको मूल्य निर्धारण गर्दा विदेशी मुद्रा सञ्चिति, तस्करी नियन्त्रण र आन्तरिक बजारको सन्तुलनलाई ध्यान दिनुपर्ने बताएका छन्। उनीहरूका अनुसार नेपाल र भारतबीच सुनको मूल्यमा अत्यधिक अन्तर हुनु दुवै दृष्टिले जोखिमपूर्ण हुन सक्छ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनामा करिब २५ अर्ब ३१ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ भने दैनिक २५ किलोग्रामसम्म सुन आयात गर्न पाइने व्यवस्था कायम छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एल निनोको असर : यस वर्ष मनसुन ढिलो भित्रिने संकेत, ५० वर्षको तथ्यांकले के भन्छ?

चितवन । यस वर्ष नेपालमा मनसुन सामान्य समयभन्दा ढिलो प्रवेश गर्ने सम्भावना देखिएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार उपग्...

‘देश बनाउने टोली’ भन्दै बालेनको स्टाटस, आफ्नै पार्टीभित्रै उठ्यो असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले दुई मन्त्रीसँगको तस्वीर सार्वजनिक गर्दै ‘पीएम, एचएम, आईएम, देश बनाउने टोली’ लेखेपछि सामाजिक सञ्जालदेखि राष्ट्...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन सुरु, अतिक्रमित सरकारी जग्गा रोक्का गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौं । सरकारले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन कार्यान्वयन प्रक्रिया औपचारिक रूपमा ...

बनेपामा महिला बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको आरोप

काभ्रे । बनेपा नगरपालिका क्षेत्रमा एक महिलालाई बेहोस बनाएर सुनका गरगहना र मोबाइल लुटिएको घटना सार्वजनिक भएको छ। धुलिखेल नगरपालिका–१ मितिन्छाप घोरसा...

फेसबुकमा अपशब्द प्रयोग गरेको अभियोगमा ६१ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरिएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन्। साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले च...

कहाँ पुर्‍याउँदैछ नेतृत्व संकटले एमालेलाई ?

पार्टी बलियो, नेतृत्व कमजोर, एमालेमा नेतृत्व संकटको अर्को अध्याय

बेइजिङमा खनाल–वाङ यी भेटवार्ता, नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

बेइजिङ । नेपाल र चीनले पारस्परिक हितका आधारमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। चीनको औपचारिक भ्रमणम...

सामाजिक सञ्जालमा धम्की र चरित्रहत्याविरुद्ध खुश्वु ओलीको उजुरी, एक जना पक्राउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओली ले सामाजिक सञ्जालमार्फत आफूमाथि भएको गालीगलौज, चरित्रहत्या, धम्की तथा घृणायुक्त ...

आज सातै प्रदेशले ल्याउँदै आर्थिक वर्ष २०८३–८४ को बजेट

काठमाडौँ । आज देशका सातै प्रदेश सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि वार्षिक बजेट सार्वजनिक गर्दैछन् । अघिल्ला वर्षहरूमा अत्यधिक महत्वाकांक्षी बजेट ल्य...

अमेरिका–इरानबीच शान्ति सम्झौता, होर्मुज जलमार्ग पुनः सञ्चालन हुने तयारी

काठमाडौँ  । फारसको खाडी क्षेत्रमा लामो समयदेखि जारी तनाव अन्त्य गर्ने उद्देश्यसहित अमेरिका र इरानबीच महत्वपूर्ण शान्ति सम्झौता भएको छ । सम्झौता भएपछि ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending